काठमाडौँ ।
गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको `तिमी बिना´ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । हङ्गकङ्ग निवासी गीतकार रचना प्रधानको शब्द सिर्जना तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गीत तयार गरिएको छ । गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

तिमी बिना भाग-३ मा प्रबिन डिसी , आयुष्मा कार्की र सृष्टि सुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन रहेको छ ।

प्रेम, रोमान्स र बिछोडले भरिएको त्रिकोणत्मक प्रेम कथालाई देखाउन खोजीएको गीतको भिडियोलाई पछिल्लो पुस्ताका रुचाइएका निर्देशक जस बहादुर याक्खाले निर्देशन गरेका हुन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया