११ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ४१ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसभित्र ३ आयातित ३८ स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये २७ केसको सम्बन्ध पुर्व केस संग रहेको पाइयो भने ११ केसको स्रोत खुल्न नसकेको अवस्था रह्यो । हङकङमा कुल कोरोना केस ९,२८४ पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा ३ देखि ७६ वर्षका २१ जना पुरुष र २० जना महिला परेकाछ्न। आज ४० प्रारम्भिक पोजेटिभ केस देखा परेकाछ्न।

आयातित ३ केसमा अमेरिकाबाट स्वदेश फर्किएका २ जना र फिलिपिन्सबाट आएका एकजना परेकाछ्न।

चुङ क्वान ओ लाम तीन टनल कन्स्ट्रक्सन साइटमा काम गर्ने कामदारको घनिष्ठ संसर्गमा आएको एक जनालाई आज पोजिटिभ भएकोछ। सेन्ट्रल काउलुन रुट- सेन्ट्रल टनल क्लस्टरबाट एकजना कामदार र एकजना क्लोज कन्ट्याक्ट्मा रहेको मानिसमा पोजिटिभ देखिएकोछ। यो समुहबाट संक्रमण हुनेको संख्या ८ जना कामदार र एकजना क्लोज कन्ट्याक्ट्मा रहेको व्यक्ति समेत गरेर ९ पुगेकोछ।

आज थप तीन वटा बिल्डिङलाई अनिवार्य कोरोना परिक्षणमा जाने आदेश जारी गरिएकोछ। ती हुन १. किङ ताउ हाउस ,किङ लाम स्टेट, चुङ क्वान ओ २.ब्लक १२, कित यात हाउस,यात तुङ स्टेट (दोस्रो ), तुङ चुङ  ३. टावर -७ , फेज – २, मेट्रो हार्बर भिउ , ताइ कोक चुइ ।

सिन तात प्लाजा,सिन्सियर बिल्डिङ, ८३ आर्गिल स्ट्रीट, मङ कोकको एउटा मोबाइल रिपेयर सेन्टरका एक जनालाई पनि कोरोना पोजिटिभ भएकोछ आज। यो प्लाजाबाट जम्मा चार जना आज संक्रमित सुचीमा परेकाछ्न।

तपाईको प्रतिक्रिया