काठमाण्डौं ।
गायिका अनु चौधरी र गायक देवराज आचार्यको स्वरमा रहेको ‘तिमी छौ र ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।हिक्मत बुढाथोकी (प्रेम)को शब्द तथा नरहरी प्रेमीको संगीत र केशव राज बडुको संगीत संयोजन गीतमा रहेको छ । रेशम दलार्मीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा देव राज आचार्यको निर्देशन भिडियोमा रहेको छ । ‘तिमी छौ र ’ गीतको भिडियोमा देवराज आचार्य र हङकङ निवासी करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

`मिसेस बेस्ट स्माइल हङकङ २०१८´कि विजेता करुणा श्रेष्ठ हङकङमा आफ्नै करुणा ब्युटी सेलुन संचालन गरेर बसेकी छिन। समाजसेवीको रूपमा हङकङमा परिचीत श्रेष्ठको मोडेलको रूपमा यो पहिलो प्रस्तुति हो।

अभिनय क्षेत्रमा सानै देखि रुचि भएकी उनले अब सक्दो गर्दै जाने बताएकी छिन। त्यसो त हङकङमा चाइनिज नेपाली भाषा मिश्रित चलचित्र `लुक अप´मा आमाको भुमिकामा अभिनय गरिसकेकी छिन। निर्देशन गर्न पनि उनलाई मनपरेको कुरा हङकङ खबरलाई बताइन।

‘तिमी छौ र ’ गीतको पुरा भिडियो र्हेन तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया