९ डिसेम्बर २०२१। हङकङ । क्रान्ति सुब्बा ।

हङकङको स्वास्थ बिभागले आज ५९ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएकोछ जस अन्तर्गत ६ आयातित र ५३ जना स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गतका ३३ जना नयाँ संक्रमित रोगीहरुमा पुराना रोगीबाट भाइरस सरेको पुष्ठि भएको छ भने २० जना नयाँ रोगीलाई कुन स्रोतबाट कोरोना सरेको हो पत्ता लाग्न सकेन। हङकङमा कुल कोरोना संक्रमित संख्या ९,२१२ पुगेको छ। आज संक्रमित हुनेमा ३ महिना देखि ८० वर्ष भित्रका २६ जना पुरुष र ३३ जना महिला परेकाछ्न।

६ आयातित केस अन्तर्गत तीन जना पाकिस्तानबाट आउने यात्रु ,१ जना रशियाबाट आएका, १ जना फिलिपिन्स र १ जना इन्डोनेसियाबाट आएका परेका छ्न।

मा थाउ कोकमा परिचालन भैरहेको सेन्ट्रल काउलुन रुट अन्तर्गतको सेन्ट्रल टनल कन्स्ट्रक्सन साइटबाट ६ जना कोरोना संक्रमित आज थपिने लिस्टमा परेकाछ्न। जनवरी ३ र ९ तारीख यो कन्स्ट्रक्सन साइटमा उपस्थित भएका सबैले अनिवार्य कोरोना परिक्षणमा जानुपर्ने भएकोछ। यातायात बिभागबाट पनि हिजो एक जना पोजिटिभ हुने मानिस थपिएका छ्न। यो क्षेत्रबाट संक्रमित संख्या ७ पुगेकोछ।

योहो मल दोस्रो , सन युन लङ सेन्टरको ब्लक ३ बाट ५ जना संक्रमित भएपछि उक्त ब्लक निवासी सबै अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने भएकोछ।

चुन मुनमा पर्ने सान किङ स्टेटको किङ लाई हाउसबाट आज ३ वटा केस आएकोले यो बिल्डिङ निवासी पनि अनिवार्य कोरोना परिक्षणमा जाने भएकाछ।

तपाईको प्रतिक्रिया