९ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा आज ६० जना नयाँ कोरोना संक्रमित रोगी थपिने कुरा स्रोतले जनाएकोछ।

हिजो हङकङमा ४५ केस थपिएको थियोे जसमा ३ वटा आयातित र ४२ वटा स्थानीय केस थिए। हिजोको तथ्यांक अनुसार हङकङमा कोरोना संक्रमित कुल संख्या ९,१५३ पुगेकोछ। हिजो नै तीन वटा बिल्डिङलाई अनिवार्य कोरोना टेस्टमा जाने आदेश जारी गरिएको थियोे ।ती हुन- काइ चिङ स्टेटको युत चिङ हाउस , ताइ वाइ स्थित मेइ चुन स्टेटको मेइ साउ हाउस र याउ म तेइको २६ रिक्लेमेसन स्ट्रीट।

हङकङले क्रीसमस र नयाँ वर्षको खड्गोलाई त पार गर्‍यो तर अझै चीनिया नयाँ वर्ष नजीक आइरहेकोले संक्रमणले तिब्रता पाउने चिन्ता बढेको छ। हङकङका सबै जिल्लामा संक्रमितको संख्या उत्तिकै बढेको स्थिति छ। कतिपय पुष्ठि भएका केसहरु लक्षणहिन छ्न। कोरोना संक्रमणको कुनै लक्षण नै नदेखिएका कोरोना भाइरसको भाइरल लोड बोकेर हिडेका साइलेण्ट व्यक्तिबाट नै भुसको आगो जस्तो कोरोना सल्किएको स्थिति छ। हङकङ सरकारले पनि अहिले रोग निवारण तथा नियन्त्रण अध्यादेशको धारा ५९९ अन्तर्गत निश्चित बिल्डिङ र त्यसमा बस्ने मानीस, आगन्तुक ,कामदारलाई अनिवार्य कोरोना परिक्षणमा लगिरहेछ।

हङकङ सरकारले आउदो चीनिया नयाँ वर्षको छेको तिर जनसमुदायको निम्ति कोरोना खोप उपलब्ध गराउने सम्पूर्ण तयारी यही महिनाको मध्य तिर सक्ने भएकोछ।

तपाईको प्रतिक्रिया