शान्तिराज राई ,न्युयोर्क।

गाराचा किरातको रचना र अभिनय रहेको “घर फर्क साथी हो” बोलको म्युजिक भिडियो “आमा पदम कुमारी चाम्लिङ फिल्मस” मार्फत बजारमा सार्वजनिक भएको छ । अमेरिकाको व्यस्त जीवनशैलीका वावजुद पनि समाजसेवी किरातले विभिन्न समयमा नेपाली गीत संगीत सार्वजनिक गर्दै आएका छन । यही क्रममा आफ्नो स्वदेशको माया हुँदाहुँदै आफ्नो परिवार, प्रेमी , प्रेमिका छाडेर विदेशीनुको पिडालाई गीतको माध्यामबाट उजगार गर्न खोजेका छन । उनले गीत मार्फत विदेशीएका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका छ्न।

अमेरिकाको न्युयोर्कमा रहेर समाजसेवामा व्यस्त गाराचाको यही फ्राइडे “घर फर्क साथी हो” बोलको गीत  सार्वजनिक भएको हो ।

“घर फर्क साथी हो” गायक देवेश राई र आशिष ताम्राकारको स्वरसंगै आशिष ताम्रकारकै संगीतमा तयार गरिएको उक्त गीतको एरेंज महाराज थापा, मिक्सिङ/ मास्टरिंग मित्र लामाको रहेकोछ ।

यो गीतको म्युजिक भिडियोमा शम्भु मोक्तान र श्याम तमांगको छायाँकन , भरत रेग्मीको सम्पादन,निर्देशन भने स्वयं गीतकार गणेश राई  अर्थात “गाराचा किरात” रहेको छ। गीतको भिडियोमा गाराचा किरात, रोशन राई, शौरभ राई, अनुशा जीरेल लगायतको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया