सुरेश चाम्लिङ


काठमाडौ । खोटाङ बजार स्थित भगवती माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरुले हालै काठमाडौमा एक कार्यक्रमको आयोजना गरी उक्त बिद्यालयका शिक्षक र विद्यावारिधी गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा तत्कालिन प्रधानाध्यापक माणिक लाल प्रधानले हामी शिक्षकहरु विद्यार्थीको बाउआमा जस्तो अभिभावक भएको र छोरा छोरीले बाउआमाको सम्मान गर्दा खुशी नहुने कुनै बाउआमा होला र ? भन्नु भयो। तत्कालीन नेपाली शिक्षक लोमश न्यौपानेले कार्य व्यस्तताको बाबजुद पनि २०३८ सालका बिद्यार्थीहरुले यो कार्यक्रम गरेर सम्मान गरेकोमा हामीलाई खुशी लागेको छ भन्नु भयो।
गणित शिक्षक देबी कुमार राइले धेरैपछि बिद्यार्थी र शिक्षकको भेटघाट जुराएकोमा यो समुहलाई धन्यवाद दिनु हुदै खुशी व्यक्त गर्नु भयो।
उक्त कार्यक्रममा बिद्यालयका २०३८ साल ब्याजी सुरेश चाम्लिङले कार्यक्रमको औचित्यबारे स्पष्ट पार्दै गुरुहरु र हामी स्वयं  बिद्यार्थीहरु पनि  जीवनको उत्तरार्द्व तीर लागी रहेका छौं, यस्तो अवस्थामा गुरुहरुको सम्मानले विशेष महत्व राख्दछ भन्नु भयो। उक्त बिद्यालयबाट शिक्षा लिनेहरु धेरै धनी छन्, ठुला ओहदामा छन् तर उहाँहरुले यस्तो कार्यक्रमबारे नसोचेका हुँदा मानिसहरुको मन ठुलो हुनु पर्ने रहेछ। हामी ३८ सालका समुहले यस्तो कार्यक्रम गर्न सक्यौं जुन आफैमा एउटा उपलब्धि हो भन्नु भयो। अन्य शिक्षकहरु शिव भट्टराइ, मोति उदासले पनि  मन्तब्य राख्नु भएको थियो।

एक्स स्टुडेन्ट अफ श्री भगवती हाइ स्कुल २०३८(इशोभ्स -३८) का  बिद्यार्थी समुहले गरेको उक्त कार्यक्रममा सम्मानित हुनु हुनेमा सोही बिद्यालयबाट एसएलसी गरी बिद्यावारिधी गर्नु हुने डा बिष्णु राइ, डा जय लम्साल र डा मेघ राज बन्जारा  हुनु हुन्थ्यो।
इशोभ्स -३८ का  बिद्यार्थीहरु समाजसेवी अशोक प्रधान, काठमाडौ  महानगरका वरिष्ठ  इन्जिनियर रबिन्द्र राई, रेडियो नेपालका मुख्य प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराई, तिमाल गाउँ पालिकाको मुख्य प्रशासकीय अधिकृत केदार ढकाल, सरोज ओझा, शम्भु कार्की, प्रेम राई हुनु हुन्थ्यो भने अन्य उपस्थित हुनेमा दिप राजा उदास, संजय राई, कुमारी कमला राई पवन कुमार पौडेल, राम प्रसाद ढकाल, बिशाल भट्टराइ लगायत  हुनु हुन्थ्यो। अशोक प्रधानको ब्यबस्थापनमा प्रेम भट्टराइको उदघोषणमा भएको कार्यक्रम काठमाडौँ सुकेधारा स्थित  युनिभर्सल क्याफेमा औपचारिक तथा अनौपचारिक  कार्यक्रम २ दिन चलेको थियो।

तपाईको प्रतिक्रिया