काठमाडौँ : गायक कर्म धोज लामा र जितु लोप्चनको स्वरमा रहेको ‘मद्रासी हिरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भएको सो गीत तथा भिडियो निकै राम्रो भएको छ भने ‘मद्रासी हिरो’ को गीत तथा भिडियो हेर्दा कुनै चलचित्र हेरेको अथवा कुनै चलचित्रको ट्रेलर हेरेको आभाष हुन्छ । निकै दमदार बनेको उक्त भिडियोलाई तमाङ्ग समुदायले मात्र नभई सम्पूर्ण दर्शकहरुले रुचाएको देखिन्छ । गीतमा संगीत तथा शब्द शुसिल तमाङ्गको रहेको र संगीत संयोजन जोगलाल लामाको रहेको छ ।

मद्रासी हिरोमा नायक हेरुका लामा र अनिता गोलेको दमदार इन्ट्री संगै दमदार अभिनय तथा नृत्य हेर्न सकिन्छ भने अजय कुमार रंजितकारले पनि साथ दिएका छन् । उक्त भिडियो कुनै एक्सन चलचित्र भन्दा कम देखिदैन। निकै मेहनत र निकै ठुलो लगानी गरिएको देखिन्छ । मद्रासी हिरोमा बज्र न्युको छायाँकन तथा संपादन रहेको रहेको छ । फरक ढंगबाट प्रस्तुत गरिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा अनिता गोले र हेरुका लामाको फिचरिङ रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया