धरान / गायिका रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत सार्वजनिक भएको छ ।

राजन क्षेत्रीको शब्द सङ्गीतमा रहेको उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत सार्वजनिक उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईकाे अभिनय रहेकाे छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् । गीतकाे भिडियो इटहरी स्थित खाेर्साने खाप आसपासका क्षेत्रहरूमा छायाङ्कन गरिएको हाे ।
भिडियाे लिङ्क :

तपाईको प्रतिक्रिया