क्रान्ति सुब्बा

भुत्ते बन्दो ओमिक्रोन

भर्खरै युनिभर्सिटी अफ हङकङका चार जना विज्ञहरूले  एउटा संयुक्त आर्टिकल प्रकाशित गरेका छ्न। उक्त रचनामा ओमिक्रोनको विषाक्तता निकै कम भएको कुरालाई उल्लेख गरिएको छ। साथै समुदायमा गम्भीर रोगबाट बच्नको लागि चाहिने आधारभुत सामुहिक रोग  प्रतिरोधात्मक क्षमता स्थापना भैसकेको भनिएको छ । यसर्थमा हङकङले अब विदेशबाट आउनेहरूका लागि “०+७” क्वारेन्टाइन व्यवस्था लागू गर्ने वातावरण निर्माण गरिसकेको भनिएको छ । साथै जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सामाजिक दूरी सम्बन्धि नियमहरूलाई थप खुकुलो पार्ने आधार बनिसकेको पनि  बताइएको छ।

यसै सन्दर्भमा सह लेखक मध्ये एक हङकङ विश्वविद्यालयका बायोकेमिस्ट्री विभाग, मेडिसिन संकायका प्राध्यापक जिन डोङ-यानले सेप्टेम्बर २१ तारीख बिहान एक रेडियो कार्यक्रममा कोभिड-१९ को हालको स्थानीय  प्रजनन दर १ भन्दा तल झरेको बताएका छ्न । यसको मतलब एकजना  व्यक्तिले एकभन्दा कम व्यक्तिलाई मात्र सङ्क्रमण गराउन सक्दछ र यो भाइरसमा अब सुपर स्प्रेडरको ल्याकत नभएको उनले बताए । यदि  विद्यालयमा विद्यार्थीहरु  सङ्क्रमित भए पनि सङ्क्रमित विद्यार्थीको सङ्ख्या ठूलो हुनेछैन  । यो कोभिड महामारीलाई समयमै नियन्त्रण गर्न सकिन्छ  र भविष्यमा त्यस्तो ठूलो प्रकोप पनि नआउने  विश्वास उनले लिएका छ्न । तर सरकारले नितिनियममा कुनै पनि परिवर्तन ल्याउनु अघि अनिवार्य  मास्क लाउने आदेशलाई चाहिँ आउने जाडो याम सम्म लागु गर्नुपर्ने उनको भनाइ छ ।

डाक्टर जिन डोङ यान

उनको बुझाइमा हङकङमा महामारीको अवस्था लोपोन्मुख छ । तथापि पुष्टि भएका दैनिक केस संख्या  शून्यमा पुग्ने सम्भावना भने देखिन्न । तर  दैनिक केसको संख्या एक हजार देखि दुइ हजारको वरिपरि घुमिरहने  अपेक्षा गर्न सकिन्छ । उनले अगाडि भने – हाल मुलधारमा रहेको भाइरस स्ट्रेन ओमिक्रोन बिए.५ हो, जुन बिए.२ भन्दा फरक छ र यसलाई महामारीको छैटौं लहरका रूपमा लिनुपर्छ, तर सरकारले अझै पनि यसलाई  पाँचौं लहर नै भएकोमा जोड दिएको छ। त्यसैले स्थानीय विज्ञहरू यस तथ्य माथि  विवाद गर्न चाहँदैनन्।  महामारीसँग लड्ने विभिन्न उपायहरूबारे पनि उनले प्रकाश पारे । जस्तै खोप र मौखिक औषधिको प्रवर्द्धन तथा नर्सिङ होम निवासी वृद्धहरूका लागि “रिभर्स आइसोलेसन” को व्यवस्था ।

मे महिनामा गरिएको एक अध्ययन अनुसार हङकङका करिब ९०% बासिन्दामा कोभिडलाई तथस्ट तुल्याउने  एन्टिबडीहरू उत्पादन भैसकेकोले समाजलाई सामान्यकरण गर्दै लैजादा फरक नपर्ने पनि उनले  बताए ।


पिसिआर टेस्ट बन्द गर्नुपर्छ

अस्पताल प्राधिकरणका पूर्व प्रमुख कार्यकारी डा. ल्यङ पाक-यिनले सरकारी विशेषज्ञ सल्लाहकार युन क्वोक-युङ र अन्य तीन जना हङकङ विश्वविद्यालय प्राध्यापकहरूद्वारा संयुक्त रूपमा लिखित लेखलाई उदृत गर्दै आफ्नो  सामाजिक सञ्जाल प्लेटफर्म मार्फत सेप्टेम्बर  २० तारीख  कोभिड-१९ रोग निम्त्याउने भाइरस विश्वव्यापी महामारी वा पेन्डामिकबाट क्षेत्रीय (स्थानीय) महामारी वा एन्डामिकमा परिणत भएको तथ्यलाई उल्लेख गरेका छन। हङकङले अब खोप लगाएका नागरिकहरूलाई आफ्नो पुर्ववत सामान्य दिनचर्यामा फर्कने अनुमति दिनुपर्छ । उनीहरुले झेल्ने असुविधालाई कम गर्नुपर्छ भनेर लेखेका छ्न। र स्रोत साधनलाई खोप नलाएका नागरिकहरुको सुरक्षार्थ  केन्द्रित गर्नु पर्छ भनेका छ्न।

ल्यङले प्रस्तुत गरेको यो तर्क र दृष्टिकोण चिनियाँ एपिडेमोलोजिस्ट र हेपाटोलोजिस्ट ली लान्जुआन र अन्य विज्ञहरूले प्रस्तुत गरेको प्रस्ताव संग मेल खाएको छ। उक्त प्रस्तावले अहिले अभ्यासमा रहेको क्लास ए संक्रामक रोगको व्यवस्थापन र नियन्त्रण प्रणालीलाई
क्लास बी संक्रामक रोगको व्यवस्थापन प्रणालीमा लानु पर्छ  भनेको छ। यो प्याकेज लागू भएमा  निरन्तर परीक्षण गर्नुपर्ने कोटिमा केवल  लक्षण भएका र उच्च जोखिमयुक्त व्यक्तिहरूलाई मात्र सामेल गर्नु पर्दछ । जसमा पर्ने व्यक्तिहरु हुन-  खोप नलाएका बालबालिका र वृद्धवृद्धाहरू, दीर्घ रोगीहरू र गर्भवती महिलाहरू ।

डाक्टर ल्यङ पाक यीन

उनले पिसिआर अर्थात न्यूक्लिक एसिड टेस्ट जारी राख्नुको कुनै औचित्य छैन पनि भनेका छ्न। उनका अनुसार एन्टिजेन र्यापिड टेस्टिंगलाई नै नबिराइकन केहि दिन गरेमा आउने नतिजा उस्तै हुन्छ । कोभिड-१९ भाइरस अहिले हङकङको समुदायमा प्रवेश गरिसकेकाले नियमित ढल परीक्षण र अनिवार्य परीक्षणमा सामेल हुनुपर्ने सूचनाको कुनै व्यावहारिक  महत्त्व छैन र यो सिस्टमलाई अब  बन्द गर्नुपर्छ भनेका   छ्न। वृद्ध र बालबालिकाहरूको खोप दर बढाउने जस्ता दीर्घकालीन रणनीतिक मूल्य भएका उपायहरूको लागि बहुमूल्य स्रोतहरू प्रयोग गरिनुपर्छ। अनावश्यक टेस्टमा खर्च हुने स्रोत साधनलाई अब शोधकार्य तथा संभावित  प्रकोपलाई निदान गर्न आरक्षित गर्नु पर्छ उनले जोड दिदै भनेका छ्न।

अन्तराष्ट्रिय सिमानाहरु छिट्टै खुला गरि  र सुचारु हुनुपर्नेमा उनले जोड दिएका छ्न। तर जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकार र समाजका सबै क्षेत्रले कडा  मिहिनेत गर्नुपर्ने अवस्था भने बिद्यमान रहेको यथार्थ औंल्याएका छ्न।

अतएव सरकारी सल्लाहकार प्रोफेसर युन क्वोक युङ र हङकङ युनिभर्सिटीका अन्य ३ जना  प्रोफेसरहरूले वर्तमान खोप दर र प्राकृतिक संक्रमणलाई आधार बनाएर प्रकाशित शोधपत्र  अनुसार हङकङको ९५% भन्दा बढी जनसंख्यामा गम्भीर रोग संग जुध्ने सामुहिक रोग प्रतिरोधात्मक क्षमता संचय भैसकेको छ। यो वर्षको सुरुआतमा जसरी यो प्रकोपको आविर्भाव भएको थियो त्यसरी नै समानान्तर प्रकृतिको प्रकोप फेरि आउने  सम्भावना क्षीण रहेकोे जनाइएको छ । भ्याक्सिन र एन्टिभाइरल औषधिहरू हङकङमा आएपछि कोभिड–१९ ले ल्याउने  घातकपनमा पनि ह्रास आएको छ। त्यसकारण यो महामारी अब एक स्थानीय रोगको रूपमा परिणत भैसकेको कुरालाई पनि लेखले औंल्याएको छ। अब सबै किसिमका स्थानीय सामाजिक दूरी सम्बन्धि  मापदण्डहरूलाई क्रमशः हटाउदै लगेर  खोप लगाइएका नागरिकहरूलाई सामान्य अवस्थामा फर्कन दिनु पर्छ भन्ने सिफारिस लेखले गरेको छ।


सेप्टेम्बर २२ तारीख बिहीबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,९९०
.स्थानीय केस संख्या : ५,८२७
.पिसिआरबाट पुष्टि केस संख्या : १,४६६
.एन्टिजेनबाट पुष्टि केस : ४,३६१
.आयातित केस संख्या : १६३ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५८ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : ५७  जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.४३ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.५ केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.युकेबाट आएको केस: २९
.फिलिपिन्सबाट आएको केस :२४
.अमेरिकाबाट  आएको केस: २१
.थाइल्यान्डबाट आएको केस: १२

.कुल संक्रमित संख्या : १,७३१,०२६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,९३४ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,४२२,२९०

. ५ वटा नर्सिङ होमबाट ५ जना संक्रमित भएका थिए । २ वटा अपांग गृहबाट २ जना वासिन्दा संक्रमित भएका थिए  । २८ जना वासिन्दा क्लोज कन्ट्याक्ट् सुचीमा परेका थिए ।

.५२० वटा स्कुलबाट ७४६ केस आएका थिए जसमा १०२ वटा किन्डरगार्टन ,२०७ वटा प्राइमरी स्कुल ,१९७ वटा हाइ स्कुल र १४ वटा स्पेशल स्कुल परेका थिए । सम्मेलित केसमा ६३६ जना विद्यार्थी र ११० जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण १८ वटा स्कुलका ३२ वटा कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएका थिए ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ७८.३६ प्रतिशत पुगेको छ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १७ जना । मृत्यु हुनेमा ५५ देखि ९९ वर्ष  बीचका ९ जना पुरुष र ८ जना महिला परेका थिए । १२ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन र धेरैजसो दीर्घ रोगी थिए ।
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या :९,७२१

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,२९०
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या: ३
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ४
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४९ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ४१
.आइसियुमा रहेकोे बिरामीको संख्या : २०

.गत २४ घन्टामा निको भएका बिमारी : ३४५
.डिस्चार्ज भएका बिमारी : ३०५
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ९ संक्रमितको संपर्क आएका मानिसको संख्या : १५

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १०१
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ७०

.क्यारिटास मेडिकल सेन्टरमा एकजना ८७ वर्षकी महिला बिरामी  पोजिटिभ भएकी थिइन  । कन्ट्याक्ट् ट्रेसिङको क्रममा थप ६ जना महिला  बिरामी र ६ जना स्टाफ  पोजेटिभ भएका थिए । उक्त वार्डका थप २ जना महिला बिरामीलाई क्लोज कन्ट्याक्ट् लिस्टमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया