तीन वटा केस आयातित र २२ वटा केस स्थानीय गरेर आज पुष्टि भएको कोभिड -१९ केस संख्या हङकङमा २५ हो। १५ वटा स्थानीय केस पुर्व संक्रमितबाट सरेको ठहर भयो भने ७ वटा स्थानीय केस कुन स्रोतबाट संक्रमित भए निर्क्योल भएन।हङकङमा कोरोना संक्रमित संख्या ९,०७५ पुगेको छ। सामुदायिक परिक्षण केन्द्रबाट आज ८ वटा केस आएका थिए।आज संक्रमित हुनेमा १७ जना पुरुष र ८ जना महिला थिए ।

तीन वटा आयातित केस अन्तर्गत एकजना भारतबाट आउने परेकाछ्न। हवाईजहाज नम्बर ET3614 मार्फत इथोपियाबाट आएका एक क्याबिन कर्मचारी परेका छ्न । तेस्रो आयातित चाहिँ रशियाबाट आउने मल्लाह परेका छ्न।

चुङ क्वान ओ लाम तीन टनलको कन्स्ट्रक्सन साइटबाट एक केस थपिएको थियोे आज। हङकङ वुद्विस्ट अस्पतालबाट एक केस आएको थियोे ।

वङ ताइ सिन स्थित मेन्टल हेल्थ एसोसिएसन अफ हङकङबाट एकजना संक्रमित भेटिए आज। उनिसंग बस्ने ३७ जनालाई पोक फु लामको क्वारेन्टाइन सेन्टरमा पठाइएकोछ।

मा ओन सान इलाकामा पर्ने चुङ ओन स्टेटको चुङ चि हाउसको फरक युनिटमा दुई जना संक्रमित देखिएपछि यो भवनवासी सबैले अनिवार्य कोरोना टेस्टमा जानुपर्ने भएकोछ।

तपाईको प्रतिक्रिया