क्रान्ति सुब्बा

हङकङले संभवत अक्टोबर महिनाभित्र बिदेशबाट हङकङ आएका यात्रुको निमित्त तय गरेको तीन दिने  गृह आइसोलेसन पनि खारेज संभावना उच्च रहेको खुलासा न्यु पीपुल्स पार्टीका अध्यक्ष रेजिना इप लाउ सुक-यीले गरेकी छिन। यदि  दैनिक कोभिड केस निरन्तर घटदै गएमा र अस्पताल भर्ना हुनेको संख्यामा पनि कटौती हुदै आएमा बाकी रहेको क्वारेन्टाइनको ३ दिने अंश पनि हटाउन सकिने कुरा उनले गरेकी हुन।

कार्यकारी परिषदका संयोजक र सांसद समेत रहेकी यीपले सेप्टेम्बर २८ तारीख  यात्रा प्रतिबन्ध थप सहज हुने सम्भावनाबारे आफ्नो निजी आँकलन व्यक्त गर्ने क्रममा यस्तो टिप्पणी गरेकी  थिइन। तर यस बारेमा  कार्यकारी परिषदमा कुनै औपचारिक  छलफल नभएको उनले बताइन् ।

“अवश्य सबैले क्वारेन्टाइन हटोस भन्ने नै  चाहन्छन्। जीवन पहिलाको जस्तै सामान्य होस भन्ने चाहना सबैको हुन्छ । तर कार्यकारी प्रमुख  [जोन ली का-चिउ] ले भने जस्तै हामीले तथ्यांकलाई  हेर्नु आवश्यक छ र हालमा समेत  करिब २,००० मानिसहरू अझै अस्पतालमा भर्नारत अवस्थामा छन्” इपले भनिन।

रेजिना यीप

सरकारले हङकङ आउने यात्रुको लागि होटेल क्वारेन्टाइन खारेज गरेता पनि हालमा तीन दिन स्व निगरानीमा घरमा बस्नुपर्ने नियम यथावत छ।

सरकारले अर्थतन्त्र र यात्रा सुविधाबीच सन्तुलन कायम गर्न आवश्यक रहेको इपले बताइन् । कसरी हुन्छ मेडिकल सिस्टमले धान्ने गरि स्थितिलाई व्यवस्थापन गर्नुपर्ने कुरामा उनले जोड दिएका छिन। ” अहिलेको ट्रेन्ड हेर्दा संक्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्या घट्दै गएको छ। मलाई विश्वास छ ‘०+३’ लाई चाँडै ‘०+०’ मा परिवर्तन गर्न सकिन्छ। आशा छ अक्टोबरमा यो परिवर्तन गर्न सकिन्छ,” उनले भनिन्।

सामाजिक दूरी सम्बन्धि नियमलाई नरम पार्ने विषयमा सर्वप्रथम रेस्टुरेन्टहरू माथी लगाइएको प्रतिबन्धलाई हटाउन सकिने बताइन् जसले गर्दा  प्रत्येक टेबलमा धेरै मानिसहरूले एकसाथ बसेर खान सक्छन् । साथै  लाइभ शो कार्यक्रम गर्ने अनुमति पनि दिन सकिन्छ। तर  मास्क लगाउने नियम भने तत्काल हटाउन नहुने उनले बताइन् ।

कोभिडका कारण हङकङको आफ्नो प्रतिस्पर्धात्मक चरीत्र केहि हदसम्म निस्तेज भएको प्रतीत भए पनि यो  शहरको आफ्नै अनुपम आकर्षण छ । त्यसकारण  छिट्टै यो शहर आफ्नो पुरानो स्वरूपमा फर्कन्छ उनले भनिन। । “यस सहरको जीवनशैलीमा  विशेष  आकर्षण छ र केही विदेशीहरूले सिंगापुरलाई बोरिङ भएको रिपोर्ट गरेका छन्,” उनले थपिन।

अकअक्टोबर ६ तारीखबाट सामाजिक दुरि सम्बन्धि नियम थप खुकुलो हुने बारे

३० सेप्टेम्बर २०२२ – हङकङ स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक डा. एडविन सुईले सेप्टेम्बर ३० तारीख  दिउँसो ३ बजेको पत्रकार सम्मेलनमा विगत हप्ता यता  महामारीको अवस्था स्थिर रहदै आएको  बताए। वितेको हप्ताको दैनिक औसत केस संख्या ३,७००  स्थानीय  र १८० आयातित रहदै आएको उल्लेख गरे । सामान्यतया केसहरू हङकङ आइपुगेको ३ दिन पछि पत्ता लाग्ने गरेकोछ। र ओमिक्रोन सब भेरिएन्ट बिए.५ बाट संक्रमित हुनेको प्रतिशत ८५ पुगेको छ।

विद्यालयहरूद्वारा रिपोर्ट गरिएका केस संख्या  पनि घटेको छ । अहिले प्रति दिन आउने केसको संख्या ४०५   देखि १२८० को रेन्जमा रहेको छ भने दैनिक संक्रमित बिद्यालयको संख्या २३०  देखि ७१० सम्म रहेकोे छ। बितेको ७ दिनमा ३० वटा नर्सिङ होम र अपांग आश्रमले संक्रमित केसहरू रिपोर्ट गरेका छ्न।

विगत केही हप्तामा अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि ३,००० बाट घटेर १,७०० मा पुगेको छ र गम्भीर बिरामीको कुल संख्या पनि १०० बाट घटेर ६० पुगेको छ।

यसैबीच स्वास्थ्य उपसचिव डा लिबी ली हा-युनले अहिलेको नयाँ शुन्य प्लस तीन (“०+३”) को मापदण्डअनुसार हङकङ आएका यात्रुहरु संक्रमित भएमा र उनीहरुको अवस्था खासै गम्भीर नभएको स्थिति रहेमा उनीहरूले आफ्नै खर्चमा होटल वा आफ्नै घरमा क्वारेन्टाइन बस्न सक्छन् । ब्यूरोले पहिला क्वारेन्टाइन होटेलको रूपमा प्रयोग गरिएका ६० वटा  होटेलहरूलाई सम्पर्क गरेको छ जसमध्ये धेरैजसो होटलले बाहिरबाट आउने संक्रमितजनलाइ  स्वीकार गर्न इच्छुक भएको बताएका  छन्। र सरकारले १,००० भन्दा बढी होटेलहरूलाई पत्राचार गर्ने भएको छ जुन होटेलमा बाहिरबाट आउने संक्रमितलाई राख्न अनुरोध गरिनेछ ।

उनले  यो नयाँ “०+३” को मापदण्ड लागु भएको केवल ५  दिन मात्र हुदैछ र हङकङ आगमन हुने यात्रुको लागि निर्धारित हालको मापदण्डलाई थप खुकुलो पार्ने विषयमा निर्णय गर्न गाह्रो भएको उनले बताइन् ।

यात्रु वाहक ठुला विलासी पानीजहाज क्रूज माथि पनि रिटर्न टु नोवेर भन्ने सर्किट ब्रेकर मेकानिजम लागू थियो अर्थात यी क्रुज सीपहरुको संचालन निलम्बित थियो  जसलाई अहिले हटाइएको छ । ६ अक्टोबरदेखि सामाजिक दुरीका नियमहरू पनि थप खुकुलो पारिने निर्णय भएको छ। त्यस दिनदेखि रेस्टुरेन्टमा प्रति टेबल ८ जनाको सट्टा  १२ जना सम्म बसेर खान मिल्छ । र बारहरूमा पनि प्रति टेबल ४ जनाको सट्टामा ६ जना व्यक्ति बस्न पाइनेछ ।
यसका अलावा भोज भतेरमा १२० को सट्टा अधिकतम २४० जनासम्म सहभागी अनुमति दिइनेछ।

जिम , काराओके रुम, ब्युटी पार्लर लगायतमा एउटा समुहमा १२ जना सम्म बस्न पाइनेछ जबकि अहिले एउटा समुहमा ८ जना सम्म मात्र बस्न पाइन्छ ।
यद्यपि उल्लिखित निर्धारित स्थानमा प्रवेश पुर्व गरिने  एन्टिजेन परीक्षण प्रणाली भने परिवर्तन हुने छैन ।

हङकङलाई  सिंगापुरले जित्यो 

कार्यकारी परिषदका पुर्व संयोजक बर्नार्ड चानले सरकारलाई क्वारेन्टाइन मापदण्डलाई यथाशीघ्र शुन्य जोड शुन्य (“०+०” ) अर्थात सबै क्वारेन्टाइन नियमलाई खारेज गर्न अनुरोध गरेका छ्न। हङकङ अवतरण भएपछि एयरपोर्टमा गरिने कोभिड टेस्ट गर्ने नियमलाई पनि हटाउनु पर्छ उनले भनेका छ्न। धेरै देशहरुले यो सिस्टम हटाइसकेकाले यसको औचित्य नरहेको उनले बताए ।  एशिया-प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र पहिला हङकङ थियो तर अब सिंगापुरले हङकङलाई उछिनेको स्वीकार गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन।

अक्टोबर १ तारीख शनिबार एक टिभी अन्तर्वार्तामा बोल्दै चानले सोमबार (सेप्टेम्बर २६) देखि लागु शुन्य जोड तीन (“०+३”) अर्थात शुन्य होटेल र तीन दिन होम आइसोलेसनको नियमलाई स्वागत गरेका थिए । यो नयाँ व्यवस्थाले नागरिक तथा व्यापार क्षेत्रलाई सकारात्मक छाप दिन सफल भएको छ र निकट भविष्यमा सरकार सम्पूर्ण प्रतिबन्ध हटाउने दिशा तर्फ अग्रसर भएको संकेत हो यो भन्ने विश्वास उनमा रहेको थियो ।

बर्नाड चान

उनले अझ एक कदम अगाडि बढेर भने अहिलेको यो नयाँ तीन दिने होम आइसोलेसन सिस्टम लागु भए पश्चात् हङकङको स्वास्थ्य सेवा प्रणालीमा कुनै असर नपरेको स्थिति रहेमा अधिकारीहरूले शुन्य जोड शुन्य  (“०+०” ) मापदण्डलाई अगाडि बढाउन सक्छन्।

यदि हङकङ आगमन हुने यात्रुलाई एयरपोर्टमा अनिवार्य एन्टिजेन टेस्ट गर्ने सिस्टमलाई यथावत राखियो भने र यहाँ आउने पर्यटक र व्यवसायीहरूमा पोजिटिभ देखियो भने उनीहरुले उपचार अबधिमा क्वारेन्टाइन बस्नुपर्ने हुन्छ। हो त्यही क्वारेन्टाइन बस्नुपर्ने झन्झटले उनीहरु हङकङको यात्रा गर्ने  जोखिम लिन चाहदैनन् ।

चानले यो जिरो प्लस तीन (“०+३”) को मापदण्डले हङकङवासीहरूलाई विदेश यात्रा गर्न भने सजिलो बनाइदियो तर स्थानीय अर्थतन्त्रलाई भने यसले खासै पुनर्जीवित पार्न सघाउ पुरयाएन भने । तथापि शुन्य जोड शुन्य  (“०+०”) को मापदण्ड अवश्य लागु हुनेमा उनको पुर्ण विश्वास रहेकोछ।

चानले गत हप्ता (सेप्टेम्बर २२) बिहीबार ब्रिटिश थिंक ट्याङ्क जेड/येन समूहले प्रकाशित गरेको ग्लोबल फाइनान्सियल सेन्टर इन्डेक्सको पछिल्लो संस्करणको बारेमा पनि बताए  जसमा हङकङ चौथो स्थानमा झरेको र सिंगापुर एक स्थान माथि बसेको देखाएको थियो ।

विश्वका केहि कर्पोरेट कम्पनीहरुको आफ्नो एशिया -प्यासिफिक  हेडक्वाटर हङकङमा थियो तर कडा कोभिड नियमका कारण ती कम्पनीले हङकङ छाडेर अन्यत्र गएका छन् र उनीहरु त्यति चाडैं हङकङ फर्किने वाला छैनन्  उनले चिन्ता व्यक्त गर्दै भने।

यद्यपि, ग्रेटर चाइना क्षेत्रमा आफ्नो व्यवसाय केन्द्रित गर्न चाहनेको लागि यो सहर नै पहिलो रोजाइमा पर्दछ । यस मानेमा हङकङ छोडेर गएका कम्पनीहरु पुन फर्किएर आउने कुरामा उनी बिश्वस्त छ्न । विशेषगरि  सिंगापुरको तुलनामा हङकङको वित्तीय प्रणाली र बजार धेरै ठुलो भएकोले  उनको यस्तो आत्मविश्वास रहेको हो।

स्मरणीय छ एक वर्षभन्दा बढी समयदेखि सबै कोभिड नियम हटाएर  अन्तर्राष्ट्रिय समाजसंग खुला रूपमा व्यवहार गर्न थालेको सिंगापुर वास्तवमै विजेता भएको  चानले उल्लेख गरे।

अक्टोबर २ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३,५६९
.स्थानीय केस संख्या : ३,३५४
.पिसिआरबाट पुष्टि केस संख्या : ८६४ ( ३८९ वटा पुष्टि केस ,३८३ वटा लक्षणहिन केस र ९२ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: २,४९०
.आयातित केस संख्या : २१५ जना
.पिसिआरबाट पत्ता लागेको  केस : २०५ जना (३२ वटा पुष्टि केस ,१४९ वटा लक्षणहिन केस र २४ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १०

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९५२,७१२
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ८२०,१६८

.सेप्टेम्बर २३ देखि २९  तारीख बीचमा आएका लोकल केसमा ३.५ प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ८९.३ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,७७२,८८० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,१७३ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,४९४,०९७

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ६ जना ।
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि  ) : ९,९६० जना । जसमध्ये ९,८७५ जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८२ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,१७३

.हाल अस्पतालमा भर्नारत विरामीको संख्या :१,६७३
.भर्ना भएका नयाँ विरामी : १८७
आइसोलेसन फेसिलिटीको आइसोलेसन वार्डमा भएका विरामी :३०४
.दोस्रो तहको आइसोलेसन वार्डमा भएका बिरामी :१३५
.नर्थ लान्ताउ हस्पिटल हङकङ इन्फेक्सन कन्ट्रोल सेन्टरमा रहेकोे बिरामी :३६८ जसमा भर्ना भएका नयाँ बिरामी :१२४
.नयाँ क्रीटिकल बिरामीको संख्या : ६
.नयाँ सिरियस बिरामीको संख्या : ७
.कुल क्रीटिकल बिरामीको संख्या :३७
.कुल सिरियस बिरामीको संख्या :२८
.आइसियुमा भएको बिरामीको संख्या :१२

तपाईको प्रतिक्रिया