३ जनवरी २०२१ । हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले अब कोभिड -१९ भ्याक्सिन लगाएको र भाइरस टेस्ट गरेको रेकर्ड राख्न सर्वसाधारणको लागि मोबाइल एप्लिकेसन सार्वजनिक गर्ने भएकोछ। इनोभेसन एन्ड टेक्नोलोजी सचिव अल्फ्रेड सिटले यहि महिनाभित्रै आइ एम स्मार्ट नामको मोबाइल एप सार्वजनिक गर्ने कुरा आज गरेकाछ्न। वैद्युतिक खोप कार्डको रूपमा काम गर्ने यो एप मार्फत खोपसंबंधी एपोइन्टमेन्ट लिन सकिन्छ ।

यो प्रबिधिको प्रयोगबाट संबंधित नागरिकले कुन किसिमको खोप कहिले लिएको हो र दोस्रो डोज कहिले लिने हो भन्ने कुरा बुझ्न सजिलो हुनेछ।

सिटको भनाइ अनुसार यही एप मार्फत २३ वटा सरकारी सेवाको लागि पनि प्रयोग गर्न सकिन्छ । जस्तै कार लाइसेन्स नविकारण , ट्याक्स तिर्ने कार्य,बिजुलीको बिल तिर्ने आदि कार्य यसै एपबाट गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया