फेयर लन, न्यु जर्सी अमेरिका । न्यु जर्सीको फेयर लनस्थित मेमोरियल पार्कमा जुन ६ तारीखका दिन आयोजित नेपाल डे एनजे २०२६ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली संस्कृति, कला, परम्परा तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा न्यु जर्सीसहित न्यूयोर्क, पेन्सिल्भेनिया, डेलावेयर, म्यासाचुसेट्स, बाल्टिमोर तथा अन्य छिमेकी राज्यहरूबाट उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा फेयर लन बरोले जुन ६ लाई आधिकारिक रूपमा “नेपाल डे” को मान्यता प्रदान गरेको थियो। फेयर लन बरोले कार्यक्रमका लागि मञ्च, आवश्यक पूर्वाधार तथा अन्य सुविधाहरू उपलब्ध गराएको थियो।
कार्यक्रमको उदघाटन “फेयर लन गर्ल्स डान्स” समूहको आकर्षक सांस्कृतिक नृत्यबाट गरिएको थियो। उक्त प्रस्तुति स्वर्णिम राई, भूमिका राउत तथा समायरा श्रेष्ठले प्रस्तुत गरेका थिए, जसले दर्शकहरूको मन जित्न सफल भएको थियो।
नेपाल डे एनजे २०२६ लाई सफल बनाउन विभिन्न संघसंस्था, सञ्चारमाध्यम, व्यवसायी, कलाकार तथा स्वयंसेवकहरूको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ। कार्यक्रममा युनाइटेड किरात अर्गनाइजेसन अफ अमेरिका ( United Kirat Rai Organization of America), नेवा गुठी ( Newa Guthi), हामी नेपाली ग्लोबल (Hami Nepali Global), जीएनएन टिभी एन्ड न्युज (GNN TV & News) तथा हेल्लो अमेरिका (Hello America) लगायतका संस्थाहरूको सहभागिता रहेको थियो।
न्यूयोर्कस्थित खसोखास (Khasokhas) कार्यक्रमको आधिकारिक मिडिया पार्टनर रहेको थियो भने वाशिङ्टन डी.सी.स्थित इनेप्लिज.कम( Enepalese.com), न्यु जर्सी स्थित न्यु जर्सी नेपाली गतिविधि (New Jersey Nepali Gatividhi), नेपालिज्म.कम( Nepalism.com ) र एभरेस्ट एक्स ( EverestX ) तथा पेन्सिल्भेनिया स्थित समाज टाइम्स (Samaj Times( लगायतका सञ्चार माध्यमहरूले कार्यक्रमको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा न्यु जर्सी नेपाली समाज (New Jersey Nepali Samaj), ग्रेटर जर्सी नेपाली समाज ( Greater Jersey Nepali Samaj), वुमन फर कज (Women for Cause), आइएनएस न्युजर्सी (INAS NJ), आर्क फर नेपाल (ARC for Nepal) , मगर समाज न्युजर्सी (Magar Samaj NJ), फ्रेन्डस अफ नेपाल न्युजर्सी ( Friends of Nepal NJ) तथा एनआरएनए एनसिसि युएसए न्यु जर्सी च्याप्टर (NRNA NCC USA New Jersey Chapter) लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन प्लाटिनम स्पोन्सर ( Platinum Sponsors) अन्तर्गत खगेन्द्र जीसी र <span;>आर्क फर नेपाल<span;> ( ARC for Nepal) तथा गोल्ड स्पोन्सर (Gold Sponsors) अन्तर्गत राजेश श्रेष्ठ र ओंकार सिंहले विशेष सहयोग गरेका थिए। साथै सिल्बर र ब्रोन्ज स्पोन्सर (Silver, Bronze) तथा व्यक्तिगत दाताहरूको योगदानले कार्यक्रमलाई थप सशक्त बनाएको थियो।
९१ डिग्री फारेनहाइटसम्म पुगेको अत्यधिक गर्मीका बीच सहभागीहरूलाई चिसो पानी उपलब्ध गराउन हिमालयन फ्रेस वाटर ( Himalayan Fresh Water) ले सहयोग गरेको थियो। साथै मिलन के. शाही र राज कुँवरले थप पानी उपलब्ध गराएर कार्यक्रममा महत्वपूर्ण सहयोग पुर्याएका थिए।
नेपाल डे एनजे २०२६ को सफलतामा एनआरएनए न्युयोर्क च्याप्टर (NRNA New York Chapter),एनआरएनए पेन्सेल्विनिया च्याप्टर ( NRNA Pennsylvania Chapter), फेयर लन सनराइज रोटरी क्लब ( Fair Lawn Sunrise Rotary Club) तथा रोटरी क्लब अफ क्विन्स न्युयोर्क (Rotary Club of Queens, New York) को समेत महत्वपूर्ण योगदान रहेको थियो।
कार्यक्रममा नेपाली परिकार, कला, हस्तकला तथा परम्परागत पोशाकको प्रदर्शनी पनि गरिएको थियो। मिठो रेस्टुरेन्ट (Mitho Restaurant), हिमालय अन हाइट्स (Himalaya On Heights), स्पाइस हाउस रेस्टुरेन्ट (Spice House Restaurant) तथा अन्य खाद्य व्यवसायीहरूले नेपाली खानाका विभिन्न परिकारहरू उपलब्ध गराएका थिए।
सांगीतिक कार्यक्रमतर्फ चर्चित गायक कृष्ण काफ्ले र जेम्स प्रधानले विशेष प्रस्तुति दिएका थिए। त्यसैगरी नेवा गुठी ( Newa Guthi ) धिमे समु (Dhime Samuh), थारु, गुरुङ, मगर, राई तथा अन्य विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूले नेपालको सांस्कृतिक विविधतालाई झल्काउने प्रस्तुति दिएका थिए।
कार्यक्रम सञ्चालन नग्मा श्रेष्ठले गरेकी थिइन् भने डीजे जाङ्बु शेर्पाले सांगीतिक वातावरणलाई थप उत्साहपूर्ण बनाएका थिए। कार्यक्रमको फोटोग्राफी राजन काफ्लेले तथा भिडियो छायांकन सुरज गुरुङ (Kesu Production) ले गरेका थिए।
नेपाल डे न्यु जर्सीका अध्यक्ष राजेन्द्र (रे) श्रेष्ठको नेतृत्व तथा संयोजक सञ्जीव श्रेष्ठको समन्वयमा सम्पन्न कार्यक्रमको समग्र योजना, व्यवस्थापन तथा सञ्चालनमा नेपाल डे न्यु जर्सीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रभाकर राईले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै कृष्ण अधिकारी (अध्यक्ष, NRNA NJ Chapter), बिन्सन खड्का, रेनु अधिकारी, राज बी. अधिकारी तथा अन्य स्वयंसेवक र सहयोगीहरूको सक्रिय सहभागिता र अथक मेहनतले कार्यक्रमलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्याएको आयोजकले जनाएको छ।
अत्यधिक गर्मीका बाबजुद पनि कार्यक्रममा हजारौं नेपाली तथा नेपाली मूलका सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। आयोजकका अनुसार नेपाल डे एनजे २०२६ ले नेपाली समुदायबीच एकता, सहकार्य तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
नेपाल डे २०२६, कन्सुलेट जनरल अफ नेपाल न्युयोर्क (Consulate General of Nepal in New York), <span;>एनआरएनए एनसिसि युएसए न्यु जर्सी च्याप्टर(<span;> NRNA NCC USA, NRNA NJ Chapter) तथा न्यु जर्सीस्थित विभिन्न नेपाली संघसंस्थाहरूको सहयोग र सहकार्यमा नेपाल डे न्यु जर्सी (Nepal Day NJ ) द्वारा आयोजना गरिएको थियो।
कार्यक्रमका अध्यक्ष राजेन्द्र (रे) श्रेष्ठले नेपाल डे एनजे २०२६ लाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, प्रायोजक, कलाकार, सञ्चारकर्मी, स्वयंसेवक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ भव्य र प्रभावकारी रूपमा नेपाल डे आयोजना गरिने विश्वास व्यक्त गरेका थिए ।





