क्रान्ति सुब्बा

जुन ७ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४८९
.पिसिआरबाट पत्ता लागेको केस: २३१
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : २५८

.कुल संक्रमित संख्या : १,२१५,९३५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३८९ ( वर्ल्डोमिटर )

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका २३१ जनामध्ये ५१ जना अस्पताल प्राधिकरणले, २३ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी १५७ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।
.स्वास्थ्य अधिकारीले अब उप्रान्त एन्टिजेन टेस्टबाट पोजेटिभ आएका केसलाई  पुन पिसिआर टेस्टबाट पोजिटिभ पुष्टि भएमा मात्र संक्रमितको सुचीमा उक्त केसलाई राख्ने जानकारी दिए।
स्वास्थ विभागका अनुसार फल्स पोजिटिभ केस रिपोर्ट गर्नेको प्रतिशत १५ देखि २५ पुगेको छ। भ्याक्सिन पास स्किमलाई छ्ल्न यस्तो रिपोर्ट गरिएको शंका विभागले गरेको छ।

.आयातित केस संख्या : ५३ जना
.एयरपोर्टमा पत्ता लागेको केस: ३२
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : १७

. नर्सिङ होमबाट आएको केस संख्या : १

.आज ६२ वटा स्कुलबाट ७२ वटा पोजिटिभ केस आएका थिए जसमा ५६ जना  विद्यार्थी र १६ जना शिक्षक परेका थिए । संक्रमित मध्ये एउटा केस काउलुन तङ फनफुल इङलिस प्राइमरी स्कुलबाट आएको थियो । ती संक्रमित पहिला पोजिटिभ भएका केसका नातेदार थिए ।

.३५ नम्बर पोटिङ्गर स्ट्रीट,सेन्ट्रलमा रहेको डान्स फ्लोर नभएको  लिन्क( LINQ) बारबाट शुन्य  केस आएका थिए । यो क्लस्टर अन्तर्गत संक्रमित हुनेको संख्या ९३ पुगेको छ ।

.सेन्ट्रलको लान क्वाइ फङमा रहेको सफ्फल नाइट क्लब बाट थप १२ वटा नयाँ केस आएका थिए ।  यो बारबाट संक्रमित हुनेको कुल संख्या ९७ पुगेको छ जसमा १८ देखि ४८ वर्ष बीचका ९१ जना ग्राहक र ६ जना स्टाफ परेका थिए ।

.ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ द्वारा संक्रमित  ४ वटा स्थानीय केस थपिएका थिए । जसमध्ये २ जना जेट फोइल मेन्सनमा बस्तथे र तिनीहरुको परिवार पहिला संक्रमित भएका थिए ।
स्वास्थ्य निकायले संक्रमित मध्ये एक जनाले  क्वारी बे स्थित काउ सान टेरेसमा रहेको यी सान मेन्सन निवासी अर्का संक्रमितसंग बसेर मे २८ तारीख खाना खाएको पत्ता लगाएको छ। यो उपभेरिएन्टबाट संक्रमित अरु दुई जना भने फेङलिङ स्थित यान सिङ कोर्टको यान युत हाउसमा बस्तथे। ती संक्रमितमा पर्ने एक जना हुन १५ वर्षकि किशोरी  अर्का व्यक्ति थिए ६७ वर्षका पारिवारिक सदस्य ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१७६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३
.मृत्यु हुनेमा ८१ देखि ९३ वर्ष बीचका १ जना पुरुष र २ जना महिला परेका थिए । जस मध्येमा दुइजनाले खोप लगाएका थिएनन भने एकजनाले खोपको ३ मात्रा लगाएका थिए ।
.औसत मृत्यु दर : ०.७६४%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३७२
.क्रीटिकल  बिरामीको संख्या : १२
. सिरियस बिरामीको संख्या : ७
.आइसियुमा कृटिकल बिरामीको संख्या : ६
.निको भएको बिरामीको संख्या : ४७ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४२     “

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: १
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: १

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,५९८
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,४४१

तपाईको प्रतिक्रिया