क्रान्ति सुब्बा

अगस्ट २८ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ९,७०८
.स्थानीय केस संख्या : ९,४९५
.पिसिआरबाट पुष्टि केस संख्या : २,९३०
.एन्टिजेनबाट पुष्टि केस : ६,५६५
.आयातित केस संख्या : २१३ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८९ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ६० जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
५१ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
१३ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.युकेबाट आएको केस: १६

.इन्डियाबाट आएको केस: २५
.फिलिपिन्सबाट आएको केस : १८
.अमेरिकाबाट  आएको केस: १६
.थाइल्यान्डबाट आएको केस: २०
.सिंगापुरबाट आएको केस : १२

.कुल संक्रमित संख्या : १,५०४,२६४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६५४ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३०३,८२८

. ५ वटा नर्सिङ होमबाट ६ जना वासिन्दा  संक्रमित भएका थिए ।

“ओमिक्रोन सब भेरिएन्ट बिए.४/५ संस्करण द्रुत रूपमा फैलिने भएकोले  दैनिक केस संख्या १०,००० पुग्ने अनुमान गरिएको छ ” स्वास्थ्य विभागकि सरुवा रोग शाखाका प्रमुख चुआंग शुक-क्वानले भनिन।

भेरिएन्टबाट संक्रमित सबै बिरामीहरुको लगभग ५० प्रतिशत केस संख्या यहि संस्करणबाट संक्रमित भएका  छ्न। अर्थात बिए.४/५ बाट संक्रमित हुनेको संख्यामा ५५.५ प्रतिशत वृद्धि आएको छ भने बिए.२.१२.१ बाट संक्रमित संख्या ७ प्रतिशत नै रहेकोछ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४५१
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १० जना । मृत्यु हुनेमा ६२ देखि ९९ वर्ष  बीचका ८ जना पुरुष र २ जना महिला परेका थिए । ६ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। १ जना मृतक बिना खोपका थिए । कोही पनि नर्सिङ होमबाट परेका थिएनन् । र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,४५३

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : १०
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ९
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४३ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ४१
.आइसियुमा रहेकोे बिरामीको संख्या : १३
.गत २४ घन्टामा निको भएका बिमारी : २९१
.डिस्चार्ज भएका बिमारी : २५२
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस :  संक्रमितको संपर्क आएका मानिसको संख्या :
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १३३
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ३१

.एक १७ महिने संक्रमित शिशुको अवस्था अझै पनि गम्भीर रहेको छ। र उनको उपचार आइसियुमा नै भैरहेछ। उनले साइनोभ्याकद्वारा उत्पादित भ्याक्सिनको पहिलो खोप लगाएका थिए । विशेषज्ञका अनुसार खोपको कारण उनको स्थिति गम्भीर भएको होइन । शिशु खोप ग्रहण पुर्व नै संक्रमित भएको विश्वास गरिएको छ।

.हङकङमा ६ महिना देखि ३ वर्षका शिशुको खोप दर करिब १०% पुगेको छ।


बार/पबमा प्रहरीले छापा मारयो

.प्रहरी बिभाग अहिले तदारुकताका साथ हङकङका बार,पब , रेस्टुरेन्ट तथा निर्धारित स्थान तिर महामारी नियन्त्रण सम्बन्धि मापदण्ड पालना भए नभएको स्थिति अनुगमन गर्न लागि परेकोछ। हिजो ९० वटा बार तथा पब,५१७ वटा क्याटरिङ व्यवसायसंग संबंधित स्थानमा छापा मारिएको थियो । जम्मा १३ जना संचालकलाई कार्बाही गरिएको थियो भने ९५ जना स्टाफ तथा ग्राहकलाई फिक्स पेनाल्टी नोटिस दिइएको थियो ।

चीनसंगको सिमाना खुल्नेबारे

. मुल भुमि चीनसंगको सिमाना पुन खोल्नेबारे हङकङ सरकारले बारम्बार गृहकार्य गर्दै आएको छ। यस पटक सरकारले  ‘रिभर्स क्वारेन्टाइन योजना’ लागू गर्ने विषयलाई केन्द्रिय सरकार सामु  प्रस्ताव गरेको छ। यदि   रिभर्स क्वारेन्टाइन योजना लागु भएमा चीन जान चाहने व्यक्तिले मुख्य भूमिमा प्रवेश गर्नु अघि हङकङ मै आफ्नो  क्वारेन्टाइन पूरा गर्नुपर्ने छ।

एन्टिजेन नेगेटिभ भएको देखाउनु पर्ने

हङकङ सरकारले आज अगस्ट २८ तारीखदेखि कुनै पनि भोज भतेर , पार्टी आदिमा खानपिनको लागि जानेले आफू कोभिड नेगेटिभ भएको प्रमाण पेश गर्न आवश्यक छ।

यो नयाँ मापदण्डअनुसार खानपिनमा सहभागी हुने समुहको संख्या यदि प्रति टेबल आठ व्यक्ति हुने स्थिति रहेमा उनीहरु प्रत्येकले भोज परिसर प्रवेश पुर्व २४ घन्टाको अवधिमा आफ्नो एन्टिजेन परीक्षण नतिजा नेगेटिभ भएको प्रमाण देखाउन आवश्यक छ। संबंधित व्यक्तिले नतिजाको फोटो देखाउन सक्छन् जसमा उनीहरूको नाम, मिति र परीक्षण गरेको समय उल्लेख हुनुपर्दछ।

निजले विकल्पको रूपमा ४८ घण्टा भित्र लिइएको न्यूक्लिक एसिड परीक्षणको नेगेटिभ नतिजा देखाउदा पनि  हुन्छ।

यो नयाँ नियम लागु भएपछि रेस्टुरेन्टको व्यापार १० देखि २० प्रतिशत घट्ने अनुमान गरिएको छ।

रेस्टुरेन्टहरूलाई यो नयाँ नियम अनुसार चल्नको लागि सेप्टेम्बर ३ सम्मको सात-दिने ग्रेस पिरियड दिइएको छ।

मुख्य सचिव चान क्वोक-कीले यी नयाँ प्राबधानहरूले रोग रोकथाम गर्न  सहयोग पुर्याउने  बताए।

महामारीको असर पढाइमा

आगामी सातादेखि सुरु हुने स्कुलको सेमेस्टरमा आधा दिनसम्म विद्यालयको कक्षा सञ्चालन हुने कुरा  शिक्षा प्रमुखले बताएकी  छिन। उनले महामारीले सिर्जना गरेको परिस्थितिका कारण बन्द भएको पुर्ण कालिन स्कुल कक्षा र अन्य अतिरिक्त क्रियाकलापहरु कहिलेबाट सुचारु हुने बारे पुनरावलोकन गर्ने भनेकी छिन।

शिक्षा मन्त्री क्रिस्टीन चोई युक-लिनले एक रेडियो कार्यक्रममा कोभिडले ल्याएको वर्तमान परिस्थितिमा प्राथमिक र माध्यमिक विद्यालयहरुको पूर्ण-कालिन प्रत्यक्ष कक्षाहरू संचालन नहुने बताएकी हुन।

“हामीले विद्यालयहरूलाई दुई-तीन हप्ता अघि नै यदि कोभिड केस बढ्दै गएमा आधा-दिन मात्र कक्षाहरू संचालन गर्नु पर्छ भनेर सूचित गरिसकेका छौं ।” उनले भनिन्।

विद्यार्थीहरूले हरेक दिन क्याम्पसमा प्रवेश गर्नु अघि  एन्टिजेन परीक्षणको नेगेटिभ नतिजा  देखाउनुपर्छ।

शिक्षा ब्यूरोले विद्यालयहरूमा रोगको प्रकोपलाई रोकथाम गर्ने योजना अनुरुप प्रत्येक महिना विद्यार्थीहरूको खोप रेकर्ड गणना गरिने कुरा पनि चोइले उल्लेख गरिन।

“विद्यालयहरूमा अनावश्यक दबाब सिर्जना नहोस् भनेर खोप तथ्यांकलाई   प्रकाशित गरिने छैन,” उनले थपिन।

स्मरण रहोस् पछिल्लो सात दिनमा २७ भन्दा बढी विद्यालयहरुमा दुई भन्दा बढी पोजिटिभ पुष्टि केसहरू  रिपोर्ट भएको थियो  र स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रको सल्लाह अनुसार  कक्षाहरू स्थगित भएका थिए ।

तपाईको प्रतिक्रिया