अस्पतालमा मृत्यु पुर्वको दृश्य हेर्न माथिको भिडियो हेर्नुस्

धरान । धरान१३ काे जनजागृति महिला समुहका महिलाहरूले साेहि ठाउँ बस्ने वषे ४२ कि उषा राईमाथी कुटपिट गर्दा  मंगलबार  उनकाे मृत्यु भएकाे छ । आफ्नो  श्रीमानसंग लागेकाे आराेपमा नीज  महिला माथि गाउँका महिलाहरू भेला पारी राई कै दाेकानमा गएर मरणासन्न हुने गरि कुटपिट गरेका थिए ।

कुटपिट पछि विपि अस्पतालमा उपचार गदै आएकी उषाकाे  मंगलवार दिउसाे २:३० बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । कुटपिट गर्ने  मुख्य अभियुक्त धरान १३ बस्ने गाेविन्द राईकी श्रीमति उर्मिला राई लगायत,साेहि ठाउँ वस्ने कमला राई, रत्न लिम्बू,सिजेना राई, मिना राई लगायत १५ जना जनजागृति महिला समुहका पदाधिकारिहरू फरार भएकाे कुरा धरान थानाका डिएसपी वुद्व श्रेष्ठले बताए ।

मृतक उषा राइ

३ बर्ष अघि श्रीमानकाे मृत्यु भई दुई छाेरीहरू पालेर एकल जीवन बिताउदै आएकी उषाले सानाेे टेलर खाेलेर लुगा सिलाउने काम गदै आएकी थिईन । उनकाे पनि मृत्यु भए पछि दुई छाेरीहरूकाे टुहुरा बन्न पुगेका छन । 

उषा माथी भएकाे याे अमानवीय ज्यादती गर्ने महिला समूहलाई पक्रेर  कार्वाही नचलाउन्जेल सम्म अस्पतालमा भएकाे लास नवुझ्ने कुरा मृतकका परिवारजनले बताएका छन ।

कुटपिट गर्नेको विरुद्धमा परेको जाहेरी
उषाकि दुई छोरी
कान्छी छोरी

याे घटना सुनेर ईलाका प्रहरी थाना धरान पुगेकि राष्ट्रिय  स्वतन्त्र पार्टीकी  नेतृ गाेमा तामाङ याे घटनाले आमा समुहहरू कै बेइज्जत भन्दै अभियुक्तहरूलाई अविलम्व पक्राउ गरि कडा कार्वाही गर्न आफुले प्रहरीहरूलाई आग्रह गरेको बताईन ।

घटनाको विवरण तल भिडियोमा हेर्नुस्

तपाईको प्रतिक्रिया