काठमाण्डौं ।
प्रवासमा रहेर पनि नेपाली सुगम संगीतमा अनवरत रुपमा सक्रिय गीतकार युवराज भण्डारीको शब्द सिर्जनामा ‘तिम्रो आँखामा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक प्रवीण बेडवाल र गायिका रचना रिमालले स्वर दिएका छन ।

प्रसिद्ध संगीतकार राजेश थापाको सङ्गीत र गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् । सो गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । वाई बी कृएसनले हालै सार्वजनिक गरेको यस गीतको भिडिओमा गायक गायिका र वाद्यवादकहरूको अभिनय देख्न सकिन्छ । बिनोद बमको निर्देशन तथा सम्पादन र केशव अधिकारी छायाङ्कनमा भिडियोलाई साङ्ग्रिला कृएसनले तयार पारेको हो ।

गीत, गजल र अन्य विधामा तीन दशकदेखि सक्रिय डुम्रीबेँसी, तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडामा छन्। भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने उनको शब्द सङ्गीतमा केही गीतहरू रेकर्ड भइसकेका छन्। पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन्।

प्रेम गीतहरू भन्दा विरह बिछोडका गीत बढी सुन्न देख्न पाइने नेपाली सङ्गीत उद्योगमा ‘तिम्रो आँखामा’ एक सशक्त र सुन्दर प्रेम गीतको रूपमा आएको छ । यस गीतले दर्शक श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ ।

‘तिम्रो आँखामा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया