क्रान्ति सुब्बा

सरकार समाजलाई सामान्य बनाउन प्रतिबद्ध

हङकङ लिडर जोन लीले सेप्टेम्बर २० तारीख मंगलबार  सरकारले अब चाडै विवादास्पद कोभिड-१९ होटल क्वारेन्टाइन नीतिबारे यथार्थ जानकारी घोषणा गर्ने लक्ष्य राखेको बताएका छ्न।

विश्व वित्तीय खेलको एउटा  कुसल प्रतिस्पर्धी हङकङ पनि हो भन्ने कुरामा आफू सचेत रहेकोे लीले बताए । त्यसउसले अधिकारीहरू हङकङमा अन्तर्राष्ट्रिय स्तरका गतिविधिहरू पुन फिर्ता ल्याउन उत्कट इच्छाका साथ लागेको उनले बताए ।

“कता जानुपर्छ हामीले भन्ने हामीलाई हेक्का छ र हाम्रो लक्ष्य तर्फ हामी अटल पुर्वक बढ्न चाहन्छौं। त्यसैले  हामी बडो व्यवस्थित रूपमा सबै कुरा खोल्दै जाने प्रक्रिया अपनाउन चाहन्छौं जसले गर्दा कुनै पनि किसिमको अराजकता वा अन्योल नहोस् ।” उनले पत्रकार समक्ष भने।

स्थानीय मिडियाले रिपोर्ट गरे अनुसार यही हप्तामा सरकारले नयाँ क्वारेन्टाइन नितिबारे जानकारी दिइने उच्च संभावना रहेको छ।

त्यसो त हङकङका विशेषज्ञहरुले सरकारले अहिलेको महामारीको परिस्थितिमा समाजलाई सामान्य तुल्याउने कुनै निति ल्याउन नसकेकोमा आलोचना गरिरहेका छ्न।


बिए.५ भेरिएन्टले हङकङमा छैटौं लहर ल्याएको हो

हङकङ सोसाइटी फर इन्फेक्सियस डिजिजका उपाध्यक्ष डा विल्सन लामले सेप्टेम्बर २० तारिख एक रेडियो कार्यक्रममा हालको ओमिक्रोन बीए.५ भेरिएन्ट भाइरस हङकङको मुलधारको भाइरस स्ट्रेन बन्न सफल भएकोछ र भाइरसको यो शिराले हङकङमा  महामारीको छैटौं लहर ल्याएको मान्न सकिन्छ । र यो छैटौं लहरले संक्रमणको पराकाष्ठालाई स्पर्श गरिसकेको  छ।

आगामी एक देखि दुई महिनाको अवधिमा दैनिक पुष्टि केसको संख्या उल्लेख्य पैमानामा न्यून भएर जाने उनको आँकलन रहेकोे छ। यही वर्षभित्र महामारीको अवस्था अपेक्षाकृत सकारात्मक हुने र चिकित्सा प्रणालीले महामारीको भावी अवस्थालाई थेग्न सक्ने उनको अनुमान छ । महामारी रोकथामका मापदण्डहरुलाइ नरम तुल्याउने स्पेस पनि रहेको उनको ठहर छ। जस्तै हङकङ बाहिरबाट आउने यात्रुको लागि जारी होटल क्वारेन्टाइनलाई हटाएर होम क्वारेन्टाइनको व्यवस्थालाई  कार्यान्वयन गर्नु पर्छ  र खानपान परिसरमा रहेका सबै किसिमका प्रतिबन्धहरू खारेज गरिनुपर्छ।


सेप्टेम्बर २० तारीख मंगलबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,५९४
.स्थानीय केस संख्या : ५,४५९
.पिसिआरबाट पुष्टि केस संख्या : १,३४८
.एन्टिजेनबाट पुष्टि केस : ४,१११
.आयातित केस संख्या : १३५ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६६ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : २६  जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.४३ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.०  केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.युकेबाट आएको केस: १७
.इन्डोनेसियाबाट आएको केस :१२
.अमेरिकाबाट  आएको केस: १२
.थाइल्यान्ड र फिलिपिन्सबाट आएको केस: १५

.कुल संक्रमित संख्या : १,७१९,३४९ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,९०८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,४१२,०१७

. ६ वटा नर्सिङ होम ४ वटा अपांग गृहबाट १२ जना वासिन्दा संक्रमित भएका थिए  । ५५ जना वासिन्दा क्लोज कन्ट्याक्ट् सुचीमा परेका थिए ।

.५८९ वटा स्कुलबाट १,००७ केस आएका थिए जसमा १३८ वटा किन्डरगार्टन ,२२४ वटा प्राइमरी स्कुल ,२२१ वटा हाइ स्कुल र १६ वटा स्पेशल स्कुल परेका थिए । सम्मेलित केसमा ८८८ जना विद्यार्थी र १२९ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण २८ वटा स्कुलका ३२ वटा कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएका थिए ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ७९.६ प्रतिशत पुगेको छ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ७ जना । मृत्यु हुनेमा ४३ देखि ९२ वर्ष  बीचका ४ जना पुरुष र ३ जना महिला परेका थिए । ६ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन र धेरैजसो दीर्घ रोगी थिए ।
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या :९,६९५

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,५००
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या: १०
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ७
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५६ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ४९
.आइसियुमा रहेकोे बिरामीको संख्या : २०

.गत २४ घन्टामा निको भएका बिमारी : ३६६
.डिस्चार्ज भएका बिमारी : ३३१
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ९ संक्रमितको संपर्क आएका मानिसको संख्या : १५

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १०१
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ७०

.कुनै आन्तरिक रोग नभएका एक २ वर्षीय बालकले अगस्ट ३० तारीख  कोभिडको एक डोज खोप लगाएका थिए । सेप्टेम्बर १८ तारीख आइतबार उनलाई ज्वरो आएको थियो । सेप्टेम्बर १९ तारीख उनमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।त्यसपछि  उनलाई खोकी चल्ने , ज्वरो आउने  र फ्लू भएको थियो । उनलाई पछि आइसियुमा भर्ना गरिएको थियो र हाल उनको अवस्था गम्भीर छ। उनलाई एक्युट नेक्रोटाइजिङ एन्सेफ्यालोप्याथी, एक दुर्लभ प्रकारको मस्तिष्क रोग (इन्सेफ्यालोप्याथी) भएको थाहा भएको  थियो जुन फ्लू जस्ता भाइरल संक्रमण पछि हुने गर्दछ।


.क्यासल पिक अस्पतालका एकजना नर्स पोजिटिभ भएका थिए । कन्ट्याक्ट् ट्रेसिङको क्रममा थप ३ जना पुरुष बिरामी पोजेटिभ भएका थिए । उक्त वार्डका थप १२ जना बिरामीलाई आइसोलेसनमा राखिएको छ।

तपाईको प्रतिक्रिया