काठमाडौँ । गोविन्द केसीले राजा फाल्ने जनताले एकदिन अवश्य केपी ओलीलाई पनि फाल्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंको माइतीघरमा आयोजित विरोधसभामा बोल्दै डा केसीले सत्ताको उन्मादमा रहेको ओली सरकारलाई दण्डित गर्नु र संविधानको रक्षा गर्नु नेपाली जनताको कर्तव्य हो भने ।

संविधानले नदिएको अधिकार प्रयोग गरि संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ‘श्री ७’ महाराजको जस्तो भएको टिप्पणी गर्दै डा केसीले भने, ‘ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको छ । जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन्, ।’

प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभएकाले जनता सडकमा आउनुपर्ने डा. केसीको भनाइ थियो ।

 

तपाईको प्रतिक्रिया