२ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा।

हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर चुवाङ शुक क्वानले आजको प्रेस बृफिङ मार्फत हङकङमा आज ३५ वटा कोरोना संक्रमित पुष्टि भएको कुरा बताइन जस अन्तर्गत इन्डोनेसियाबाट १ केस आयात भएको छ भने बाकी ३४ स्थानीय केस रहेकाछ्न। स्थानीय केसमा २४ जनालाई चाहिँ पहिला संक्रमित भएकाहरुबाट सरेको देखिएकोछ भने १० जनालाई कताबाट कोरोना सरेको हो किटान हुन सकेन। हङकङमा कोरोना लाग्नेको कुल संख्या ८,९२४ पुगेको छ। ४ देखि ८२ वर्षका १५ पुरुष २० नारी आजको कोरोना संक्रमित सुचीमा परेका छ्न।

कोभिडग्रस्त रोगीबाट निकालिएको रयाल, खकार आदिको नमूनामाथि गरिएको जेनेटिक बिश्लेशणको परिणाम हेर्दा कोरोना भाइरसको नयाँ प्रजाती साउथ अफ्रिकाबाट एउटा र बेलायतबाट दुइटा आएको कुरा स्वास्थ अधिकारीले जनाएका छ्न।

आज थप तीन वटा बिल्डिङका निवासी र आगन्तुकलाई अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने आदेश जारी भएकोछ। ती बिल्डिङ हुन – वा पो मेन्सन शाम सोइ पो , शुइ पिन वाइ स्टेट चुन शोइ हाउस युन लङ र ला स्प्लेन्डर टावर ९ लोहास पार्क।

” संक्रमित संख्यामा कटौती हुँदै आएकोछ तर पारिवारिक भेलाहरु अझै पनि जारी छ जहाँबाट फेरि संक्रमण बढ्ने संभावना उत्तिकैछ। त्यसकारण भविस्यमा यो अंक घट्छ या बढ्छ भन्न सकिन्न ” । चुवाङ्ले भनिन।

आज बिहान एक जना ८८ वर्षीय पुरुष रोगीको निधन यान चाइ अस्पतालमा भएकोछ। यो भाइरसबाट मृत्यु हुनेको संख्या हङकङमा १५० पुगेकोछ।

निजामती कर्मचारी बिभागका सचीव प्याट्रीक निपले आफ्नो सामाजिक संजालमार्फत अर्को महिनाबाट हङकङका जनताले निशुल्क कोरोना खोप पाउने कुरा उल्लेख गरेकाछ्न।

गत मंगलबार बसेको अन्तर बिभागिय बैठकले यो महिनाको अन्त सम्ममा सबै किसिमको पुर्ब तयारी सक्ने लक्ष्य लिएको छ उनले भने।

तेसो त सरकारले भ्याक्सिन सम्बन्धमा जानकारी दिलाउने विशेष कार्यक्रम जनस्तरमा परिचालन गर्ने भएकोछ।

तपाईको प्रतिक्रिया