७ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

सेन्टर फर हेल्थ प्रोटेक्सनकी प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज हङकङमा ३३ जना कोरोना संक्रमित रोगी थपिएको घोषणा गरेकी छिन जसभित्र चार आयातित र २९ जना स्थानीय रहेका छ्न। स्थानीय केस अन्तर्गतका २४ केस पुर्व केससंग संबंधित छ्न भने ५ केस अज्ञात स्रोतबाट आएकोछ।हङकङमा कोरोना संक्रमित संख्या ९,१०८ पुगेको छ। ४ देखि ८१ वर्षका १५ पुरुष र १८ महिला आजको संक्रमण सुचीमा परेका छ्न। आज प्राथमिक पोजिटिभ सुचीमा ३० केस दर्ता छ्न।

आयातित कुल चार केसमा एक नेपाली परेकाछ्न भने बाकी ३ पाकिस्तानबाट परेकोछ।

पुर्व केसबाट सरेर आएका आजका २४ स्थानीय केस मध्येमा ११ केस चुङ क्वान ओ लाम तीन टनल कन्स्ट्रक्सन साइटसंग संबंधित छ्न। ती ११ जनामा २ जना चाहिँ कामदार हुन भने बाकी ९ जना चाहिँ नजिकको संसर्गमा रहेका व्यक्तिहरु हुन ।२४ मध्येको १८ वटा केस आइसोलेसन सेन्टरबाट पत्ता लागेको हो। यो क्लस्टरबाट आज सम्ममा १५ जना कामदार र घनिष्ठ संसर्गबाट १२ जना संक्रमित भएका छ्न।

गत दुई हप्ताको रेकर्ड हेर्दा २६% केस लक्षणहिन रहेकोे छ। संक्रमित संख्या घट्दो अवस्थामा भएपनि त्यतिकै चनाखो रहनु पर्ने स्थिति यथावत छ।

युके र साउथ अफ्रीकाबाट आउने हवाइजहाजमाथि लगाइएको प्रतिबन्धलाई हङकङ सरकारले निरंतरता दिने भएकोछ। गत डिसेम्बर २२ बाट सरकारले युके र साउथ अफ्रीकामा देखा परेको कोरोना भाइरसको नयाँ नश्ल हङकङमा प्रवेश नहोस भनेर दुबै देशको उडानलाइ रोक लगाएको थियोे ।

चीनबाहिरबाट हङकङ प्रवेश गर्ने जोकोही २१ दिन सम्म अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान र संबंधित देशमाथि लगाइएको प्रतिबन्ध जारी राख्नु अहिलेको आवश्यकता भएको कुरा सरकारी निकायले भनेकोछ।

कोरोनाभाइरसको नयाँ प्रजाती बोकेका १५ केसको प्रवेश हङकङमा अहिलेसम्म भएको देखिएकोछ जसमा १३ केसमा कोरोनाको युके नश्ल र दुई केसमा साउथ अफ्रिकी नश्ल देखिएको थियो ।

तपाईको प्रतिक्रिया