क्रान्ति सुब्बा

  हङकङ सरकारले डिसेम्बर २८ तारीख  दिउँसो ३:३० बजे एन्टी-एपिडेमिक कमाण्ड र समन्वय समूहको पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

कार्यकारी प्रमुख जोन लीले संक्रमित जनको निकट सम्पर्क सुचीमा परेकाहरुले क्वारेन्टाइन बस्नुपर्ने विद्यमान आदेश खारेज गरिनेछ भनेका थिए । यसका अलावा निर्धारित परिसरहरूमा प्रवेश गर्दा भ्याक्सिन पास अनिवार्य देखाउनु पर्ने नियम पनि  खारेज गरिनेछ तर वृद्ध र बालबालिकाहरूको निम्ति  कोभिड-१९ विरुद्धको खोप लगाउनु पर्ने अभियानलाई भने जारी राखिनेछ उनले भने ।

डिसेम्बर २९ तारीखदेखि लागु हुनेगरी हङकङ सरकारले जनजीवनलाई सामान्य तुल्याउन ल्याएको संशोधन सहितको नयाँ महामारी  नियन्त्रण मापदण्डहरु समेटिएको प्रेस विज्ञप्तिको मुल पाठ यस्तो छ।

क्लोज कन्ट्याक्टको परिभाषालाई हटाइने र क्वारेन्टाइन आदेश जारी गर्न बन्द गरिने


हङकङमा महामारी छाएको तीन वर्षपछि विशेषगरी महामारीको पाँचौँ लहरको समयमा खोप र संक्रमण दरमा भएको वृद्धिका कारण कोभिड–१९ विरुद्ध सामुदायिक रोग प्रतिरोधात्मक क्षमता निकै उच्च स्तरमा पुगेको छ । स्वास्थ्य सेवा प्रणालीको रोकथाम र उपचार क्षमतामा उल्लेख्य वृद्धि भएपछि कोभिड–१९ ले स्थानीय जनस्वास्थ्यमा निम्त्याएको जोखिममा पनि  परिवर्तन आएको छ ।
 समुदायमा देखापरेको संक्रमित केसको ठुलो संख्याले संक्रमितको संसर्गमा रहेका मानिसलाई एकातिर  खुट्याउन गाह्रो पार्दछ भने अर्कोतिर महामारी विरोधी अभियान अन्तर्गत जारी क्वारेन्टाइन आदेशहरूको सामाजिक लागतलाई पनि बढाउँदछ।
सामाजिक र आर्थिक गतिविधिहरूलाई थप सुचारु गर्न र नागरिकहरूको सामान्य जीवनलाई पुनःस्थापना गर्न सरकारले संक्रमितको नजिकको सम्पर्क (संक्रमित व्यक्तिहरूसँग बस्ने परिवारका सदस्यहरू सहित) मा रहेका व्यक्तिका लागि क्वारेन्टाइनको व्यवस्था नगर्ने  र क्लोज कन्ट्याक्टको प्रावधानलाई हटाउने साथै क्लोज कन्ट्याक्टहरूलाई क्वारेन्टाइन आदेश जारी नगर्ने निर्णय गरेको छ। अर्को शब्दमा भन्ने हो भने, संक्रमित व्यक्तिका परिवारका सदस्यहरूलाई अनिवार्य क्वारेन्टाइनमा जानुपर्ने र अनिवार्य परीक्षण गर्नुपर्ने नियमको लागु हुने छैन र उनीहरू आफ्नो इच्छाअनुसार जतासुकै जान सक्नेछन्। 

तर डिपार्टमेन्ट अफ हेल्थ (डीएच) ले संक्रमणको जोखिमलाई कम गर्न क्लोज कन्ट्याक्टमा परेकालाई सान्दर्भिक स्वास्थ्य सल्लाह प्रदान गर्ने कार्यलाई भने जारी राख्नेछ । जसमा उनीहरूलाई स्वैच्छिक रूपमा पाँचौं दिनसम्म दैनिक रूपमा र्यापिड एन्टिजेन परीक्षण (आरएटी) गर्न र आफ्नो स्वास्थ्य अवस्थालाई स्व निगरानीमा राख्न सल्लाह दिइनेछ । संक्रमित परिवारका सदस्यले परीक्षण गरेको दिन वा नमूना संकलन गरेको   दिनलाई दिन-१ को रूपमा गणना गरिन्छ। यदि त्यस्तो परीक्षण गरेको वा नमूना संकलन गरेको रेकर्ड छैन भने संक्रमित परिवारका सदस्यको परीक्षण परिणाम पोजेटिभ आएको दिनलाई दिन -१ को रूपमा गणना गरिन्छ।

यसैबीच, स्वास्थ्य अधिकारीले यसअघि जारी गरिएको क्वारेन्टाइन आदेश रद्द गर्नेछन्। अर्को शब्दमा भन्ने हो भने, हाल आफ्नो निवास स्थान वा क्वारेन्टिनमा रहेकाहरूले डिसेम्बर २९ देखि आफ्नो क्वारेन्टाइनलाई जारी राख्नुपर्ने छैन। सरकारले क्वारेन्टिनमा बसिरहेकाहरुलाई व्यवस्थित रुपमा प्रस्थान गर्ने व्यवस्था मिलाउने छ र सम्बन्धित क्वारेन्टाइन खारेजीको  सूचनालाई राजपत्रमा अंकित गर्नेछ ।
 उपर्युक्त समायोजनलाई ध्यानमा राख्दै, सरकारले २९ डिसेम्बरदेखि क्लोज कन्ट्याक्ट अर्थात घनिष्ठ संसर्गमा रहेकाहरूलाई महामारी विरोधी किटहरूको वितरण गर्ने छैन र यस दिन उप्रान्त सरकारी कार्यालयका वरिष्ठ अधिकारीहरू र कर्मचारीहरूको संक्रमण स्थिति सार्बजनिक गरिने छैन ।

सरकारका एक प्रवक्ताले संक्रमित व्यक्तिका लागि विद्यमान आइसोलेशन व्यवस्था तत्कालका लागि यथावत रहेको र सरकारले उनीहरूलाई महामारी विरोधी किट वितरण जारी राख्ने कुरामा जोड दिए। सरकारले स्थानीय महामारी विकासलाई नजिकबाट अनुगमन गर्नेछ । विश्वका विभिन्न स्थानमा कोभिड-१९ बाट संक्रमित व्यक्तिहरू विशेषगरी लक्षण नदेखिएका संक्रमित व्यक्तिहरूका हकमा के कस्ता नविनतम  आइसोलेसन प्रबन्धलाई अभ्यासमा ल्याइएको छ त्यसलाई हङकङमा यथासमयभित्र लागु गरिनेछ ।

भ्याक्सिन पासको खारेजी

भ्याक्सिन पास लागु गरिए पश्चात यसले प्रभावकारी रूपमा नागरिकहरूलाई खोप लगाउन प्रोत्साहित गरेको छ र खोपको दर पनि बढाएको छ। दोस्रो र तेस्रो मात्राको खोप दर यस वर्षको फेब्रुअरीको अन्त्यमा ७१ प्रतिशत र २३ प्रतिशत थियोे भने अहिले त्यो खोप दर बढेर क्रमशः ९३ प्रतिशत र ८३ प्रतिशत पुगेको छ। फलस्वरूप  हङकङमा बलियो रोग प्रतिरोधात्मक क्षमता निर्माण भएको छ । 
तेस्रो मात्राको खोप दर साथै तीन डोज खोप प्राप्त गरे बराबरको प्रभावकारी खोप दरलाई हेर्दा खोप दर ९४ प्रतिशत पुगेको निष्कर्ष निकाल्दै सरकारले रोग रोकथाम तथा नियन्त्रण (भ्याक्सिन पास) रेगुलेशन (क्याप ५९९एल) अन्तर्गत वैधानिक भ्याक्सिन पासको आवश्यकता लाई हटाउनेछ, जसमा हाल भित्रिने यात्रीहरूको लागि लागू अस्थायी भ्याक्सिन पासको व्यवस्था पनि समावेश छ।
सरकारी प्रवक्ताले कोभिड खोप गम्भीर बिरामी र संक्रमणबाट हुने मृत्युलाई रोक्न अत्यधिक प्रभावकारी रहेको बताए । खोपको उपयुक्त मात्रा नपाएका नागरिकहरू, विशेष गरी वृद्धवृद्धा र बालबालिका जस्ता उच्च जोखिममा रहेका व्यक्तिहरूलाई यथाशीघ्र खोप लगाउन सरकारले निरन्तर प्रोत्साहन र सुविधा प्रदान गर्ने कार्य  जारी राख्नेछ।

मास्क लगाउनुपर्ने नियम बाहेक अन्य सामाजिक दूरी सम्बन्धी नियम खारेज

जनसमुदायको स्वास्थ्य रक्षार्थ सरकारले सामाजिक दूरीका उपायहरू उपयुक्त रूपमा समायोजन गर्दै   सामाजिक र आर्थिक आवश्यकताहरूलाई सन्तुलित गर्ने प्रयास गरिरहेको छ फलतः नागरिकहरूको दैनिक जीवन व्यवस्थित रूपमा सामान्य हुन सकोस्।

पछिल्लो समयमा विकसित महामारीको विकास र दैनिक जीवन पुन: सामान्य रूपमा फर्कनु पर्छ भन्ने नागरिकको आकांक्षालाई ध्यानमा राख्दै, डिसेम्बर २९ देखि सरकारले मास्क लगाउने नियम बाहेक अन्य सबै सामाजिक दूरीका नियमहरु हटाउनेछ। जसमा रोग रोकथाम तथा नियन्त्रण (सर्त तथा निर्देशिका) (व्यवसाय तथा परिसर) विनियमन (दफा ५९९ एफ) अन्तर्गत रहेका  खानपान व्यवसायसंग संबंधित परिसर र अनुसूचित परिसरको संचालनको सम्बन्धमा लागु गरिएका प्रतिबन्ध र लागु भएका सम्पूर्ण निति नियमहरु  खारेज गरिनेछ । (उदाहरणको लागि एउटा समूहमा बस्न  अनुमति दिइएको व्यक्तिहरुको अधिकतम संख्या,  समूहहरुले एक आपस कायम राख्नुपर्ने दुरि, बन्द अवस्थामा रहेका फेसिलिटी सेन्टरहरु जस्तै स्टिम र साउना फेसिलिटीहरु, नियमन सुचीमा परेका परिसरका कर्मचारीहरूले एन्टिजेन टेस्ट गर्नुपर्ने नियम आदि ) र  रोग रोकथाम तथा नियन्त्रण (निषेधित भेला ) विनियम (दफा ५९९ जी) अन्तर्गत सार्वजनिक स्थानहरूमा सामूहिक जमघट हुने सम्बन्धमा लागेको प्रतिबन्ध।

तथापि हालको विद्यमान परिस्थितिमा सरकारले रोग रोकथाम तथा नियन्त्रण (मास्क लगाउनुपर्ने ) विनियम (क्याप ५९९ आई) अन्तर्गत अनिवार्य मास्क लगाउनुपर्ने  नियम कायम राख्नेछ। यसको अर्थ नागरिकहरूले हाल प्रचलित नियम अनुसार सार्वजनिक यातायातमा सवार हुँदा, निर्दिष्ट सार्वजनिक स्थानहरूमा र क्याटरिङ व्यवसाय परिसर र क्याप ५९९एफ अन्तर्गत अनुसूचित गरिएको परिसरमा हुँदा अनिवार्य मास्क लगाउने कार्य जारी  राख्न आवश्यक छ।
विद्यमान नियम अनुसार यदि कुनै पनि व्यक्ति कन्ट्री पार्क अध्यादेश धारा २( उपधारा २०८ )ले परिभाषित गरेका बिशेष स्थान तथा कन्ट्री पार्कभित्र रहेका  सार्वजनिक स्थानहरुमा मास्क नलगाउन अनुमति दिइएको छ । क्याटरिङ व्यवसायसँग सम्बन्धित परिसर र अनुसूचित परिसरमा मास्क लगाउनु पर्ने आवश्यकता कस्तो अवस्थामा पर्छ भन्ने बारे विवरण अनुसूचीमा उल्लेख गरिएको छ। सरकारले समय-समयमा सम्बन्धित आवश्यकताहरूको पुनरावलोकन गर्नेछ र नवीनतम समायोजनहरूलाई समयमै घोषणा गर्नेछ।

मास्क लगाउनाले श्वासप्रश्वाससम्बन्धी विभिन्न भाइरसको संक्रमणबाट प्रभावकारी ढंगले आफुलाइ र अरुलाइ बचाउन सकिन्छ । विशेष गरी हङकङले जाडो याममा आउने इन्फ्लुएन्जाको लहरलाई पनि सामना गरिरहेको यो स्थितिमा नागरिकहरूलाई कोभिड-१९ र इन्फ्लुएन्जाको दोहोरो संक्रमणबाट बचाउन आवश्यक छ परिणामस्वरूप अवस्था झन गम्भीर हुन नपावस। मास्क लगाउनाले हङकङको स्वास्थ्य सेवा प्रणालीलाई सुरक्षित राख्न पनि मद्दत पुग्नेछ।

परीक्षण व्यवस्था बढाउने र लक्षित समूहलाई सुरक्षा प्रदान गर्ने

सरकारले लक्षित वर्गको सुरक्षाका लागि निरन्तर प्रयास जारी राख्नेछ । सार्वजनिक अस्पतालका बिरामीका अतिरिक्त आवासीय हेरचाह गृह र विद्यालयहरूमा रहेका व्यक्तिहरूको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ ताकि भाइरस संक्रमणका कारण उनीहरूको स्वास्थ्य जोखिम कम गर्न सकियोस्।

आवासीय हेरचाह गृहको हकमा हाल प्रचलित विभिन्न परीक्षण प्रणालीको अभ्यासलाई कायम राखिनेछ। रेसिडेन्सिएल केयर होम फर एल्डरली (नर्सिङ होम) र रेसिडेन्सिएल केयर होम फर पर्सन्स वीद डिसेबिलिटिज   (अपांग आश्रम ) का सबै कर्मचारीसदस्यहरूले तत स्थानका बासिन्दाहरूको सुरक्षाको लागि दैनिक  दिनमा आरएटी टेस्ट र प्रत्येक दुई दिनमा न्यूक्लिक एसिड परीक्षण गर्न आवश्यक छ।

शिक्षा ब्युरोले विद्यालयहरूमा खोपको स्थितिलाई मूल्यांकन गरि एन्टिजेन टेस्ट प्रणालीमा के कस्तो सुधार ल्याउन सकिन्छ पुनरावलोकन गर्नेछ साथै यस बारेमा  विद्यालयहरूसँग छलफल गर्नेछ र स्वास्थ्य सुरक्षा केन्द्रसँग सल्लाह लिनेछ।
सरकारले आवासीय भवनका लागि दैनिक अनिवार्य परीक्षण सूचना जारी गर्ने कार्य स्थगन गर्ने भएको छ । यद्यपि शहरका विभिन्न जिल्लाहरूमा रहेका  लगभग ८० थान सामुदायिक परीक्षण केन्द्रहरू र स्टेशनहरू (सीटीसी / सीटीएस) संचालनमा रहनेछन् जहाँ जनताले  न्यूक्लिक एसिड परीक्षण सेवाहरू निरन्तर प्राप्त गर्नेछन् । ती केन्द्रहरुमा स्वैच्छिक परीक्षण गर्न चाहनेले नि: शुल्क न्यूक्लिक एसिड परीक्षण सेवा प्राप्त गर्नसक्ने छ्न।साथै बिदेश यात्रा आदि उदेश्यका लागि मुल्य तिरेर परिक्षण पनि गर्न सक्नेछन् ।

स्थानीय स्वास्थ्य सेवालाई  कायम राख्ने

सरकारले स्थानीय स्वास्थ्य सेवा प्रणाली र स्रोत साधनको बचाउ गर्ने हरसम्भव प्रयास गर्नेछ । चिकित्सा सेवा र औषधि उपलब्ध गराउने कुरामा हङकङका वासिन्दालाई प्राथमिकता दिइनेछ। अस्पताल प्राधिकरण (एचए) ले संसाधनहरूको उपयोग कुसल ढंगले भएको सुनिश्चित गर्न र आफ्नो ह्यान्डलिङ क्षमतालाई थप सुधार गर्न इमर्जेन्सी रेस्पोन्स र मेडिकल सिस्टमलाई सुदृढ गर्ने कार्य  जारी राख्नेछ। योग्यता पुगेका संक्रमित व्यक्तिहरूले चिकित्सा सेवाहरू र औषधिहरू प्राप्त गर्ने मामिलामा अग्र स्थान प्राप्त गर्ने छ्न।

आजदेखि, गैर-योग्य व्यक्तिहरू (एनईपी- non eligible persons) (जस्तै गैर-हङकङ निवासी र यात्रु आदि) ले तोकिएका क्लिनिकहरूमा र अस्पताल प्राधिकरण (एचए) द्वारा प्रदान गरिएको टेली-परामर्श सेवाहरू मार्फत सेवा प्राप्त गर्न सक्ने छैनन् । यद्यपि अस्पताल प्राधिकरणले दुर्घटना तथा आपतकालीन विभागमा आएका अर्जेन्ट बिरामीलाई योग्यता नपुगेको भएपनि औषधी उपचार प्रदान गर्नेछ । तर उनीहरूले सरकारले निर्धारण गरेको  उपचार शुल्क भुक्तान गर्न आवश्यक छ, जुन शुल्क दर योग्यता पुगेको व्यक्तिको भन्दा उच्च हुनेछ । यदि उपचारको क्रममा कोभिडको मौखिक औषधिहरू (जस्तै Paxlovid र Molnupiravir) सिफारिस गरिएको छ भने  गैर-योग्य कोभिड बिरामीले संबंधित औषधिको मुल्य  भुक्तानी गर्न आवश्यक छ।
निजी अस्पताल र क्लिनिकलाई यसअघि नै डीएच(department of health ) र एचए(hospital authority ) मार्फत कोभिड–१९ को औषधि उपलब्ध गराइसकिएको छ । सरकारले निजी अस्पताल र क्लिनिकहरूलाई बिरामीहरूलाई चिकित्सा सेवा प्रदान गर्न आग्रह गर्दछ, ताकि सार्वजनिक स्वास्थ्य सेवा प्रणालीमा भार कम गर्न सकियोस्। यसबाहेक, निजी चिकित्सा संस्थाहरूले सम्बन्धित औषधि निर्माताहरूबाट सीधै कोभिड-१९ ओरल औषधिहरू अर्डर गर्न सक्दछन्। कोभिड-१९ का अयोग्य बिरामीहरूले प्राइभेट मेडिकल इन्स्टिच्युटबाट  उपचार प्राप्त गर्नुपर्दछ र  सीधै सम्बन्धित औषधिहरू प्रेस्क्राइब गरिमाग्नु पर्दछ ।

प्रवक्ताले सार्वजनिक स्वास्थ्य सेवा प्रणालीसँग कोभिड–१९ का बिरामीलाई प्रिस्क्रिप्सन गर्ने औषधिको पर्याप्त भण्डारण रहेको (प्यारासिटामोल र माथि उल्लिखित मौखिक औषधिलगायत) उल्लेख गरेका छन् । डीएच र एचएले पनि आफ्नो खरीद मात्रा बढाइरहेका छन् र मेडिकल स्रोतहरू स्थानीय आवश्यकतालाई पूरा गर्न पर्याप्त रहेको सुनिश्चित गर्न वितरण व्यवस्थालाई व्यवस्थित गरिनेछ ।

कोभिड १९ खोपको सन्दर्भमा सरकारले खोप कार्यक्रम अन्तर्गत खोपको पर्याप्त आपूर्तिलाई सदा कायम राख्दै आएको छ। हङकङका बासिन्दाहरू भने पहिलेबाट  नै नि:शुल्क कोमिनार्टी बाइभ्यालेन्ट र कोमिनार्टी  खोपको बाल तथा शिशु संस्करण प्राप्त गर्ने प्राथमिकतामा परेका छन। तर गैर-हङकङका बासिन्दाहरूले कोमिनार्टी एन्सेस्ट्रल स्ट्रेन अथवा बायोएन्टेक र सिनोभ्याक खोप प्राप्त गर्न चाहन्छ्न भने हङकङमा कम्तीमा ३० दिन बसेको प्रमाण पेश गर्नुपर्ने हुन्छ । यदि हङकङ बसेको कम्तीमा ३० दिन बसेको प्रमाणित भएमा  उनीहरूले नि:शुल्क बुस्टरको रूपमा सम्बन्धित खोपहरू प्राप्त गर्न सक्नेछन् ।

यसका अलावा  गैर-हङकङ बासिन्दाहरूले निकट भविष्यमा निजी चिकित्सा संस्थाहरू मार्फत आफ्नै खर्चमा कोमिनार्टी बाइभ्यालेन्ट खोप प्राप्त गर्न सक्षम हुनेछन् भन्ने अपेक्षा गरिएको छ। निजि बजारले गैर-हङकङ बासिन्दालाई उपलब्ध गराउने खोप सरकारी  खरिद प्रणाली अन्तर्गत आएको हुदैन ।  सरकारले हङकङका बासिन्दाहरूको खोप व्यवस्थालाई असर नपर्ने कुरा सुनिश्चित गर्न सरकारको खोप कार्यक्रम अन्तर्गत खोपको आपूर्तिलाई नजिकबाट निगरानी गर्नेछ।  छोटो अवधिको लागि हङकङ भ्रमण गर्ने गैर-हङकङ बासिन्दाहरूलाई सरकारको खोप कार्यक्रम अन्तर्गत निःशुल्क खोप लिन अनुमति दिइने छैन।

भाइरसको प्रवृत्तिलाई नियाल्ने

सरकारले जनस्वास्थ्य संरक्षण हेतु स्थानीय स्तरमा यसको विकास कस्तो भैरहेछ अनुगमन गर्नेछ । जस अन्तर्गत सबै जिल्लाहरूमा भाइरस परीक्षणको लागि ढलको नमूना सङ्कलन गरी ढल निकासको निगरानीलाई  कायम राख्ने, सार्वजनिक अस्पतालमा भर्ना भएका केस र CTC/CTS मा सङ्कलन गरिएका पोजिटिभ नमूनाको बेला बेलामा निरिक्षण गर्ने कार्य जारी राख्नेछ । र विश्व स्वास्थ्य संगठनको सल्लाहलाई अनुशरण गर्दै कोभिड १९ को नयाँ संस्करण  र महामारीको विकासलाई नियाल्ने साथै भेरिएन्ट अफ कन्सर्नको उदयलाई  हेर्ने ।

प्रवक्ताले भने, “हङकङले महामारी नियमलाई नरम तुल्याउने क्रम जारी राखेता पनि  महामारीको बिरूद्ध लड्न छोडेको छैन । सरकारले कोभिड–१९ महामारीलाई विज्ञानमा आधारित रहेर र लक्षित महामारीविरुद्धका मापदण्ड अपनाएर साथै जोखिमको उचित व्यवस्थापन र नागरिक केन्द्रित सहजीकरणका सिद्धान्तका आधारमा अवस्थालाई सम्बोधन गर्दै आएको छ ।  नागरिकको हितको रक्षा र सार्वजनिक स्वास्थ्य सेवा प्रणालीको संरक्षण गर्दै न्यूनतम लागतमा अधिकतम उपलब्धि हासिल गर्ने दृष्टिले सामान्य सामाजिक गतिविधिहरूमा कम अवरोध आउने हिसाबले हामी कदम चाल्ने छौं ।  सरकारले कोभिड–१९ भाइरसको उत्परिवर्तन र महामारीको विकासलाई नजिकबाट अनुगमन गर्नेछ र वैज्ञानिक तथ्याङ्कको विश्लेषणका आधारमा समयमै महामारी विरोधी उपायहरूलाई  समायोजन गर्नेछ ।”

तपाईको प्रतिक्रिया