क्रान्ति सुब्बा

जुलाई ३१ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,६३४
.स्थानीय केस संख्या : ४,४५५
.पिसिआरबाट पुष्टि केस संख्या : १,५९०
.एन्टिजेनबाट पुष्टि केस : २,८६५
.आयातित केस संख्या : १७९ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८६ जना
.आयातितमा युकेबाट ३४ जना,सिंगापुरबाट १२ जना, थाइल्यान्डबाट १९,अमेरिकाबाट १४ जना, इन्डियाबाट २२ जना आएका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ७४
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २०

.कुल संक्रमित संख्या : १,३५३,९९४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५०३ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२२६,४५८

.एउटा  नर्सिङ होमका एक जना वासिन्दा  पोजिटिभ भएका थिए । होमका सात जना वासिन्दा क्वारेन्टाइनमा जानुपर्ने भएको थियो ।
.२२ महिनाकि संक्रमित बच्ची कृटिकल अवस्थामा नै छिन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,२६०
.हिजो  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना । मृतक एक ८२ वर्षका नर्सिङ होम निवासी पुरुष थिए । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । बुधबार उनले कोभिडको ओरल एन्टिभाइरल औषधि पनि सरकारले स्थापना गरेको क्लिनिकबाट लिएका थिए ।
औषधि ग्राहण गरेको दुई दिन पछि उनलाई ज्वरो आउने र खोकी चल्ने भएको थियो र उनी अस्पतालमा भर्ना भएका थिए । उनको बहु अंग फेल भएपछि शनिबार उनको देहावसान भएको हो।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : १,४९४
.क्रीटिकल  बिरामीको संख्या : २१
.सिरियस बिरामीको संख्या :२७
.आइसियुमा रहेको बिरामीको संख्या : १२
.डिस्चार्ज भएको बिरामीको संख्या : १२५ 
. निको हुनेको संख्या :१३८
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : २ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,०५१
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२५,४५८

तपाईको प्रतिक्रिया