काठमाडौं : दर्जनौं गीत संगीतमा आफनो संगीतको कला प्रस्तुत गरेर चर्चामा रहेका गायक तथा संगीतकार कृष्णभक्त महर्जनले यस पटक नेपाल भाषाको गीत ल्याएका छन ।पप, आधुनिक सबै खाले भाकाका गीतमा संगीत गर्दै आएका उनले नेपाल भाषा अर्थात नेवारी गीत लाई बढी जसो ल्याउने गरेका छन ।कृष्ण भक्त मर्हजनको शब्द तथा संगीत र भुपेन्द्र बज्राचार्यको एरेन्ज तथा मास्टरिङ गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा फरक तरिकाबाट प्रस्तुत गरिएको छ । नेवारी भाषामा तयार पारिएको गीत भए पनि सम्पुर्ण दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक कृष्णभक्त मर्हजनले बताए ।

कृष्णभक्त महर्जन साधना मुडमा

श्याम तामाङको छायाँकन तथा कृष्ण भण्डारीको सम्पादन भिडियोमा छ । ‘गुलीजक बाँला’ बोलको गीतको म्युजिक भिडियोका निर्देशक सोनाम पाख्रिन हुन् भने लाहुरे सिंहको कोरियोग्राफी रहेको छ । भिडियो गायकको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘गुलीजक बाँला’ गीतको भिडियोमा विजु पार्की र कविता नेपालीले फिचरिङ गरेका छन ।‘गुलीजक बाँला’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

ःhttps://www.youtube.com/watch?fbclid=IwAR0LMKfUia1RH6eF8MCGHNPt4JyeHTBV_BUAOw7fCXClpJ_Pr_z7UTUTgzU&v=J1gbf1pu190&feature=youtu.be

तपाईको प्रतिक्रिया