२ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोरोना विरुद्धको पहिलो ब्याचको खोप यहि महिना भित्र उपलब्ध हुने भएकोछ। हङकङ सरकारको चिकित्सा सल्लाहकार तथा चाइनिज युनिभर्सिटीका प्रोफेसर डेबिट हुइको भनाइ अनुसार साइनोभ्याक बायोटेक र अक्सफोर्ड /अस्ट्राजेनेका कम्पनीबाट हङकङ भित्रीएका खोपहरु सरकारी अस्पतालको आउटपेसेन्ट क्लिनिकमा उपलब्ध हुने भएकोछ। प्राइभेट क्लिनिकतिर पाउने संभावना पनि उत्तिकैछ।

जर्मन कम्पनी फाइजर / बायोएनटेक निर्मित भ्याक्सिन लगाउने प्रक्रिया केही जटिल भएका कारण यसको व्यवस्थापन हङकङका सामुदायिक भवनहरुमा हुने संभावना बढीछ। हुइको भनाइ अनुसार यो भ्याक्सिनले मात्र महामारीलाई उन्मुलन गर्न सक्दैन यो भ्याक्सिनले त जनशक्तिमा हर्ड इम्युनिटी मात्रै स्थापित गर्ने हो। उनले भने- सामाजिक दुरि कायम राख्न र निजि साफसफाइमा ध्यान दिन तेतिकै जरुरी छ। हामीले कुल जनसंख्याको ७०% नागरिकलाई यो खोप प्रदान गर्न सक्यौँ भने बल्ल हर्ड इम्युनिटी हासिल गर्न सक्छौं ।

हर्ड इम्युनिटी अर्थात बथान रोगप्रतिरोधक क्षमता भनेको खोप द्वारा अधिकतम जनसमुदायको रोग प्रतिरोधात्मक शक्तिलाई बिकसित गर्नु हो जसका कारण महामारी संक्रमणको असर नगन्य जनसंख्यालाई परोस।

साइनोभ्याक – वायोटेक र अक्सफोर्ड / अस्ट्राजेनेका भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भन्डारण गर्न सकिन्छ । यसलाई व्यवस्थापन गर्न पनि सजिलो छ तर फाइजर/ वायोएन्टेक भ्याक्सिन चाहिँ माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्दछ।

यो भ्याक्सिनले कोरोना भाइरसको नयाँ रुपान्तरित नश्लको हकमा काम गर्छ कि गर्दैन भनेर प्रश्न गर्दा प्रोफेसर हुइले त्यो स्पाइक प्रोटिन जिनको एउटा सानो म्युटेसन मात्रै हो। हालको औसधि कम्पनीको बुझाइमा कोरोना भाइरसको यो नयाँ म्युटेसनलाई पनि अहिलेको भ्याक्सिनले प्रभावकारी ढंगले नै डिल गर्छ । यदि भबिस्यमा कोरोना भाइरसका नयाँ रुपान्तरित रुपहरु ठुलो संख्यामा देखिएमा औषधि कम्पनीले ६ देखि ८ महिना भित्र भ्याक्सिनको परिमार्जित संस्करण ल्याएर समस्या समाधान गरि हाल्छ्न।

हुइको भनाइ अनुसार भ्याक्सिन पाउने पहिलो समूह तत्कालको निर्णय अनुसार साठी नाघेका नागरिक , दिर्घ रोगबाट पीडित र अग्र पंक्तिमा काम गर्ने स्वास्थकर्मीहरु हुनेछ्न।

तपाईको प्रतिक्रिया