१० जनवरी २०२१

उडेको केही मिनेटमा नै इन्डोनेसियन हवाईजहाज बोइङ ७३७-५०० दुर्घटनाग्रस्त भै जाभा सागरमा खसेको थियो । सनिवार दिउँसो सुकार्नो हत्ता अन्तर्राष्ट्रिय विमान स्थल जाकर्ताबाट ५० जना यात्रु १२ जहाजका कामदार बोकेर हिडेको स्रीविजाया एयर जेट जहाजले उडेको चार मिनेटमा रयाडरसंग संपर्क गुमाएको थियोे ।

आइतबार घटनाग्रस्त जहाजको केहि संकेतजनित बस्तुहरु नेभी डाइभरहरुले भेटाएको कुरा बताएकाछ्न। जहाजको ब्लाक बकस पनि खुट्याउन सकिएको कुरा इन्डोनेसिया उद्वार र खोज टोलिले बताएको छ।

जहाजको पाङ्ग्रा, दुइटा झोला र अन्य जहाज संग संबंधित बस्तुहरु भेटिएको छ।

घटना स्थलबाट मानव शरीरका अंग तथा जहाजका टुक्राहरु भेटिएकाछ्न।

तपाईको प्रतिक्रिया