-क्रान्ति सुब्बा । हङकङ ।

नयाँ सोधकार्यले सुझाए अनुसार फाइजर कोभिड -१९ भ्याक्सिन बेलायत र साउथ अफ्रिकामा देखा परेका उच्च संक्रमण क्षमता बोकेको कोरोना भाइरसको नयाँ म्युटेसन प्रजातीलाई समेत तह लाउन सक्षम हुनेछ।

अध्ययन प्रारम्भिक चरण मै भएका कारण मोडेर्ना र अस्ट्राजेनेकाद्वारा प्रयोगमा ल्याइएको भ्याक्सिनले नयाँ म्युटेसनलाई कसरी व्यवस्थापन गर्छ हेर्न बाकी छ।

भाइरसको म्युटेसनलाइ नजिकबाट नियालिरहेका पेन्सिल्भेनिया युनिभर्सिटीका प्रोफेसर डाक्टर फ्रेडरिक बुशमेन भन्छ्न – ” यो भ्याक्सिनले भाइरसको नयाँ स्ट्रेनप्रति काम नगर्ने कुनै कारण छैन ।”

अस्ट्राजेनेका र मोडेर्नाको भ्याक्सिनले पनि अब फाइजर भ्याक्सिनले झै नयाँ कोरोना भाइरसको स्ट्रेनलाइ परिक्षण गर्दैछ र परिणाम उस्तै आउने कुरामा बुशमेन ढुक्क छ्न।

किनकी सबै भ्याक्सिनले ग्रहणकर्ताको शरिरमा रोग प्रतिरोधक तत्व एन्टिबडी नै उत्पादन गर्न उत्प्रेरित गर्ने हो जसले भाइरस वरिपरि रहेको प्रोटिन निर्मित किलालाइ निस्तेज पार्दछ।

अध्ययनले कोरोनाभाइरसको स्पाइक प्रोटिनमा एउटा परिवर्तन आएको देखाएकोछ जुन परिवर्तनलाई N501Y भनिन्छ । बेलायती र अफ्रिकी दुबै भाइरसका नयाँ नश्लमा यही परिवर्तन देखिएको हो जुन म्युटेसन नै द्रुतगतिमा संक्रमण हुनमा जिम्मेवार भएको कुरामा विस्वास गरिएकोछ।

टेक्सास युनिभर्सिटीका मेडिकल शाखा र फाइजरका अनुसन्धानकर्ता मिलेर फाइजर भ्याक्सिन लिएका २० जनाको रगतलाइ ल्यावमा परिक्षण गर्दा सबैको एण्टिबडिले भाइरसको नयाँ शिरालाइ निस्तेज पारेको थियो ।

फाइजरका वैज्ञानिक डाक्टर फिलिप डोर्मीजरले भ्याक्सिनको क्षमताबारे आशावादी हुदै भने ” यो नयाँ म्युटेसनले जनमानसमा ठूलो त्रास सिर्जना गरेको थियोे तर अहिलेको खोजले हाम्रो चिन्तालाई दुर गरिदिएकोछ।”

स्मरणीय के छ भने एक व्यक्तिबाट अर्कोमा सर्ने साथ भाइरसको स्वरुपमा केही न केही परिवर्तन निरन्तर भैनैरहन्छ। त्यसैले संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरसको यो नयाँ भेरिएन्ट धेरै ज्याद्रो भएको कुरा वकलेकाछ्न। अमेरिकामा मात्र जनवरीको अन्तसम्ममा थप ६५ हजार मानिसको ज्यान कोरोना भाइरसले लिने कुरा विशेषज्ञले गर्न थालेकाछन।

तपाईको प्रतिक्रिया