क्रान्ति सुब्बा

हङकङ सरकारले डिसेम्बर २० तारिखको प्रेस मिटिङ मार्फत डिसेम्बर २२ तारिख विहिवारदेखि लागू हुनेगरी सामाजिक दुरि सम्बन्धी नियमलाइ नरम तुल्याएको छ। नरम पारिएका नियमहरु निम्न बमोजिम छ्न।
. बार, भोज अथवा लोकल टुर ग्रुपमा संलग्न हुनु अघि कोभिड नेगेटिभ भएको प्रमाण देखाउनु पर्ने नियम खारेज भएकोछ।
. भोज भतेरमा २४० जना भन्दा बढी उपस्थित हुन नपाइने हालको नियम खारेज हुनेछ र जति जना पनि उपस्थित हुन सकिनेछ।
.मानिसहरुले मनोरन्जन स्थल जस्तै माजोङ रुम,टिएन गो रुम, स्पोर्ट भेन्यु आदिको बाहिरी एरियामा बसेर खान पिउन सक्नेछन ।
.सिनेमा हल तथा पर्फर्मिङ भेन्युहरुले आफ्नो पुर्ण सिट क्षमतालाई संचालनमा ल्याउन सक्नेछ्न।

सरकारले भ्याक्सिन पास, बाहिरी एरियामा १२ जना सम्म मात्र भेला हुन पाइने र अनिवार्य मास्क लगाउनु पर्ने नियमलाइ भने हटाएको छैन।

हङकङ सरकारको स्वास्थ्य विभागका प्रिन्सिपल मेडिकल एण्ड हेल्थ अफिसर (इपिडिमियोलोजी), डा. अल्बर्ट औ का-विङले गत हप्ता हङकङमा पुष्टि भएका केसहरूको संख्या बढ्दै गएको  बताए  र प्रति दिन औसत १५,६१० नयाँ पुष्टि केसहरू आएको तथा  अघिल्लो हप्ताको तुलनामा १२% ले केसमा वृद्धि आएको जानकारी दिए।   गत साता सङ्क्रमितको संख्याले १४ हजार नाघेको थियो। विगत दुई हप्तामा केस संख्या १४ हजारदेखि १५ हजारको सेरोफेरोमा रहेकोले महामारीको अवस्था स्थिर रहेको निष्कर्ष स्वास्थ्य बिभागले निकालेकोछ।


डिसेम्बर  २० तारीख मङ्गलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १४,९८२
.स्थानीय केस संख्या : १४,११२
.पिसिआरबाट पुष्टि केस संख्या : २,११० (१,३५५ वटा पुष्टि केस ,१,०१६ वटा लक्षणहिन केस र ३३९ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ११,४०२

.आयातित केस संख्या : ८७० जना
.पिसिआरबाट पत्ता लागेको  केस : ७५४ जना ( १४० वटा पुष्टि केस,५२० वटा लक्षणहिन केस र ९४ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ११६
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: ५६०
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: २०८
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : १०२

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या :१,११८,८६१
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: १,२६६,४२४

.हङकङ स्वास्थ बिभागले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले डिसेम्बर २० तारीख  सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : २२६ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ८ वटा
.बिए.४.६ (BA.4.6) : ७ वटा
.बिएफ.७ (BF.7): १३ वटा
.बिक्यु.१.१(BQ.1.1) : ३८ वटा

.स्थानीय स्तरमा भेरिएन्टको स्थिति
..एक्सबिबी(XBB) बाट संक्रमित संख्या : १४४
.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित संख्या : १८ वटा .बिए.७५.२ बाट संक्रमित संख्या : १
.बिएफ.७ : १०
.बिक्यु.१.१ बाट संक्रमित  संख्या : १६९ वटा 

. ११ डिसेम्बर देखि १७ तारीख डिसेम्बर  बीचमा आएका लोकल केसमा ० प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ५३.०२ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३३
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि २० डिसेम्बर २०२२ सम्ममा ) : ११,०३० जना । जसमध्ये १०,९२९ जनाको मृत्यु अस्पतालमा भएको अस्पताल प्राधिकरणले रिपोर्ट गरेको थियो भने ९७ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ४ जनाको मृत्यु प्राइभेट अस्पतालमा भएको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :११,२४३

तपाईको प्रतिक्रिया