४ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा ।

खाद्य तथा स्वास्थ बिभागकि सचिव सोफिया च्यानले आज अपराह्न ४:३० बजे संपन्न पत्रकार भेलामा हङकङमा २१ डिसेम्बर २०२० देखी जनवरी ३ तारीखको अबधि भित्रमा जम्मा ८१२ कोरोना संक्रमित केस देखा परेको कुरा बताइन। जसमा ९०% केस स्थानीय रहेको र एक तिहाई केसको स्रोत अपुष्ठ रहेको थियो । हङकङमा संक्रमित संख्या बिस्तारै घट्दै गरेको देखिएता पनि अज्ञात स्रोतबाट कोरोना लाग्नेको संख्या भने निरन्तर सात दिन सम्म औसत १५ जना देखा परेका थिए भने स्थानीय केस औसत ४७ जना देखा परेका थिए । यस हिसाबले हेर्दा कुनै पनि बेला भाइरस संक्रमण बढ्न सक्ने संभावना छ। बितेको हप्तामा पारिवारिक जमघट जारी रहेकोे र सात दिनको अक्टुपस गतिविधि हेर्दा धेरै नागरिक घर बाहिर निस्किएको देखिएकोछ।

हङकङ सरकारले हाल चालू अवस्थामा रहेको सामाजिक दुरि संबंधी नियमलाई दुई हप्ता अर्थात जनवरी २० तारीख सम्मको लागि थप्ने भएकोछ। अहिले लागू भएको सामाजिक दुरि संबंधी नियम चाइनिज नयाँ वर्ष ( १२ फेब्रुअरी ) भन्दा अगाडि खुकुलो हुने संभावना कम छ। बरु महामारीको अवस्थामा सुधार नआएमा सरकारले थप कडा मापदण्ड अपनाउने भएकोछ।

हङकङमा महामारीको चौथो लहर शुरु भए यता जम्मा एक लाख साठी हजार जनामा भाइरस टेस्ट भैसकेको छ। अहिलेसम्म ४७ वटा बिल्डिङलाई अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने आदेश जारी भएकोछ। मोबाइल अर्थात घुम्ती परिक्षण केन्द्रबाट ३८ हजार मानिसको परिक्षण भैसकेकोछ।

शिक्षा सचिव केभिन यङले प्रत्यक्ष संचालन हुने स्कुलका सबै कक्षाहरु जनवरी १० तारीख देखि चाइनिज नयाँ वर्षसम्म बन्द हुने कुरा बताएकाछ्न। सेकन्डरी स्कुलले निजि कक्षाहरु संचालन गर्न सक्दछ्न। फर्म १ देखि फर्म ६ सम्मका विद्यार्थीहरु आधा दिन सम्मको लागि स्कुल जान सक्नेछ्न। इलेमेन्टरी स्कुलको हकमा पनि समान नियम लागू छ। विद्यार्थीहरु बिहान स्कुल जान सक्छन् आधा दिन सम्मको लागि तर दिउँसो कुनै पनि किसिमको निजि कक्षा संचालन गर्न पाइने छैन। तर हङकङका सबै किन्डरगार्टन स्कुलहरु पुर्णरूपमा बन्द रहनेछन् ।

आज हङकङमा ५३ जना नयाँ कोभिड केस देखा परेकाछ्न जसमा १० केस आयातित र ४३ केस स्थानीय परेकाछ्न।३७ केस पुरानो केस संग संबंधित छ्न भने ११ स्थानीय केस अज्ञात स्रोतबाट रहेकाछ्न। हङकङमा जम्मा केस संख्या ९,०१८ पुगेकोछ। आज आएका नयाँ केस भित्र १ देखि ७६ वर्ष बीचका २३ पुरुष र २६ जना महिला परेकाछ्न। हङकङका विभिन्न कम्युनिटी टेस्टिङ सेन्टरबाट आज १८ केस आएकाछ।

चुङ क्वान ओ लाम तीन टनलको कन्स्ट्रक्सन साइटबाट आज ११ केस पुष्टि भएकाछ्न । यो ठाउँबाट पोजेटिभ हुनेको संख्या १२ पुगेकोछ।

तपाईको प्रतिक्रिया