अमेरिका। किरात याक्थुङ चुम्लुङ अमेरिकाले सदा झैं यसपालि   पनि वार्षिक  मौलिक पर्ब बलिहाङ तङनाम मनाएको छ। यो कार्यक्रम अक्टोबर २१ तारीख शुक्रबार साँझ  संयुक्त राष्ट्र संघका लागी नेपालको तर्फबाट नियुक्त  महामहिम राजदुत अमृत बहादुर राईको प्रमुख आतिथ्यतामा संपन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष  सुमन थम्सुहाङले गरेका थिए । बिशेष अतिथिमा एनआरएनका अध्यक्ष आङ्छिरिङ शेर्पा र फिप्नाका सभामुख सुवर्ण  कुमार शाक्य थिए ।

उक्त कार्यक्रमको अवसरमा किरात याक्थुङ चुम्लुङले एक दशक भन्दा लामो समयसम्म संस्थाको कानुनी  सल्लाहकार रहि सहयोग गरेकोमा कानुनी सल्लाहकार द्वय  दुर्गा सुब्बा र करम बहादुर योङ्हाङलाइ प्रमुख अतिथिको हातबाट दोसल्ला ओढ़ाई सम्मान गरिएको  थियो । आगामी दिनमा पनि वहाँहरूकों सल्लाह सुझाव पाउने अपेक्षा गरेकाछौं भन्छन्  चुम्लुङ अध्यक्ष  सुमन थाम्सुहाङ । संस्थाका महासचिव सुर्य लिङ्देनद्वारा संचालित उक्त कार्यक्रममा आजिवन सदस्यता पनि वितरण गरिएको थियो ।

कार्यक्रममा कलाकारहरूले मनोरञ्जन पनि दिलाएका थिए । आफ्नो प्रस्तुति दिने कलाकारहरु हुन -सोनिया लिम्बु, एलिशा लिम्बु ,भुपेन्द्र अधिकारी, साँगे शेर्पा, निमा शेर्पा, रिन्जि डॉल्मा शेर्पा । 

तपाईको प्रतिक्रिया