धरान । गायिका मिलन नेवार र गायक सन्तोष राउतको स्वरमा रहेको ‘मलाई पनि लैजाउ न तिम्रो देशैमा ’ प्रेमिल शब्द मिसिएको गीत सार्वजनिक भएको छ ।

गीतकार गीता अधिकारी

गीता अधिकारीको शब्द तथा युवा राई रुचेङ्बुङको कम्पोज र रोबर्ट लिम्बुको एरेन्जमा गीत तयार गरिएको छ । रचनाकार गीता अधिकारी हङकङलाई कर्मथलो बनाएर लामो समय बसेकी थिइन । गीत , गजल र कवितामा उत्तिकै कलम चलाउने अधिकारी हङकङ साहित्यिक साझा शृङ्खलाकि सह संयोजक समेत रहेकी थिइन। नेवारी भेषभुषालाई आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ । प्रेमका कोमल भावनाहरु गीतमा समेटिएको छ ।

नविन गुरुङको कोरियोग्राफी , विज्ञान राईको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । भिडियोको मेक अप आर्टिस्टमा ऐसा राई, फोटोग्राफरमा समीर राई,कलर संयोजनमा राजेन्द्र मोक्तान ,सिनेमाटोग्राफरमा संकल्प भुजेल र पोस्टमा यार्सा पिक्चर्स रहेको छ। ह्वाइट साउन्ड स्टुडियोमा रेकर्डिङ भएको यो गीतको बाद्यवादन तर्फ सारंगीमा किरण महर्जन मादलमा प्रबास महर्जन बासुरीमा कबिन महर्जन र बेस गिटारमा अनुप दास रहेका छ्न ।ओएसाआर डिजिटल युट्युब च्यानलबाट प्रसारित ‘मलाई पनि लैजाउ न तिम्रो देशैमा ’ गीतमा प्रिया रानी लामा र दिक्पाल कार्कीको अभिनय देख्न सकिन्छ ।

मिस कस्मोपोलिटन वर्ल्ड २०१९ तथा स्थापित मोडेल प्रीया रानी लामा यस म्युजिक भिडियोमा टिभी टुडेको नियमित टक शो कफी गफका आफ्नै को-होस्ट तथा मोडेल दिक्पाल कार्की संग जमेकि छिन। कफी गफमा झैं दुइजनाको एक्टिङमा पनि केमेस्ट्री मिलेको भान हुन्छ।

‘मलाई पनी लैजाउ न तिम्रो देशैमा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया