हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ६० वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा सबै  स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ४७ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने १३ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,३४४पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा  एक वर्ष देखि ७५ वर्ष बीचका ३० जना पुरुष र ३० जना महिला परेकाछ्न। आज ३० प्रारम्भिक पोजेटिभ केस देखा परेकाछ्न।

सेन्ट्रल काउलुन रुट- सेन्ट्रल टनल क्लस्टरबाट ९  वटा केस आज थपिएको छन । यहाँबाट थपिएका सबैजना कन्स्ट्रक्सन साइटमा काम गर्ने व्यक्तिको निकट संसर्गमा रहेकाहरु हुन।

चिङ यी एम्बुलेन्स डिपोका तीन जना कर्मचारीमा आज पोजिटिभ देखिएकोछ। यश डिपोका ५१ जना कर्मचारी आइसोलेसनमा जानू पर्ने भएकोछ।

हङकङ एन्ड काउलुन फेरिबाट ३ वटा केस आएकोछ । जस अन्तर्गत २ जना कर्मचारी र १ जना निकट संसर्गमा रहेको व्यक्ति रहेकाछ्न। यो क्लस्टरबाट संक्रमण हुनेमा ६ जना कर्मचारी र २ जना क्लोज कन्ट्याक्ट्मा रहेका व्यक्ति परेका छन ।

रिक्लेमेसन स्ट्रीटको २० नम्बर बिल्डिङ्बाट  एक जना संक्रमित थपिएकाछ्न भने सोही स्ट्रीटको २२ नम्बर बिल्डिङ्बाट आज थपिएका १ जना अज्ञात स्रोतबाट  आएका हुन। रिक्लेमेसन स्ट्रीट २६ नम्बर बिल्डिङबाट  आज थपिने एक जना संक्रमित चुङ क्वान ओ लाम तीन टनल कन्स्ट्रक्सन साइटमा काम गर्ने व्यक्ति हुन भने अर्का व्यक्ति विमानस्थलको थ्री रनवे सिस्टमको कन्स्ट्रक्सन साइटका कामदार हुन। ३० डिसेम्बर २०२० देखि १२ जनवरी भित्रको अवधिमा जोजसले  जोर्डनको रिक्लेमेसन स्ट्रीटको २०, २२, २४ र २६ नम्बर बिल्डिङमा दुई घन्टा भन्दा बढी समय बिताएका छ्न ती सबैले अनिवार्य कोरोना टेस्टमा जानू पर्नेछ। यी चार वटा बिल्डिङका जम्मा ११ वटा फरक फरक युनिटबाट संक्रमित हुनेको संख्या २१ पुगेको छ।

कुन तङ स्थित २ क्लियर वाटर बे मा पर्ने पिङ सेक स्टेटको क्रमशः काम सेक हाउस , वङ सेक हाउस र लाम सेक हाउसका वासिन्दा पनि अनिवार्य कोरोना टेस्टमा जानू पर्ने आदेश जारी भैसकेको छ।

तपाईको प्रतिक्रिया