अरेन्द्र गुरुङ

हङकङ/ २८ अगष्ट साँझ आइतबार  “बचत गरौं आत्मनिर्भर बनौं ” भन्ने नारा सहित जुलाई २०१८ मा शुरूवात गरिएको प्रदेश १ बचत कोष हङकङद्धारा संचालित एचके नेपाली लगानी ग्रुप लिमिटेड (HK Nepali Lagani Group Limited) को चौथो वार्षिक साधारण सभा (4rth Annual General Meeting) जोर्डन स्थित ईन्डिया क्लबमा भब्य रूपमा सम्पन्न भएको छ।

” हामी सबैको लगानी ,हामी सबैको आम्दानी ” मुल नाराको साथ अघि बढेको यस लगानी ग्रुप समूह कोभिड माहामारीका कारण भेटघाट नै नहुने स्थितिमा पनि आकर्षक आम्दानी गर्न सकेको र गत बर्ष झैं यो बर्ष पनि आकर्षक डिभिडेण्ड वितरण गर्न सफल भएको जनाइएको छ ।

कम्पनीका सल्लाहकार तथा प्रदेश १ गुरुङ समाज हङकङका अध्यक्ष श्री हेमप्रताप गुरुङले नेपाल तीन महिना बस्दा विभिन्न ब्यक्तिहरुसंग भेटेर हाम्रो लगानीलाई कसरी नेपालमा अगाडि बढाउन सकिन्छ भन्नेबारे विभिन्न कम्पनीहरुसँग विभिन्न  प्रोजेक्टहरुमा छलफल भएको कुरा जानकारी स्वरुप राख्नु भएको थियो ।

कोषले २ वटा घर खरिद गरि सकेको र फेरि अर्को घर खरिद गर्ने ,क्लब हाउस स्थापना गर्ने लगायत बिषयमा छलफल भैरहेको जानकारी कोष संचालन समितिका लोन डिपार्टमेन्ट हेड बिष्णु गुरुङले बताउनु भयो ।


त्यस्तै सेक्रेटरी डाईरेक्टर श्री मन बहादुर गुरुङले लगानी ग्रुप लिमिटेडको ४ बर्षको आय ब्ययबारे साथै कोषले लगानी गरेका रकम र आम्दानी बिवरण पेश गर्नु भयो । हाल कम्पनीमा १० मिलियन डलर मुलधन मौजदात रहेको समेत  जानकारी गराउनु भएको थियो । 

लगानी ग्रुपका कानूनी सल्लाहकार तथा शेयरहोल्डर लब कुमार गुरुङले हङ्गकङ्गमा अवसरै अवसर छ , यो अवसरलाई गुमाउनु हुँदैन र सामूहिक लगानीबाट मात्र  यो सम्भव छ भन्नू भयो र अगामी दिनमा होल्डिङ कम्पनी र फाइनान्स चाँडै लन्च गर्न यो समुह लागि परि रहेको जानकारी समेत गराउनु भयो ।


संयोजक नन्द घलेले संस्थाको गतिविधि र अगामी दिनमा संस्थाको योजनाबारे जानकारी गराउनु भयो । उहाँले अहिले नेपालमा पनि आर्थिक क्रान्तिको लहर चल्दै आएकोमा हङकङ लगायत देश बिदेशमा पनि अब नेपालीहरु निम्न स्तरको ज्यालादारी काम मात्र हैन, रोजगारदाताको रुपमा पनि छन र बन्नु पर्छ भन्ने उदेश्य लिएको यस महत्वाकांक्षी कार्यमा सबैको साथ सहयोग अवश्य हुनेछ भनी भन्नू हुदै यस समूहमा दिनानुदिन  सदस्य  बढी रहेको समेत जानकारी गर्नु भयो।

अबको आउने दिनमा युवा तथा दिदिबहिनीहरुको छुट्टाछुट्टै समूह बनाएर  ब्यबसाय गर्न प्रेरित गर्ने र ब्यबसाय गर्नेहरुका लागि सहुलियत दरमा आर्थिक सहयोग गर्दै हौशला प्रदान गर्ने जानकारी समेत दिनु भयो। मेडिकल वेल्फेयर (Medical welfare) मार्फत कोहि मेम्बर बिरामी परि हस्पिटल बस्न परेमा वा बसेमा हरेक एक रातको निस्चित रकम समेत राहत प्रदान गर्ने कुरा जानकारी गराउनु भयो ।
यसैगरि युनिभर्सिटी लयायत पिएचडी  (ph.D) पढदै गरेका युवाहरुसंगै हङकङमा कार्यरत नेपाली  पुलिस अफिसर संगको अन्तरक्रिया गराई युवाहरु र अभिभावक बीचको भावना साटासाट गरि जेनेरेसन ग्याप कम गर्ने कार्य समेत गरि सकेको जानकारी गराउनु भयो ।
  अगामी दिनहरुमा  युवाहरुलाई यस समुहमा जुटन आग्रह गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

कोषको वेलफेयर फण्ड मार्फत बार्षिक रुपमा २ हजार हङकङ डलर प्रदेश १ भित्र पर्ने जिल्लाहरुको एजुकेसन क्षेत्रमा सहयोग गर्दै आई रहेको र सोही अनुसार यो बर्ष लक्की ड्रमा कुनै पनि मेम्बरहरुले पार्न नसक्नु भएकोले यो फण्ड आउने तिहारको देउसी भैलो कार्यक्रममा फेरि लट्री उडाउने भनिएको थियो ।
यस कार्यक्रम समुहका कोषाध्यक्ष निकेस गुरुङले संचालन गर्नुभएको थियो भने  कम्पनीले चौथो बर्षको शेयर र डिभिडेण्ड बितरण गर्नका साथै नयाँ सदस्य बन्नु भएकाहरुलाई खादा र पुष्प गुच्छाले स्वागत गरिएको थियो । तीन जनालाई भाग्यशाली उपहार गोलाप्रथाबाट तानेर बितरण गरी एक आपसमा बधाई शुभकामना दिंदै साँझको डिनर सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया