काठमाडौं । चर्चित अभिनेता आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनयमा रहेको ‘मुनामदन–२’ गीतको भिडियो सार्वजनिक भएको छ । सो गीतमा गायक जनक विवश न्यौपाने र गायिका रचना रिमालको स्वर गीतमा रहेको छ छ । जनक विवश न्यौपानेको शब्द तथा संगीत गीतमा रहेको छ । राजु कार्कीले एरेन्ज गरेको उक्त गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको दमदार अभिनय रहेको छ ।गीतमा प्रेमील जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ ।

उत्सव दाहालको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । अभि वाग्ले गीतमा कोरियोग्राफी गरेका छन ।गीतलाई मनोज कार्कीले प्रस्तुत गरेका हुन ।

‘मुनामदन–२’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया