काठमाण्डौं ।
साहित्य पत्रकार संघ नेपाल र अमेरिका नेपाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा साहित्यकार मीना श्रेष्ठको दोश्रो कविता संग्रह “फर्गेट एस्टर्डे” कृति प्रज्ञा भवन कमलादीमा ज्येष्ठ ८ गते आइतबार दिउँसो १:३० बजे विमोचन हुने भएको छ । झन्डै एक दशकको अन्तरालमा यो कृति बजारमा ल्याउन लागीएको कुरा साहित्यकार श्रेष्ठले बताइन ।

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना हुन लागेको हो । पुस्तकको प्रकाशकमा क्रान्ति मिडिया प्रकाशन प्राली हङकङ रहेको छ। स्मरण रहोस क्रान्ति मिडिया प्रकाशनले गत एक वर्ष अघिबाट क्रान्ति सुब्बाको संपादनमा हङकङ खबर डट कम (hongkongkhabar.com) अन्लाईन पोर्टल पनि प्रकाशन गर्दै आएकोछ।
खोटाङ जन्मिएर स्थायीरूपमा सुनसरी जिल्लाको इटहरीमा बसोबासरत मीना श्रेष्ठ राजनीतिकर्मीका अलावा साहित्यकर्मी पनि हुन। विभिन्न पत्रपत्रिकामा लेख रचना लेखी रहने श्रेष्ठले “बिस्कुन यो मनको” नामक पहिलो कविता संग्रह २०७० सालमा बजारमा ल्याएकी थिइन।


साहित्य संगम नुवाकोटको विशिष्ट आजीवन सदस्य तथा नागरिक समाज नारी सम्मान (२०६३), स्वर्ण नारी सम्मान (२०७०), अनेम संघको नारी सम्मान (२०६३), नागरिक अगुवा आन्दोलन सम्मान (२०६३) तथा संगम साहित्य सम्मान -२०७८(साहित्य संगम नुवाकोट ) बाट उनी सम्मानित भैसकेकी छिन।

तपाईको प्रतिक्रिया