६ डिसेम्बर २०२१।हङकङ ।क्रान्ति सुब्बा ।

हङकङको राष्ट्रिय सुरक्षा ऐन उलंघन गरेको अभियोगमा आज बुधबार कम्तीमा ५३ जना प्रजातान्त्रिक समर्थक नेताहरू पक्राउ परेकाछ्न।

सरकारले स्थगित गरेको २०२० सालको विधायिकी परिषदको चुनावको लागि प्रारम्भिक चुनावको आयोजना गरि सहभागी भएको आरोपमा पक्राउ परेका हुन ।

पक्राउ पर्ने पुर्व विधायकको नामावली यस प्रकार छ्न – एल्भिन यङ, एन्ड्रयु वान ,आउ नोक हिन, एडि चु, गेरि फान , हेलेना वङ, जेम्स टो , जेरेमी टाम, कोक का कि ,लाम चुक टिङ, रेमण्ड च्यान, रोय कोङ र वु चि वाइ।

पक्राउ पर्ने जिल्ला परिषदका सदस्यहरु यस प्रकार छ्न – एन्ड्रयु चिउ, एन्डि चुइ, बेन चुङ, क्लारिसी यङ, फर्गस ल्यङ, केल्विन हो , लरेन्स लाउ, ली युन शुन, लेस्टर सम, ङ्ग किन वाइ,रिक्की ओर, रोय टाम, साम च्यङ, चे ताक लोय, टिफनी यङ र वङ पाक यु।

प्राथमिक चुनावका मुल आयोजक बेन्नी टाइ र हङकङ पब्लिक अपेनियन रिसर्च ईन्स्टिच्युटका कार्यकारी निर्देशक रोबर्ट चुङलाई पनि पक्राउ गरिएकोछ। चुनावी पोललाइ व्यवस्थापन गर्न उल्लिखित ईन्स्टिच्युटले प्रबिधि उपलब्ध गराएको थियोे ।

एक्टिभिस्ट ओवेन चौ र भेन्टस लाउलाई पनि समातिएकोछ। अहिले जेलमा रहेका अर्का एक्टिभिस्ट जोशुवा वङको निवास पनि छापा मारिएको थियो ।

गत जुलाईमा प्रजातान्त्रिक क्याम्पले विधायिकी परिषदको चुनावमा आफ्नो उमेदवार पठाउनको निम्ति अन्तर पार्टी प्राथमिक चुनाव गरेको थियोे । तर कोभिड -१९ को भय देखाइ कार्यकारी प्रमुख क्यारी लामले चुनाव स्थगित गरेकी थिन। प्रजातन्त्रवादीहरुले ३५ सिट भन्दा बढी ल्याएर बिधानसभामा बहुमत हासिल गर्ने आशा लिएका थिए ।

त्यसबेला हङकङ स्थित बेजिङ कार्यलयका प्रवक्ताले त्यो प्राथमिक चुनाव नै गैरकानुनी भएको बताएका थिए ।

बुधबारको यो गिरफ्तारीको सन्दर्भमा मानवअधिकारकर्मी माया वाङले भत्सर्ना गर्दै भनेकी छिन – ” चीन सरकारले एकै चोटि पचास भन्दा बढी हङकङका उल्लेखनीय प्रजातान्त्रिक एक्टिभिस्टलाई समातेर प्रजातन्त्रको जरा उखाल्ने निर्णय गरेकोछ।बेजिङले फेरि एक पटक हङकङ प्रति गरेको गल्तीबाट सिक्न असफल भएकोछ। दमनले प्रतिकार् निम्त्याउँछ ।हङकङका लाखौं जनता आफ्नो मताधिकार प्रयोग गरि आफ्नै सरकार स्थापना गर्न संघर्षरत रहनेछ्न।”

राष्ट्रिय सुरक्षा विभागले एक हजार राष्ट्रिय सुरक्षा अधिकृतहरु आज यस सामुहिक गिरफ्तारी योजनाको लागि खटाएको थियो ।आज गिरफ्तार हुनेमा ६ जनालाई सत्ता उल्टाउने खेलमा लागेको आरोप छ भने बाकी रहेका ४७ जनालाई सत्ता उल्टाउने देश द्रोहीलाई साथ दिएको शंकामा समातिएको छ।

प्रहरीले आज ७२ स्थानमा अदालतको वारन्ट पुर्जी सहित छापा मारेको थियोे । जसभित्र चार वटा मिडिया एजेन्सी पनि परेकाछ्न।

आज गिरफ्तार हुनेमा २३ देखि ६४ वर्ष भित्रका ४५ जना पुरुष र ८ जना महिला परेकाछ्न।

सुरक्षा सचिव जोन लिका अनुसार यो सामुहिक गिरफ्तार आवश्यक कदम थियो । अन्यथा यी अराजक तत्वले हङकङ सरकारलाई नै ध्वस्त पार्ने रणनीति लिएका थिए।

तपाईको प्रतिक्रिया