क्रान्ति सुब्बा

होटेल क्वारेन्टाइन हटाउनुपर्ने विज्ञको सुझाव

सरकारी विशेषज्ञ सल्लाहकार तथा हङकङ विश्वविद्यालयको माइक्रोबायोलोजिस्ट हो पाक-ल्यङले अगस्ट २९ तारिख बिहान एक रेडियो कार्यक्रममा अब हङकङ सरकारले होटेल क्वारेन्टाइन  हटाइ ७ दिने होम क्वारेन्टाइन ( “०+७”) लागु गर्दा हुन्छ र त्यसो गर्दा अहिलेको महामारीको ट्रेन्डलाइ  खासै असर नपर्ने बताएका छ्न। हङकङका धेरै जसो नागरिकहरू सरकारद्वारा महामारी नियन्त्रण गर्न लागु गरिएको नियमबाट  (anti-epidemic fatigue ) थकित भएको सर्भेक्षणले बताएको छ। पुर्ण खोप लगाइसकेकाहरूलाई अब उसो सजाय दिनुको सट्टा आफ्नो सामान्य जीवन पुन: सुरु गर्न दिनुपर्छ। यदि हङकङ भित्रिएका आगन्तुकमाथि लागु गरिएको क्वारेन्टाइन प्रावधानहरुलाई खुकुलो पारियो भने त्यसले नागरिकलाई खोप प्रतिको आकर्षणलाई झन बढाउदछ र खोप दर पनि वृद्धि  हुनेछ भन्ने उनको भनाइ रहेकोे छ।

हङकङमा हाल कोभिडबाट गम्भीर रूपमा पीडित हुनेको दर लगभग ०.२१% छ, र समग्र मृत्यु दर ०.०९२% छ, जुन खासै उच्च होइन। तर अस्पतालमा भर्ना हुने  बिरामीहरूको संख्या भने उल्लेख्य रूपमा ठूलो भएको   तथ्याङ्क होले उदृत गरे।

हङकङमा भित्रीएका संक्रमित यात्रुहरुमा भेटिने भाइरसको नश्ल पनि मुलतः हङकङको मुलधारमा रहेका भाइरसका नश्लहरू नै रहेका छ्न। यस मानेमा एम्बर कोड र नियमित परीक्षणको सहयोगबाट जोखिमलाई नियन्त्रण गर्न सकिन्छ। उनको सुझाव अनुसार चौथो चरणको भ्याक्सिन पास र होटेल क्वारेन्टाइन हटाएर ७ दिने होम क्वारेन्टाइन एकै साथ लागु गरेमा यसले खोप दरको मात्रा बढाउन प्रोत्साहन गर्दछ। सरकारले भर्खरै घोषणा गरेको नयाँ एन्टि-महामारी मापदण्डहरू अपेक्षाकृत हल्का नै छ। र अब चौथो खोपको डोजलाई कसरी लागू गर्दा उचित हुन्छ अध्ययन गर्नुपर्ने उनको भनाइ छ । स्मरणीय छ खोपले गम्भीर रोग र मृत्युदर घटाउन सक्छ भन्ने कुरा तथ्यांकले पनि स्पष्ट देखाएको छ।

उत्कर्षको बेला दैनिक केस २० हजार सम्म पुग्ने

साइन्टिफिक कमिटी अन भ्याक्सिन प्रीभेन्टेबल डिजिजका अध्यक्ष प्रोफेसर लाउ यु-लुङले अगस्ट २९ तारीख  एक रेडियो कार्यक्रममा ओमिक्रोन सब भेरिएन्ट बिए.४/५ भाइरससंग एकदमै छिटो फैलने क्षमता भएको बताए।   केसहरू बढ्ने रफ्तार ८० देखि ९०% सम्म पुगेपछि मात्र  पुष्टि  केसहरूको संख्या घट्न थाल्ने अनुमान उनको रहेको छ। संक्रमित केस बढ्ने क्रमले कहिले उत्कर्ष छुन्छ अनुमान गर्न गाह्रो छ। तर जब केस बढ्ने क्रम उत्कर्षमा पुग्छ त्यसबेला एकै दिनमा पुष्टि केसको संख्या १४,००० देखि २०,००० को हाराहारीमा पुग्ने भविष्यवाणी उनले गरेका छ्न।

हङकङमा केसहरू सुस्त गतिमा बढ्दै गरेको टिप्पणी उनले गरे। केसको उतार चढाव हुने क्रम पनि लम्बी रहयो र यो सेप्टेम्बरभर केस बढ्ने क्रम रहिरहन्छ, उनले थपे। महामारी रोकथाम सम्बन्धि उपायका सन्दर्भमा पहिलेको जस्तो कडा महामारीविरुद्धको नियमलाई पुनर्जीवित गर्नु उपयुक्त नभएको उनको अभिव्यक्ति रहेकोे छ ।

बिदेशबाट हङकङ आउने यात्रु माथि लागु गरिएको क्वारेन्टाइन मापदण्डलाई पनि थप कडा गर्नु हुन्न अन्यथा यसको थप नकारात्मक असर शहरको अर्थतन्त्र माथी पर्न जान्छ । र विद्यालयहरूले आमनेसामने कक्षाहरू स्थगित गर्न जरुरी छैन,उनले भने ।


अगस्ट २९ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,४८८
.स्थानीय केस संख्या : ८,२५२
.पिसिआरबाट पुष्टि केस संख्या : २,५२५
.एन्टिजेनबाट पुष्टि केस : ५,७२७
.आयातित केस संख्या : २३६ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२९ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : २८ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.६५ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.१४ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.युकेबाट आएको केस: २४

.इन्डियाबाट आएको केस: २२
.फिलिपिन्सबाट आएको केस : २४
.अमेरिकाबाट  आएको केस: २०
.थाइल्यान्डबाट आएको केस: २५
.सिंगापुरबाट आएको केस : १८
.अष्ट्रेलियाबाट आएको केस :१३
.भिएतनामबाट आएको केस:१२
.क्यानाडाबाट आएको केस: ११

.कुल संक्रमित संख्या : १,५२२,४६० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६६८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३१२,३२९

. ७ वटा नर्सिङ होम र २ वटा अपांग आश्रमबाट १४ जना वासिन्दा र ५ जना कर्मचारी  संक्रमित भएका थिए ।
.११४ वटा स्कुलबाट २०५ वटा केस आएका थिए । जसमा १५३ जना विद्यार्थी र ५२ जना शिक्षण संबद्ध कर्मचारी थिए ।

.बिए.४/५ बाट संक्रमित हुने  संख्या कुल बिरामीको ५२.४ प्रतिशत रहेकोछ।

.संक्रमित १७ महिने बेबि बोइको हालत खराब भएर गएको छ। उनको उपचार आइसियुमा जारी छ र भेन्टिलेटरको सहारामा उनले सास फेरिरहेका छ्न।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४५५
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४ जना । मृत्यु हुनेमा ८९ देखि १०१ वर्ष  बीचका ४ जना महिला परेका थिए । ३ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। २ जना  नर्सिङ होमका वासिन्दा थिए । । र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,५५६

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ११
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ९
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५२ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ४०
.आइसियुमा रहेकोे बिरामीको संख्या : १७
.गत २४ घन्टामा निको भएका बिमारी : २३०
.डिस्चार्ज भएका बिमारी : २०२
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ४ संक्रमितको संपर्क आएका मानिसको संख्या : ८
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १४६
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : १३०

.प्रीन्स अफ वेल्स अस्पतालका एक ५५ वर्षका पुरुष बिरामीलाई  २७ अगस्टमा संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट् ट्रेसिङको क्रममा अरु ८ जना उमेर ५६ देखि ९२ वर्ष बीच पुरुष पोजिटिभ भएका थिए ।

तपाईको प्रतिक्रिया