७ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

हङकङका प्रजातन्त्र समर्थक जम्मा ५३ जनालाई हिजो हङकङ प्रहरीले पक्राउ गरे लगत्तै आज अर्का युवा नेता जोशुवा वङ चि फङ र जनशक्ति समुहका उपाध्यक्ष ताम ताइ चि लाई राष्ट्रिय सुरक्षा ऐन भंग गरेको आरोपमा प्रहरीले पक्राउ गर्ने भएको छ।

हिजो एक हजार प्रहरीको परिचालनमा समातिएका ५३ जना व्यक्तिहरु प्रजातन्त्र समर्थक आन्दोलनकारी , राजनीतिकर्मी,आन्दोलन अभियानकर्ता र एकजना अमेरिकी वकिल थिए ।

जोशुवा वङ अहिले गत वर्ष वान चाइ स्थित प्रहरी केन्द्रिय कार्यलय कब्जा गरेको अपराध अन्तर्गत शेक पिक जेलमा सजाय भोगिरहेकाछ्न भने ताम चाहिँ देश द्रोहको आरोपमा लाई चि कोक रिसेप्सन सेन्टरको हिरासतमा बन्दीको रूपमा छ्न ।

उनीहरु दुवैको गिरफ्तारी जहाँ बन्दी छ्न त्यहीँ हुनेछ।

तपाईको प्रतिक्रिया