क्रान्ति सुब्बा

सामाजिक दुरिको नियम अझै खुकुलो पार्नुपर्ने माग

अक्टोबर ४ तारीख एक रेडियो कार्यक्रममा हङकङका एक मेडिकल विज्ञ ल्यङ चि चिउले सरकारले यथाशीघ्र हङकङ भित्रीने आगन्तुक माथि लागु बाकी रहेको तीन दिने गृह  क्वारेन्टाइन पनि  हटाउन आग्रह गरेकाछ्न। र विमानस्थलमा न्यूक्लिक एसिड परीक्षण गर्ने सिस्टम मात्रै राख्नु पर्ने सुझाव दिएका छ्न ।

समुदायमा हुने  नियमित न्यूक्लिक एसिड परीक्षणको अभ्यासलाई  हटाएर एन्टिजेन परीक्षण प्रणालीलाई मात्र राख्ने बिषयमा पनि विचार गर्न उनले आग्रह गरे।

उनले लिभहोमसेफ एपको प्रयोगलाई हटाउनुपर्ने जिकिर गरेका छ्न। भ्याक्सिन पास स्किम मार्फत संक्रमितलाई पहिल्याउन सकिन्छ भन्दै उनले यसो भनेका हुन।

हालमा  ४ जनाभन्दा बढी भेला हुन नपाइने जुन नियम छ त्यसलाई पनि खारेज गरिनुपर्छ उनले भनेका छ्न  तर मास्क लाउने  आदेशलाई भने यथावत राखिनुपर्छ उनले भने। आगामी जाडो महिनामा हुने इन्फ्लुएञ्जाका कारण मास्क लाउने नियम हटाउन नहुने उनले बताएका हुन।

यही हप्ताभित्र सबै यात्रा प्रतिबन्ध हटाउन माग

हङकङका सांसद माइकल टिएन पुक-सनले संभव भयो भने हङकङले छिटोमा यही हप्ताभित्र हङकङ आउने यात्रु माथी लागु गरिएका सम्पूर्ण महामारी संबंधी प्रतिबन्ध फुक्का गर्नेछ भनेका छ्न। निरन्तरको लामो प्रवेश प्रतिबन्धले हङकङको अर्थतन्त्रमा प्रतिकुल असर पर्ने क्रम नरोकिएपछि हङकङसंग शेष विकल्प नरहेको उनको दाबी छ।

सेप्टेम्बर ३ तारीख सोमबार एक रेडियो कार्यक्रममा बोल्दै, टिएनले सरकारको महामारी विरोधी मापदण्डहरू आयातित केसलाई नियन्त्रण गर्न तिर खपत गर्ने होइन अब तर बिरामीहरूमा देखिने गम्भीर लक्षणलाई कम गर्नमा  केन्द्रित गर्ने हो भने ।

उनले  मलेसिया, सिंगापुर, जापान र दक्षिण कोरियाले एन्टिजेन टेस्टिङ लगायतका  सबै प्रवेश प्रतिबन्ध हटाइसकेको पनि बताए ।

“हामीले आफ्नो तर्फबाट केही नगरी बस्यौं भने मात्र  अन्य देशहरूले हामीलाई टप्ने हो,” संसारसंगको सम्बन्धलाई पुन: जोड्न हङकङ आवतजावत यात्रालाई निरंकुश पार्न अति आवश्यक भएको कुरामा उनले  जोड दिदै भने।

माइकल टिएन

“हामीले यही हप्ताभित्र आगन्तुक माथी लगाइएका सम्पुर्ण बन्धनहरु तोडिएको देख्न सक्छौं,” उनले भने, “अन्यथा अक्टोबरको तेस्रो हप्तामा त पक्कै हट्ने नै छ ।”

न्यूक्लिक एसिड परीक्षण गर्ने नियम अर्को प्रमुख कारक तत्व हो जसले ब्यापारी र पर्यटकहरूलाई हङकङ आउनबाट रोकेको छ र जसको सट्टामा अब चाडै एन्टिजेन परीक्षण प्रणाली लागु गर्नु पर्दछ उनले भने।

टिएनले लिभहोमसेफ (LeaveHomeSafe) एप प्रयोग गर्ने व्यवस्थालाई पनि हटाउनु पर्छ भनेकाछ्न।

” लिभहोमसेफ एप प्रयोग गर्नुपर्ने अहिलेको व्यवस्थामा  भ्याक्सिन नलाएका मानिसहरूलाई मास्क नलाउनु पर्ने  स्थानहरूमा प्रवेश गर्न मनाही गरिएको छ। त्यसकारण यो एपको प्रयोगलाई हटाउनु पर्छ ।”उनले भने ।


अक्टोबर ४ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३,२८६
.स्थानीय केस संख्या : ३,०१४
.पिसिआरबाट पुष्टि केस संख्या : ८७८ (४१६ वटा पुष्टि केस ,४०८ वटा लक्षणहिन केस र ५४ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: २,१३६
.आयातित केस संख्या : २७२ जना
.पिसिआरबाट पत्ता लागेको  केस : २५४ जना (५१ वटा पुष्टि केस ,१८० वटा लक्षणहिन केस र २३ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १८

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९५५,०१५
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ८२४,६८०

.सेप्टेम्बर २५ देखि अक्टोबर १ तारीख बीचमा आएका लोकल केसमा ३.१ प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ९०.३ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,७७९,६९५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,१८४ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,५१२,२८४

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ८ जना ।
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि ४ अक्टोबर सम्म   ) : ९,९७१ जना । जसमध्ये ९,८८६ जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८२ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,१८४

.हाल अस्पतालमा भर्नारत विरामीको संख्या :१,६५१
.भर्ना भएका नयाँ विरामी : १७४
आइसोलेसन फेसिलिटीको आइसोलेसन वार्डमा भएका विरामी :३३०
.दोस्रो तहको आइसोलेसन वार्डमा भएका बिरामी :१३५
.नर्थ लान्ताउ हस्पिटल हङकङ इन्फेक्सन कन्ट्रोल सेन्टरमा रहेकोे बिरामी :३७१ जसमा भर्ना भएका नयाँ बिरामी :१२३
.नयाँ क्रीटिकल बिरामीको संख्या : ४
.नयाँ सिरियस बिरामीको संख्या : ३
.कुल क्रीटिकल बिरामीको संख्या :३५
.कुल सिरियस बिरामीको संख्या :२४
.आइसियुमा भएको बिरामीको संख्या :११

.२४ घन्टाको अवधिमा निको भएका बिरामी:२१५
.२४ घन्टाको अवधिमा डिस्चार्ज  भएका बिरामी :१६४
.पाँचौ लहरको संक्रमणबाट निको भएका कुल बिरामी :७३,६२५ जसमा डिस्चार्ज भएका बिरामीको संख्या :७३,२८०

तपाईको प्रतिक्रिया