काठमाडौ ।गायक कमल बिसिको स्वर रहेको मौलिक झ्याउरे तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक बिसि र गायिका प्रतिक्षा वाग्लेको आवाजमा `झम्म झम्म साईली´ बोलको यो तीज गीत भोलुम अन नामक युटुब च्यानलद्धारा सार्वजनिक गरिएको छ ।
चर्चित सर्जक नेत्र अर्यालको शब्द र गायक कमल बिसि (माल्दाई) कै लय यस गीतमा रहेको छ।

गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा क्रान्ति केसीको निर्देशन र अजय रेग्मीको छाँयाकन रहेको छ ।
गीतमा टिकटक स्टार मोडल लोसिना लामिछाने, प्रेम रसाईली, समुन्द्र वाग्ले, जसोदा कार्कीले नृत्य तथा अभिनय गरेका छन । राजेन्द्र कुँवरको बिशेष सहयोगमा तयार भएको उक्त गीतको संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छ्न ।

भिडियो लिङ्क

तपाईको प्रतिक्रिया