५ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा ।

आज हङकङमा ३२ जना नयाँ कोभिड केस देखिएका छ्न जसमा एक आयातित र ३१ स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गत २२ केसको सम्बन्ध पुर्व केससंग रहेको पाइयो भने ९ केसको स्रोत खुल्न नसकेको अवस्था रह्यो । हङकङमा कुल कोरोना केस संख्या ९,०५० पुगेकोछ।

आज संक्रमित ४ केस प्रीन्सेस मार्गरेट अस्पताल क्लस्टरबाट आएका छ्न जसभित्र २ जना रोगी र दुई जना स्वास्थकर्मी परेका छ्न ।

आज थप तीन वटा बिल्डिङलाइ अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने आदेश सरकारले दिएकोछ । ती बिल्डिङ हुन १.सिभिक हाउस , एफ्लुएन्स गार्डन् , चुनमुन २.ब्लक A, लक्स थिएटर बिल्डिङ, हुङ हाम ३. विङ हेइ हाउस ,पो हेइ कोर्ट ,च्यङ सा वान।

अज्ञात स्रोतबाट कोरोना संक्रमित एक जना नर्स मङ्कोक र हो मान तिन भन्ने ठाउँमा रहेको दुई वटा क्लिनिकमा काम गर्थिन। उनी काम गर्ने दुवै क्लिनिकलाई १४ दिनको बन्द गर्ने र सबै कर्मचारीलाई अनिवार्य टेस्टमा जानू पर्ने आदेश जारी भैसकेकोछ।

तपाईको प्रतिक्रिया