हिमाल लिम्बु मादेन फेन्दुवा

नबोलुँ भन्छु बोल्नै कर लाग्ने रहेछ । बोले पछि कसै कसैलाई पोले पोले जस्तो त स्वभाविक रुपले हुने नै भयो  ।

बिहान एकदम मीठो रोमान्टिक सपना देखेको थिएँ । निन्द्राबाट बिउतिएपछि पनि त्यो रोमान्टिक मिठासपन ओठ जिब्रोमा र्‍याल बनेर टाँसिरहेको थियो ।
जब मोबाइलमा फेसबुक हेरें ,सयौंका सयौं स्टाटसहरु बलात्कार, बलात्कार, बलात्कार मात्रै भनिरहेका थिए । अनि बलात्कारका बिषले ओठ र जिब्रामा रहेका मेरा रोमान्टिक मिठासपनहरु क्षणभर मै तितासपनमा बदलिएर गए । बिष फाल्न भुईभरी थुकिरहें । अहिलेसम्मै थुकिरहेको छु ।  अब त त्यो थुक बलात्कारीको अनुहारमा पनि परिसकेको हुनसक्छ । परेन भने पनि परिजाओस । (एति साह्रै त नभन्नु पर्ने निचरा)।

कुनै पनि सुन्दरी प्रतियोगिताको बिरोधी होइन म । अनि सुन्दरी प्रतियोगितामा भाग लिने नलिने सबै सुन्दरीहरु जति छन उनीहरुको पनि बिरोधी होइन म । सौर्न्दर्य अनि सुन्दरीसंग गाँसिन आउने लहरा पहरा छहरा जति पनि ब्यक्ति ब्यक्तित्वहरु छन ती सबका बिरोधी होइन म । (यो लहरा पहरा छहरा भन्दा त झल्याँस्स महरा पो सम्झिन पुगें त म)।

तर बलात्कारीको चाहिँ बिरोधी नै हुँ । चाहे उसले कुनै घरको ओछ्यानमा बलात्कार गरोस । चाहे उसले कुनै होटलको ओछ्यानमा बलात्कार गरोस । चाहे उसले कुनै मसाज सेन्टरको ओछ्यानमा बलात्कार गरोस । चाहे उसले कुनै कोठीको ओछ्यानमा बलात्कार गरोस । चाहे बनजंगल झोडझारमा बलात्कार गरोस । चाहे उसले कुनै चियाबारी, मकैबारीतिर बलात्कार गरोस । स्थान र परिवेशको कुनै मतलब भएन । जहि होस बलात्कार गर्ने बलात्कारीको चाहिँ बिरोधी नै हुँ म । अनि बलात्कारी चाहे महिला होउन या पुरुष दुबैको बिरोधी नै हुँ ।

मैले सुस्मिताको भिडियो तीन सेकेन्ड मात्रै हेरें । पूरै हेर्न मन भएन । मलाई भिडियोमा मान्छेहरु बोलेको हेर्न साह्रै झन्झट लाग्छ । मेरो चाहिँ हेरेर सुन्ने भन्दा पनि ज्यादा पढेर बुझ्ने बानी छ । धेरैको कुरा, बिचार पढेपछि केही न केही बुझे अनुसार सुस्मिता बारे केही लेख्दैछु ।

एक प्रकारले सोच्दा सुस्मिताले आफूभित्र दबिएर रहेका पडकिन पडकिन लागेको आवाज एकदम धेरै धेरै ढिलो गरि ओकली । आठ बर्ष लामै समय हो ।

तर अर्को प्रकारले सोच्दा अनि समय भ्रम हो भनेर मानिलिँदा यहाँ ढिलो चाडोको कुनै कुरा आउँदैन । मुख्य कुरा जे भएको थियो त्यो नै महत्त्वपूर्ण बिषय हुन जान्छ । कमसेकम उनले दह्रो आँट अनि बलियो साहसका साथ दबिएर बसेको आवाज त निकाली । यहि नै ठूलो र शक्तिशाली कुरा हो । किनकि आवाज अनि चित्कारमा ठूलो शक्ति लुकेको हुन्छ । त्यही भएर अहिले उनको विस्फोटित आवाज मिडिया, सामाजिक संजाल अनि समाज भरी गुन्जी रहेछ। 

नारी सधैं कोमल हुनु हुन्न । सधैं सहनशील हुनुहुन्न । सधैं पितृसत्ताको पुजाहारी अनि पति ब्रता हुनुहुन्न । सधैं ममतामयी हुनुहुन्न । सधैं देवीको रुप मात्रै धारण गर्नुहुन्न । कुनै कुनै बेला कालीको रुप पनि प्रष्फुटन गर्न सक्नुपर्छ ।
यसको अर्थ चाहिँ मन मिलेमा त्यही कुरा सुपर डुपर हुने अनि मन मुटाव भएमा त्यही कुरा बलात्कार हुने नियत चाहिँ कुनै पनि नारीमा कहिल्यै नपलाओस।

र अन्तमा पीडितले न्याय अनि अपराधी बलात्कारीले कानूनी दण्ड पाउनै पर्छ ।

तपाईको प्रतिक्रिया