हाल मलेसियामा रहेका दोलखाली युवा कलाकार पासाङ्ग शेर्पाको पछिल्लो प्रस्तुति “गाईको गोबर” सार्बजनिक भएको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन।

बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता शिरमा राखेर आफ्ना सांगीतिक यात्रा अगाडी बढाउने पासाङ्ग निकै मिजासिला स्वभावका छन ।

गीतमा लय शब्द लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले भरेका हुन भने स्वर पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको रहेको छ । गीतमा समयले परिवर्तन गराएको यवक युवतीको चन्चले स्वभावलाई प्रस्ट्याउन खोजिएको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशक, कोरियोग्राफर र मोडल राज तामाङ्ग प्रकाश ले निर्देशन गरेका छन ।

पासाङ्गको “गाईको गोबर” बोलको गीतको म्युजिक भिडियोमा राज तामाङ्ग प्रकाश र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ उद्धब घिमिरे अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई पहिले जसरी नै श्रोता एवं दर्शकहरुले मन पराइदिनुहुने छ भन्ने कुरामा प्रस्तुतकर्ता पासाङ्ग ढुक्क रहेका छन ।

तपाईको प्रतिक्रिया