हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आजको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ३१ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसभित्र ३ आयातित २८ स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये १९ केसको सम्बन्ध पुर्व केस संग रहेको पाइयो भने ९ केसको स्रोत खुल्न नसकेको अवस्था रह्यो । हङकङमा कुल कोरोना केस ९,२४३ पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा ७ देखि ८१ वर्षका २० जना पुरुष र ११ जना महिला परेकाछ्न। आज ३० प्रारम्भिक पोजेटिभ केस देखा परेकाछ्न।

३ आयातित केसमा टर्की , जर्मनी/ जापान र ब्राजिलबाट आएका क्याबिन क्रीउका सदस्य परेकाछ्न।

सेन्ट्रल काउलून रुटको सेन्ट्रल टनलबाट ६ वटा केस आएकाछ्न। यो समुहबाट संक्रमित संख्या ७ पुगेकोछ।

हङकङ एन्ड काउलुन फेरिका एक क्याप्टेनमा पनि कोरोना पोजेटिभ देखिएकोछ । ती क्याप्टेनले सेन्ट्रल देखि लाम्मा द्विप जाने जहाज चलाउदथे । पेङ चाउ , चुन वान देखि विमान स्थलको रनवे सम्म जाने जहाज पनि चलाउदथे । संगै बसेर खाना खादा भाइरस सरेको ठहर छ।फिलहाल सो पानीजहाजलाइ डिसइन्फेक गर्ने कार्यमा लगिएकोछ। क्याप्टेनको संपर्कमा रहेका ३ जना नाविकमा पनि प्रारम्भिक पोजिटिभ देखिएकोछ। फेरि सेवाका सय भन्दा बढी कर्मचारीलाई भाइरस टेस्टिङको लागि अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया