क्रान्ति सुब्बा

जुन १० तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६७२
.पिसिआरबाट पत्ता लागेको केस: २९१
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३८१ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.कुल संक्रमित संख्या : १,२१७,५१० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९०( वर्ल्डोमिटर )
.आयातित केस संख्या : ५९ जना
. नर्सिङ होमबाट आएको केस संख्या : ०
. अपांग गृहबाट आएको केस : ०

.आज ९३ वटा स्कुलबाट १०६ वटा पोजिटिभ केस आएका थिए जसमा ८४ जना  विद्यार्थी र २२ जना शिक्षक परेका थिए । २ वटा भन्दा बढी केस आउने स्कुलमा ३२ वटा स्कुल परेका थिए ।

तो क्वा वानको पो ल्यङ कुक लाम मान चान इङलिस प्राइमरी स्कूल, कक्षा ४ बीका थप तीन जना विद्यार्थीहरू संक्रमित भएका थिए । स्वास्थ्य सेन्टरले कक्षा ४ बीलाइ पनि निलम्बन गर्न आदेश दिएको थियो । हिजो बिहीबारको दिन यसै स्कुलको कक्षा ६ए लाई निलम्बन गर्ने आदेश सेन्टरले दिएको थियो जुन कक्षाका एक शिक्षक र तीन विद्यार्थीको परीक्षण पोजेटिभ देखिएको थियो ।

क्याङसु र चेक्याङ प्राथमिक विद्यालय (अन्तर्राष्ट्रिय सेक्सन)को थप एकजना शिक्षक संक्रमित भएका थिए ।त्यसपछि विद्यालयले पी५आर(P5R) कक्षाको आमनेसामने पढाइ  निलम्बन गरेको थियो ।

दुई विद्यार्थी र दुई शिक्षक संक्रमित भएपछि चुन वानस्थित जोयफुल वर्ल्ड किन्डरगार्टनको बिहानको कक्षा एक साताका लागि स्थगित गरिएको थियो ।  वान चाइको ब्राडबरी स्कूलको कक्षा 5 एसका दुई विद्यार्थी र एक शिक्षक पनि पोजेटिभ पुष्टि भएका थिए ।

.सेन्ट्रलको लान क्वाइ फङमा रहेको सफ्फल नाइट क्लब बाट ३ वटा नयाँ केस आएका थिए। यो क्लस्टरबाट हालसम्म १०७ जना कस्टमर र ६ जना स्टाफ संक्रमित भएका छ्न।

.आज हङकङमा अज्ञात स्रोतबाट आएका ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट ११ संक्रमित केस दर्ता भएका थिए । हङकङमा हालसम्म ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित आयातित केसको संख्या १२३ पुगेको छ।

अज्ञात स्रोतबाट आएका ओमिक्रोन सब भेरिएन्ट केस अन्तर्गत एक जना हो मान तीन बस्ने १० वर्षीय वालक पनि परेका थिए । यो उप नश्लबाट संक्रमित अर्की एक ६९ वर्षीया महिला पनि  हो मान तीन जिल्लावासी नै थिइन । जो हो मान तीन स्टेटको सीक मान   हाउसमा बस्दै आएकी थिइन ।

चुङ क्वान ओबाट पनि तीन वटा केस आएका थिए जसमा वो मिङ कोर्टको वो फाई हाउस (ब्लक बी) मा बस्ने ८४ र ८६ वर्षका एक जोडी र ओशन शोर्सको टावर १२ का ४९ वर्षीय पुरुष थिए।

चुन मुनको ह्यान्डसम कोर्टमा बस्ने एउटै परिवारको तीन जना र चुन मुन सेन्टरमा बस्ने अर्को ४७ वर्षीय पुरुषको पनि परीक्षण पोजेटिभ देखिएको थियो।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१७७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३७४
.क्रीटिकल  बिरामीको संख्या : १२
. सिरियस बिरामीको संख्या : ६
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ५४ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४२  “

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,६३३
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,५१८

तपाईको प्रतिक्रिया