क्रान्ति सुब्बा

हङकङ अब्जर्भेटरीले नोभेम्बर २ तारीख दिउँसो १:४० बजे नम्बर ८ टाइफुन सिग्नल जारी गरेको छ । र यो सिग्नल नोभेम्बर ३ तारीख बिहान २ बजे सम्म जारी रहनेछ । तुफान नाल्गाका कारण हङकङमा विस्तारै झरी वर्षा रातभर हुनेछ ।

नोभेम्बर २ तारीख बेलुकी ६ बजेको रिपोर्ट अनुसार यो टाइफुन हङकङ देखि करिब १२० किलोमीटर दक्षिण -दक्षिणपुर्व आइपुग्ने अनुमान गरिएको थियो । त्यसपछि करिब प्रति घन्टा १० किलोमीटरको रफ्तारमा यो तुफान उत्तरपश्चिम तर्फ बढ्नेछ भनिएको थियो , पर्ल नदिको पश्चिम मुखलाई भेट्ने हिसाबले ।

“ताजा पूर्वानुमान अनुसार,नाल्गा टाइफुन पहिलेको पूर्वानुमानको तुलनामा आज राति हङकङको नजिक पुग्ने छ र हङकङ देखि करिब १०० किलोमिटरको परिसर भित्र चक्कर मार्नेछ” वेधशालाको रिपोर्टमा भनिएको छ।

नोभेम्बर १ तारिख  बेलुका ५ बजेसम्मको पदचाप हेर्दा  नाल्गा हङकङको करिब ३५० किलोमिटर दक्षिण-दक्षिणपूर्वमा रहेको अनुमान गरिएको थियो र पश्चिमी ग्वाङ्डोङको तटको नजिक हुँदै १० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिम वा उत्तर-उत्तरपश्चिम सर्ने पूर्वानुमान गरिएको थियो ।

टाइफुन नाल्गा र उत्तरपूर्वी मनसुनको संयुक्त प्रभावका कारण स्थानीय वायुको चाप  सामान्यतया बलियो रहेको छ र उच्च भुभागमा आँधी नै चल्ने स्थिति थियो ।

नाल्गा बिस्तारै कमजोर हुँदै गए पनि मौसम बिभागका अनुसार कुन हदसम्मको कमजोर स्तरमा झर्छ यसै अनुसार टाइफुन सिग्नल नम्बर ८ भन्दा तल झारिने छ।

तपाईको प्रतिक्रिया