काठमाण्डौं
रोशन विश्वकर्माको रचना तथा सुगम संगीतका लोकप्रिय गायक विशाल निरौला र अस्मिता अधिकारीको आवाजमा रहेको गीत `एक सफर´ को भिडियो सार्वजनिक भएको छ ।
सुगम संगीतका चर्चित र अब्बल संगीतकार विशाल निरौलाको संगीत रहेको सो गीतमा विशाल निरौला स्वयंले संगीत संयोजन गरेका छन ।

गीतको सुन्दर भिडियो पनि बनेको छ । जसको निर्देशन निशान एस के ले गरेका हुन । दिपक गिरीको छायाँकन , तथा प्रकाश एस के को सम्पादन रहेको भिडियोमा मनोज चन्द र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । प्रविधिको अब्यवस्थित प्रयोगका कारण जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मचाइरहेको परिस्थितीमा मन भित्रबाटै सुन्न चाहने स्रोताहरुको निम्ति एक स्तरिय सिर्जना ल्याउँ भन्ने प्रयास स्वरुप यो गीत सार्वजनिक गरिएको गायक विशालले बताए ।

गीतको भिडियो लिंक हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया