रवि लामिछाने

सबैलाई नमस्कार !
वर्तमान राजनीतिक सन्दर्भमा पार्टीले लिनुपर्ने रणनीतिको सन्दर्भमा विश्लेषण गर्दै केन्द्रिय समिति सदस्य र सांसदहरुले आ आफ्नो धारणा राख्नुभए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई प्रदान गरेको समर्थनलाई  कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई फिर्ता बोलाइ सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गर्यो। यो निर्णय हुनासाथ हाम्रा मन्त्री ज्युहरुले सम्माननिय प्रधानमन्त्री ज्यु समक्ष राजीनामा बुझाउनु हुनेछ। र हामीले सरकारबाट बाहिरिने निर्णय गरिसकेको जानकारी गराउँदछौं।

रवि लामिछाने  भविष्यमा प्रधानमन्त्री बन्लान या जेल जालान?


आज म तपाईहरुलाई केहि कुरा भन्दै छु । सबैभन्दा महत्त्वपूर्ण कुरा के भयो भने हामी सरकारमा सहभागी भयौं ,जनमत अनुसारको सरकार बन्यो । जुन ढंगको जनमत आएको थियो त्यही अनुसार सरकार अगाडि बढ्यो । र एउटा समझदारी र संझौता अनुसार हामी अगाडि बढिरहेका थियौं । आज भन्दा चार वर्ष अगाडि सार्वजनिक रूपमा जानकारी गराइ सकेको विषयलाई लिएर सम्मानित अदालतले शिघ्र गतिमा गरेको निर्णयलाई स्वीकार गर्दै पदबाट मैले राजीनामा गरेको कुरा सबैलाई थाहै छ।

चार वर्ष अघि मैले स्पष्ट पारिसकेको केसलाई चार वर्ष पछाडि केहि संचार माध्यमहरुले उछालेर निरन्तर अगाडि ल्याइरहे । आजभन्दा २०,२२ वर्ष अगाडि म एक आम मान्छे जो आफ्नो सपना , केहि बाध्यता केहि रहर बोकेर विदेश गएँ । यो तपाईहरु माझ लुकेको कुरा होइन ।  विदेश बसेर पनि धेरै कामहरू गरिरहेको थिएँ । त्यसपछि आफ्नो देश फर्कने निर्णय गरेँ । नेपाल फर्कने सिलसिलामा गरिने प्रक्रियालाई मैले पूरा गरेको हुँ। तर आज आएर सम्मानित अदालतले यस्तो फैसला गरयो जसलाई मैले  स्वागत गरेको छु । यो निर्णयप्रति मेरो भन्नु केहि पनि छैन ।
अब म शुरुमा अमेरिका जाँदा देखिको कुराबाट शुरु गर्छु।
म सधैं प्राय घेराबन्दीबाट बाहिर निस्कदै आएको मान्छे हो। म लामो समय अगाडि नेपाल टेलिभिजनमा कार्यक्रम संचालन गर्थें  “यहाँको चलन” भन्ने । कार्यक्रम असाध्य राम्रोसंग चलाएको थिएँ। हर हिसाबले लोकप्रिय पनि थियो । टेलिभिजनले पनि  पैसा कमाएको थियो । विभिन्न ढंगले कार्यक्रम गर्दै आएको थिएँ। त्यस बीचमा एकजना जिएम स्तरमा पुगेको मान्छे मेरो कार्यक्रम बन्द गर्न कै लागि पछि जिएम भन्दा तल्लो पदमा चयन भएर आउनु भयो । मेरो हुँदाखादाको राम्रो चलिरहेको कार्यक्रम संकटमा परयो । म बाहिरको मान्छे भएकोले त्यहाँ घेराबन्दीमा परेँ। मैले २२ वर्ष अघिको कुरा गरिरहेछु। त्यसपछि मलाई असाध्यै चित्त दुख्यो।

फेब्रुअरी ५ तारीख आइतबार २०२३ को पत्रकार सम्मेलनमा रवि लामिछाने बोल्दै

त्यसपछि म अमेरिका गएँ थप केहि चिज गर्छु भनेर । त्यसपछि बस्दै जाने क्रममा विभिन्न कामहरु भयो । त्यहाँ  नेपालीहरुसंग पनि सदभावपुर्ण ढंगले केहि राम्रो कामहरू गरेर आएको हुँ र आज पनि मैले काम गर्ने क्रममा सहकार्य गरेका साथीहरू स्थापित छ्न । अहिले पनि साथीहरूले खुलेर भन्छन् कि तपाईको साथ र सहयोगले आज स्थापित छौं। जुन समाजमा जहाँ बसे पनि आफ्नो तर्फबाट योगदान दिने मेरो स्वाभाव हो अहिले मन्त्री भएर मात्र होइन ।

जहाँ गए पनि देशलाई कुनै न कुनै चिज दिनुपर्छ भन्ने  स्वाभाव भएको मान्छे हो म । नेपाल फर्किने विचार गर्दा केही गतिलो चिज गरेर फर्कुं भन्ने लाग्यो । जसको लागि  एउटा विश्व कीर्तिमान कायम गरुँ भनेर म बसें । त्यतिन्जेल सम्म म ग्रीन कार्ड मै थिएँ । नेपाल आउनेजाने भैरहेको थियोे । मैले अमेरिकाको पासपोर्ट र सिटिजनसिप लिएको थिइन त्यसबेलासम्म । सन २०१३ सालमा वर्ल्ड रेकर्ड राख्न सफल भएँ।  वर्ल्ड रेकर्ड राखेपछी संसारका न्युज मिडियाहरु जस्तै बिबिसी , फक्स न्युज,सिएनएन, भारतका कतिपय मिडियाबाट कत्रो ठुलो सद्भाव पाएँ। तर हाम्रो देशको मिडियाले यस मामिलामा असाध्यै  धेरै कन्जुस्याइँ गर्‍यो । पछिल्लो पेज तिर लगेर एउटा सानो स्थान दिएर समाचार हो कि होईन जस्तो गरेर राखिदिए। जसले गर्दा मेरो  चित्त दुखेको थियो ।

यो भन्दा अगाडि मैले सानातिना रेकर्ड राख्ने अनेकलाई  ठुलो रेकग्निसन दिएको देखेको थिएँ। मेरो हकमा भने असाध्यै धेरै कन्जुस्याइँ गरियो । त्यै पनि ठिकै छ भनेर नेपाल मै केही गर्छु भनेर सोचेँ। नेपाल आएपछि एकदिन मलाई एउटा स्थापित टेलिभिजनले तीन जना गेस्ट मध्ये एक  बनाएर बोलायो। तर मेरो नाम सुन्ने बित्तिकै बीच बाटोबाट मलाई फर्काइ दियो। यस कुराले मेरो चित्त असाध्यै फेरि दुख्यो । अब म देशलाई खोज्दै आउने मान्छे होईन देशले खोज्दै आउने मान्छे बनेर आउछु भनेर मन दुखाएर आँसु झार्दै अमेरिका फेरि फर्किएँ।


त्यसपछि मैले अमेरिका फर्किएर बिचार गरें कि संसारमा सबैभन्दा सजिलो भनेको अमेरिकाको पासपोर्ट हो जसमा जहाँ गए भिसा  लिन पर्दैन । यस अर्थमा मैले त्यो पासपोर्ट लिने क्रमलाई अगाडि बढाएँ। अमेरिकामा सिटिजनसिप लिँदाखेरी नेपालको सिटिजनसिप त्याग्न नपर्ने  सुबिधा छ।
समय बित्दै गएपछि अब फेरि नेपाल जानुपर्छ होला भन्ने सोच बनाउन थालेँ। अन्लाईन टेलिभिजन पनि शुरु गरेँ । नेपालमा टेलिभिजनको माध्यमबाट आम मान्छेको कुरा नै मिडियामा आएन । खाली पोलिटिक्सको कुरा मात्र आयो । र आम मान्छेको मुद्दामा काम गर्छु भनेर फर्किने सोच राखेँ । ७२ सालको भुकम्प पछि नेपाल फर्किने निधो गरेँ। त्यसपछि अब आमाको काखमा आएको छु । आमाले मलाई शर्तहरु राख्छीन अथवा  आमाको काखमा फर्किएको एउटा सन्तानले शर्तहरुमा ध्यान दिनुपर्छ जस्तो मलाई नलागेर होला मैले पासपोर्ट , ड्राइभिङ लाइसेन्स लगायत नेपाल बस्दा अन्य के के चाहिन्छ तत्काल लिने क्रम शुरु गरेँ। यस क्रममा मैले  नेपाली पासपोर्ट पनि बनाएँ। मैले अमेरिकी पासपोर्ट बुझाउनु भन्दा अगाडि नेपाली पासपोर्टको न सदुपयोग, दुरुपयोग न त उपयोग केहि पनि गरिन।
१२,१४ वर्ष बसेको देशबाट त्यो देशको कागज च्यातेर निस्कन मिल्दैन थियो । मेरो ॠण थियो , केही सम्पत्ति थिए सबै चिजलाई ठिकठाक गरेर आउनको लागि समय लाग्थ्यो ।
कुनै पनि काम गर्दा खेरि तपाईंले अपराध गर्नु भयो गलत काम गर्नु भयो भने त्यसको असर हुन्छ प्रभाव हुन्छ । मैले तपाईंलाई पिटे भने तपाईं लाई दुख्छ। केही चिजले हाने भने केले हाने त्यो देखिन्छ । चोरे भने चोरेको चिज देखिन्छ । तर मैले कसको कहाँ के बिगारेँ?

कान्तिपुर टेलिभिजनका निर्देशक दिलभुषण पाठक

हो!  प्रक्रियागत रूपमा त्यो सहि थिएन त्यसको कानुनी झमेला मैले झेल्नु पर्छ , त्यो कानुनबाट उन्मुक्ति हुनुपर्छ  भन्ने मान्छे होइन म। मलाई अझ कानुन नै संशोधन गरेर भएपनि सजाय दिइयोस म तयार छु। मेरा लागि त सात दिन भित्र इजलासमा मान्छे राखेर जेजे गर्न सकिन्छ , पुराना मुद्दालाई थाती राखेर मेरा लागि भनेर नै छुट्टै  कानुन बनाएर भए पनि मलाई कार्वाही गरियोस् । एक आम मानिसको रूपमा म आफ्नो मुद्दा लड्न तयार छु।

अब यो मान्छे कति बजे गयो ? कहिले गयो ? कहिले फर्कियो ? त्यो त इमिग्रेसनको डेटामा छदैछ नि पत्रीकाको हेडलाईनमा यत्रो टाउको बनाएर ल्याउनु आवश्यक छ? के म लुकेर आएको छु र ? यद्यपि मानिसहरु लुकेर आउने गर्छन् । म लुकेर आएको छैन ।खुलेर बसेको छु। म लुकेर बसेको होइन, सार्वजनिक जीवन बाँचेको मान्छे हो। ममा भएको कमजोरी यति हो।

सर्वोच्च अदालतले मेरो नागरिकतालाई पुन प्राप्ति गर्नुपर्ने भनिसकेपछी मैले पुनः प्राप्त गरिसकेको छु जसको नागरिकताको नम्बर त्यही हो, जारी मिति त्यही रहेको छ । केही पनि फरक छैन । लगभग आधा एक घन्टा मै नागरिकता पुनः प्राप्ति गरिएको हो। र सर्वोच्च अदालतको निर्णय अनुसार बुझाइदिएको छु ।

अब यी दुइटा कुरा बाहेक मैले गरेको अपराध के हो ? पत्रीकाले यत्रा ठुल्ठुला हेडलाईनहरु बनाएपछि मेरा अपराधहरु पनि लेखी दिनु पर्थ्यो । यो मन्त्रालयमा यसो गरयो , यहाँ यसो गर्‍यो , यहाँ अस्पताल बनाउदा यति खायो , यस्ता केहि कुरा त आउनुपर्ने थियो नि।
यति कुरा हो चार वर्ष अघि नागरिकता पुन प्राप्त गर्ने कुरामा प्रक्रिया पुरा नगर्नु मेरो त्रुटि भयो । त्यसको मैले सजाय भोगेँ। तर मेरो नागरिकता प्रकरणलाई लिएर जुन टीका टिप्पणी पत्र पत्रीकाले गर्ने क्रममा ममाथि निरन्तर प्रहार भैरहयो। त्यो प्रहार अदालतलाई प्रभावित आशयले गरिएको थियो ।

पासपोर्टको मेरो मुद्दा आफै लड्छु भनिसकेकोछु। त्यसको निम्ति कुन कानुन कसरी आकर्षित हुन्छ म भोग्न तयार छु। त्यसको लागि म तर्केको छुइन। भाग्ने मान्छे होइन म। तर मैले  स्पष्ट रूपमा चार वर्ष अघि भनेको कुरा नै हेडलाईन बनेको बनेइ भयो । जसको लागि १२ भाइ पत्रकार जम्मा भएर घरी एउटाले एकातिर , घरी अर्कोले अर्कोतिरबाट यति धेरै प्रहार एउटा मान्छेको लागि भयो ।

मैले गृह मन्त्रालय मै जान्छु गृहमन्त्री भएर भनेको कहिँ कतै तपाईले देख्नु सुन्नु भएको छ? यस्तो कुरा मैले लेखेको छु  कतै ? हाम्रो पार्टीले  पावर शेयरिङ बारे कुराकानी भै सम्झौता हुँदा पार्टीको भागमा गृह मन्त्रालय परेको हो र पार्टीले कसलाई पठाउने भनेर निर्णय गर्छ । हामीले बोलेको त्यति हो। तर निरन्तर रविको गृहमन्त्री  मोह भन्ने जस्ता हेडलाईन बनाउने काम भैरहयो।

नेपाली मिडियाको कन्फ्लिक्ट अफ इन्टेरेस्ट र कान्तिपुरको दादागिरी

कैलालीको सुखड बजारमा जलाइएको कान्तिपुर दैनिक

कन्फ्लिक्ट अफ इन्टेरेस्ट ! कन्फ्लिक्ट अफ इन्टेरेस्टको राम्रो व्याख्या गर्ने नै हो भने गरौं त ? नेपाली मिडियाको कन्फ्लिक्ट अफ इन्टेरेस्टको व्याख्या गर्ने आँट कसैमा छैन।
ओह ! यो कान्तिपुरलाई चलायो भने त मार्छ, ढाल्दिन्छ ,सिध्याइदिन्छ। कान्तिपुरले सिध्याइदिन्छ ? अहो! अन्लाईन खबरलाई नचलाउँ,मार्छ । चलायो भने सिध्याइदिन्छ? अहो ! सेतो पाटी हुन्न ! अमित ढकालले त यत्रो आर्टिकल लेखेर बर्बाद पारिदिन्छ। यसलाई यसरी बुझ्नोस भन्छ । हामीलाई बुझ्न दिदैन। उसले बुझेको  जसरी हामीले बुझ्नुपर्छ । हामीलाई स्वतन्त्र ढंगले बुझ्ने छुट छैन/पाइन्दैन । त्यही एउटै समाचारलाई गलत शिर्षक राखेर गृहमन्त्रीको पदलोलुपता, पदलोलुप रवि ? भनेर लेखियो। अनि त्यही चिजलाई  विद्वान साथीहरूले ट्विटरमा हेर्नू हुन्छ र भन्नु हुन्छ यो पनि यस्तै रहेछ । त्यो कुरा पत्रीका आफैले उसको इन्टेरेस्टमा लेखेको छ भन्ने कुरा त हामीलाई थाहा छैन ? अनि माननीय संसदहरुले हातमा पत्रीका लिएर आज अन्लाईनमा यस्तो / उस्तो आएको छ भन्छन् । अन्लाईनमा के आएको छ ? सहि सत्य कुरा आएको छ त ?


के नेपालमा मिडियालाई रिझाएर मात्र पावर गेन गर्न सकिन्छ  ? देश चलाउने हो भने चुनाव लडन आउनुहोस् । चितवन २ नम्बरमा मसंग चुनाव लड्न आउनोस। कैलास सिरोहिया , रामेश्वर थापा आउने हो कि? अमित ढकाल आउने हो कि ? शिव गाउले आउने हो कि ? को को आउने हो? आउनुहोस् ।
देश तपाईंले चलाउने होइन । तपाईंले आफ्नो मिडिया चलाउने हो। एथिक्स तपाईहरुलाइ पनि लाग्छ मलाई मात्र लाग्दैन । अदालतलाई प्रभाव पार्न एउटै कुरा चार पाँच चोटि निरन्तर तपाईंले लेख्नुभएको छ।

२०७२ साल मंसिर २६ गते शनिबार बिहान माइतीघर मंडलामा बा.१२ च ६१०० नम्बरको भक्सवागन सेतो रंगको निजि कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना घाइते भएका थिए । कार सडकमा उत्तानो परेपछि  मर्निङ वाकमा निस्किएका सर्वसाधारणले कारमा रहेका युवा युवतीलाई उद्वार गरेर नर्भिक अस्पताल लिएर गए। यो गाडी कसको थियो थाहा छ तपाईंलाई ? प्रहरी कहाँ गएर खोज्नुहोस । तपाईंहरु पत्रकार राज्यको चौथो अंग, त्यो गाडी कसको थियो ?  धेरैलाई थाहा थियो  तर लुकाइयो। त्यो कार कान्तिपुर मिडिया ग्रुपको नाममा थियो । चालक कैलास सिरोहियाका जेठा छोरा संभव  सिरोहिया थिए ।
घटना सामसुम भयो । यो गाडीको तस्वीरहरु हामीसंग छ्न । यो अपराध कसले लुकायो? किन लुकायो ?यसको खोजी गर्न कसैले सक्छ ? हुन्न अहँ हुन्न ! कैलास सिरोहियाले सिध्याइदिन्छ तपाईंलाई । विज्ञापन ? दिइहाल कान्तिपुरलाई नत्र सिध्याइदिन्छ। रवि लामिछाने कसैसंग डराउदैन। राष्ट्रिय स्वतन्त्र पार्टी कसैको प्रभावमा पर्दैन । यदि ईमानका साथ काम गर्नेलाई कसैले सिध्याइ दिन्छ भने सिद्विन तयार छौं ।

संभव सिरोहिया

मिडियाले मिडिया चलाउने हो देश चलाउने होईन । देश नेताहरूले चलाउने हो । चुनाव लडेर आउने हो।
म तपाईहरुलाइ स्पष्ट रूपमा देखाउन चाहन्छु । वहाँहरु मलाई किन गृहमा राख्न चाहनु हुन्नथ्यो ? कन्फ्लिक अफ इन्टेरेस्ट म देखाउन चाहन्छु । गाडी दुर्घटनाको  सिसिटिभी क्यामेराको फुटेज हटाइयो। अस्पतालमा अर्कै व्यक्तिको नाम राखियो। कानुन र प्रक्रिया सबैको लागि समान हुनुपर्नेमा पहुचका आधारमा सार्वजनिक स्थानमा भएको सवारी दुर्घटनालाई प्रहरीले गोप्य राख्यो । त्यसकारण गृह मन्त्रालयमा म गएको कान्तिपुरलाई मन परेन। र कान्तिपुर संग पंगा लिने आँट कसैले गरेन।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया

कोरोना कालको एउटा घटना पनि सुनाउछु ।कान्तिपुरका अध्यक्ष निर्देशक कैलास सिरोहियाले अगस्ट २७, २०२० मा एउटा ट्विट गर्नु भा थियो । सोल्टी होटेलसंग सम्बन्ध जोडेर उनको बारेमा सामाजिक संजालमा जुन गाइगुइ चलेको थियो त्यो गम्भीर प्रकृतिको थियो । गाँइगुइ थियो कुनै महिलाले उहाँलाई दुर्व्यवहार गरेको। यसबारे प्रहरीले कुनै अनुसन्धान त गरेन नै तर त्यो ट्विटमा भनिए जस्तो सौरियारले उजुरी कहाँ  र कहिले दिएका हुन र त्यसबारे  कार्वाही भयो कि भएन अहिले सम्म कसैलाई पनि  थाहा छैन। सोल्टी होटेल संग जोडिएको गम्भीर विषय थियो यो। कसैले खोज्दैन । यदि त्यो उजुरी वहाँले दिनु भएको थियो  भने त्यो कहाँ गयो ? कुन प्रकारको थियो ? अनि नेपाली मिडियाले सधैं मान्छे तर्साएर बेथितिलाई चलाइ राख्न पाउँछ ?
कान्तिपुर !  रविको पासपोर्ट , यति सम्म जेल हुन सक्छ । यति छापेपछी त अदालतले हेर्ने भयो । न्यायाधीशले पनि त्यही पत्रीका हेर्ने हो। भित्री मधेसमा ती पत्रीकाहरु जादैनन। जनताको दुख त्यहाँ जादैन। माफ गर्नुहोला पत्रकार साथीहरू तपाईंको पत्रकारिताले तपाईंको साहुलाई स्थापित गर्‍यो नेपाली जनताको मुद्दालाई स्थापित गरेन। हामी नेपाली जनताको मुद्दा स्थापित गर्ने काम गर्छौं अब ।

मन्त्री पद खुस्केकोमा आक्रोश

तपाईंलाई लाग्ला यसको मन्त्री पद खुस्केकोले यो आक्रोश पोख्दैछ। यस्तो कुराहरू  पहिल्यै किन नभनेको भन्नुहोला। हो ! मैले खोजिन पहिला । मैले इन्टेरेस्ट पनि राखिन। तर खोजी गर्नुपर्ने भयो अब । अनि नेपाली मिडियालाई सधैं मान्छे तर्साएर आफ्नो निहित स्वार्थ पुरा गर्न अब हामी दिदैनौं।
स्वार्थ बाझिएको समाचारको कुरा गरौं अब । अजय सुमार्गीको कुरा गरौं । कान्तिपुरमा प्रकाशित एक  समाचारमा हुदै नभएको सिआइबिको प्रतिवेदनलाई आधार मानेर  समाचार लेखिएको थियो जुन अदालती कागजातबाट पुष्टि हुन्छ । काठमाडौ जिल्ला अदालतले गरेको फैसलाको अंस यहाँ मसंग छ तपाईंलाई बाँडी दिउला।

अजय सुमार्गी

सुमार्गी आफैले पत्रकार सम्मेलनमार्फत के भनेका थिए  भने नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली गोल्डेन शेयर छ। यो यस्तो सुनौलो शेयर हो जुन कुनै पनि ठुलो व्यवसाय संचालन गर्दा  कान्तिपुरका  प्रकाशक कैलास सिरोहियालाई केहि प्रतिशत नजराना बापत दिनुपर्ने हुन्छ । सिरोहियाले मसंग शेयर सट्टा पुरानै मोलमा माग्यो भनेर स्पष्ट रूपमा लेखेका थिए ।
चन्द्रागिरी हिल केबल कार सम्बन्धि समाचारको फलोअप निरन्तर भैरहेको थियो तर पछि समाचार आउन अकस्मात बन्द भयो। आखिर चन्द्रागिरिमा के भयो ? हरेक मान्छे जसले व्यापार गर्छ  राजालाई दाम राखे जस्तै वहाँलाई दाम चढाउनु पर्ने ? कसैले इन्स्योरेन्स खोल्यो वहाँलाई चढाउनु पर्ने ?  कसैले उद्योग खोल्यो भने वहाँलाई चढाउनु पर्ने ? अनि कान्तिपुरले चाहि चार वर्ष अगाडि भनेको कुरालाई चौतर्फी प्रभावित पार्न समाचार लेख्ने र हामी चाहिँ उसले गरेको प्रहार सहेर बस्ने ? यस्तो हुन सक्दैन । म सहन सक्दिन यस्तो  कुरा । मैले यो पार्टीबाट हात धुनु परोस् , जिन्दगीबाट हात धुनु परोस अब म सहन सक्दिन । धेरैले सहेर बसेका छ्न तर म सहन सक्दिन ।

न्याय प्रणालीमा मनपरि

उमेदवारको उमेरको योग्यताको बारेमा सर्बोच्चमा मुद्दा  भएको कुराको फेहरिस्त सुनाउछु। ७४ सालको निर्वाचन भए लगत्तै  सर्बोच्च अदालतको संबैधानिक इजलासमा दर्ता भएका निर्वाचन सम्बन्धि १५ थान मुद्दा मध्ये ५ वटा मुद्दा मात्र अहिले अन्तिम टुंगो लागेको छ। बाकी मुद्दा संसदको कार्यकाल सकिदा पनि टुंगो लागेको छैन । प्रतिनिधि सभाको निर्वाचनमा सिराहाबाट निर्वाचित भारतीय नागरिकता लिएका  सुरेन्द्र कुमार दास विरुद्ध दुर्गानन्द चौधरीले २० फागुन ७४ सालमा सर्वोच्चमा रिट दिएका थिए । तर संसदको कार्यकाल सकिदासम्म पनि त्यो मुद्दा सुनवाइ भएको थिएन । तर हाम्रो मुद्दा त फटाफट सिध्याइ दिने काम गरियो । अनागरिक बनाउनको निम्ति सिध्याइदिनु पर्यो नि त। तर केहि छैन श्रीमान तपाईहरुको आदेश शिरोपर छ। भुइँमा खरानी भएछु भने त्यही खरानीबाट पनि उठ्न तयार छु। जबसम्म नेपाली जनताको मनभित्र बस्न सकिन्छ तबसम्म कसैले कहिबाट हटाएर कोहि  मान्छे हट्दैन। मेरो पनि  त्यही नेपाली जनताको मनभित्र बस्ने प्रयास हो। र म यसमा निरन्तर लागी रहन्छु।

नेपाली कांग्रेसका संखुवासभा उमेदवारले पुन मतगणनाको माग राखेका थिए , त्यो मुद्दा पेन्डिङ छ। भगवती चौधरी भर्सेस विजय गच्छदारको मतगणनाको माग,प्रतिनिधि सभा सदस्य तनहुँका मुद्दा पेन्डिङ छ, थारु कोटाबाट आदिवासी जनजाति समुहमा आएका अमृता देवी अग्ररि सबै सबैको मुद्दा पेन्डिङ छ। मुद्दा चलिरहेकाहरु सभामुख र मन्त्री सम्म भएका छ्न। मैले यो कुरा भनिरहनुपर्छ र ? हरेक चिज पेन्डिङ छ। कन्फ्लिक अफ इन्टेरेस्टको व्याख्या मैले मात्रै ध्यान दिनुपर्ने ?

शक्तिको दुरुपयोग

यदि मैले पावरको मिस युज गृह मन्त्रालयमा गर्थें भने  त्यो कुरा मेरो मुद्दाको अदालती फैसलामा देखिनु पर्ने थियो । म त एकैछिनमा केहि पनि रहिन।  एकैछिनमा उप प्रधानमन्त्री रहिन,गृहमन्त्री , सांसद , पार्टी सभापति , पार्टी सदस्य र नेपाली पनि रहिन। केहि पनि रहिन म। मैले प्रभावित पार्न सक्दो रहेछु त ? के प्रभावित पारे मैले ? मलाई सचीव ज्युले मन्त्री ज्यु हजुरको फाइल छ के गर्नु भन्दा मैले वहाँलाई मलाई यो नदेखाउनोस तपाईंको विवेक प्रयोग गर्नोस् ,तपाईंलाई जे लाग्छ त्यही गर्नोस् ।यसमा मैले हेर्न मिल्दैन । मैले चाहेको भए अदालतले भनेको फाइल समयमै  प्रहरीलाई नपठाएको भए डिले हुन सक्थ्यो नि। मैले कहि कतै केही प्रभावित गरिन।

अर्को पोखराको शिव बास्तोला र गीता श्रेष्ठको नाममा जग्गा किन्दा विकास बैंकमा पाँच करोड पच्चीस लाख जम्मा गरेको  किर्ते भौचर देखाएर मालपोतमा जग्गा पास गरेको भन्दै अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका अध्यक्ष सिम्रीक एयरका मालिक रामेश्वर थापा विरुद्ध जिल्ला प्रहरी कार्यलय कास्कीमा ठगी मुद्दा जाहेर परेको छ। त्यो मुद्दा अनुसन्धान पनि अगाडि नबढाइकन चुपचाप बनाइएको छ।  आफ्ना मुद्दाहरु दबाइ दिने ,आफ्ना गाडीहरू पल्टिएको, जाँड खाएर मान्छे हानेको , प्रहरीमा भएको रेकर्ड मेटाउने अनि हामीले सार्वजनिक  गरिसकेको कुरा , मुद्दा लड्दै गरेको कुरालाई दिनदिनै हेडलाईन बनाउने  ? अनि यसमा  कन्फ्लिक्ट अफ इन्टेरेस्ट हाम्रो छ भन्दिने ? यसरी हुदैन । कानुन सबैलाई बराबर हुन्छ । न्यायको सिद्धान्तले कसैलाई पनि छोड्दैन । यसो भनेर मलाई उन्मुक्ति दिनु भनेको होइन । मलाई उन्मुक्ति दिनु हुदैन भने कसैलाई पनि दिनुु हुदैन ।कानुनको शासन बनाउनुपर्छ । गृह मन्त्रालयमा त्यही चिज स्थापित गर्न खोज्दै थिएँ, त्यसैको गन्ध दुर्गन्ध वहाँ सम्म पुग्यो र कन्फ्लिक्ट अफ इन्टेरेस्ट शुरु भयो।

देशमा यत्रा मुद्दा छन तर गृह मन्त्रालयमा रविको कन्फ्लिक्ट अफ इन्टेरेस्ट छ अब जाने भो भन्छन् ।
प्रधानमन्त्री र मैले केहि बोलेका छैनौं  । तर मिडियामा आइसक्यो प्रधानमन्त्री र रवि बीच कुरा भैसक्यो र कुनै भौतिक पुर्वाधार मन्त्रालय रविलाई  दिने कुरा ल्याइन्छ । कसले लेख्नुभएको छ यस्तो कुरा ? लाज लाग्दैन तपाईं हरुलाइ यस्तो नभएको कुरा लेख्न ? कहाँ कसले भन्यो भौतिक पुर्वाधार दिने भनेर ? कसले भन्यो ? मैले भन्नु परेन पहिला ? प्रधानमन्त्रीले भन्नुपरेन पहिला ? हेडलाईन मै यस्तो राखिदिएको हेर्नुस् त? त्यही हेडलाईन विद्वान साथीहरूले हेर्नू हुन्छ र भन्नु हुन्छ – हेर त यस्तो लाजमर्दो राजनीति ? लाजको मर्दो राजनीति हामीले गर्नु जरुरी छ र ? जरुरी छैन । गरेको पनि छैन । मैले मागेको छैन कुनै मन्त्रालय । आफू जाने वा नजाने भन्ने कुरा अर्कै कुरा हो।

मिडियाको सिन्डिकेट

म तपाईं लाई आज यो कुरा बताउन चाहन्छु। उपनिर्वाचन नभएसम्म म कहिँ जादिन। म निर्वाचनमा लड्न फेरि जनता माझ जान्छु। जनताले जिताएछ्न भने आउला । जिताएनन भने पनि राजनीति चाहिँ गरिरहन्छु।मलाई कुनै ठाउँमा जानू छैन । राजनीतिक निष्टा कायम गर्नको लागी भएको सम्झौता पुरा गर्नुपर्छ भन्ने मान्यता अनुसार म आएको हो र मिडियाले जून ढंगले  १२ जना पत्रकारहरु जम्मा भएर एक ठाउँमा बसेर यो यो लेखी दिउँ भनेर लेखिदिने। मलाई चरीत्रहिनसम्म बनाएर लेखी राखिएको छ। वहाँहरुको चरीत्रको बारेमा सम्पादकनि भाउजुहरुले यसो मेल चेक गरे हुनेनी । घर छिर्नु भन्दा अगाडी नै डिलिट भैसकेको मेसेज पनि निस्किन्छ नि। डिलिट हुदैन । ईन्टरनेटको संसारमा डिलिट भन्ने हुदैन । संपादकनी भाउजुहरुलाइ फुर्सद भयो भने भेट्न आउनु होला । तपाईंको आदर्शवान श्रीमान जसले मलाई चरीत्रहिन देखाउनु भएको छ उहाँहरुको वास्तविक हैसियत र मुकुन्डो म उतारिदिन्छु।

मिडिया छ भन्दैमा यसलाई अनावश्यक तरिकाले पेल्ने , गलत चिज गर्ने त्यस्तो कुरालाई म स्विकार्दिन। म यो कुराको खिलाफमा जान चाहन्छु । आफुलाइ परेको कारण अहिले बोल्छ्स भन्नु होला । परेपछि , धेरै दुखेपछी बोल्ने हो। मान्छेले ऐया भन्छ दुखेपछी। त्यसकारण मैले यो कुरा तपाईंहरु समक्ष गरेको हो।

प्राइम टाइम टिभी र रिपोर्टर्स क्लबका प्रबन्धक ऋषि धमला

अब बिहान देखि बेलुका सम्म गृह मन्त्री रविलाई दिइने -जनता जान्न चाहन्छ्न , जनता जान्न चाहन्छ्न भन्ने ऋषि धमला जिको के कुरा गर्नु । कहिलेकाही जोक्कर भएन भने सर्कस चल्दैन भनेर छोडी दिए चाहिँ हुन्छ उनलाई । पाँच करोड रुपैयाँ टेलिभिजन खोल्नको लागी कसरी  पाएका हुन भन्ने  भिडियो जिबि राइको फोनमा अहिले पनि छ ।
मिडिया एथिक्स कै कुरा गरुम । म बाध्य भएर बोल्दै छु आज । क कस्को बारेमा बोलुम ? कति मात्र बोलुम ? आज हामीलाई देशीविदेशी शक्तिले प्रभावित पारे भन्छौं । देशीविदेशी कुनै पनि शक्ति होइन देशका दुश्मन। यहाँका सिण्डिकेट कायम गर्ने मिडियाहरु नै हुन यो देशको दुश्मन । यस विषयमा हामीले स्पष्ट पारिसकेका छौं ।  उम्रदै गरेको जनताको आशा र भरोसा लिएर आएको चार महिनामा संसद पुग्न सफल दललाई आज यीनै सिण्डिकेट कायम गर्ने मिडियाले निरन्तर खेदिरहेका छ्न।

अन्नपूर्ण पोष्टका प्रकाशक क्याप्टेन रामेश्वर थापा

चितवनको जनतालाई मैले झुक्याएको छु ? म क्षमा चाहन्छु आदरणीय चितवन बासीहरु ! मेरा कारणले तपाईहरुलाइ दुख भयो। फेरि दुख हुने भएको छ। पटकपटक तपाईंले दुख पाउनु भएकोछ। यो सामान्य त्रुटिका कारण हुन गएको दुखमा म क्षमा चाहन्छु । मेरो नागरिकतामा प्रश्न होला , वहाँहरुलाइ नागरिकता फर्जी लाग्यो होला? के सबैभन्दा बढी भोट मतान्तरले जिताउने त्यहाँका भोट हाल्ने आदरणीय चितवनवासी जनताहरुको नागरिकता पनि  फर्जी थियो ? त्यो भोट र जनमत पनि पर्जी  थियो ? त्यसको पनि कहीं कदर नहुने गरि  र रातारात केहि पनि नरहने गरि आम मान्छे पनि नहुने गरि मुद्दा अगाडि बढाइयो।

दुइटा मान्छे ट्विटरमा बसेर हल्लाइदिएको छ समाज । यसरी मेरो सातो लिन सक्नुहुन्न । रामेश्वरले ट्विट लेख्छ भनेर मान्छे बहुलाएर हिडिरहेछ। यो के हो? वहाँको बौद्धिकताको लम्बाइ धेरै होला तर वहाँले आफ्नो वौद्विकताको लम्बाइ गगन थापाको कट्टुको साइज सम्म राख्नु भएको छ। त्यो भन्दा पर छैन । रामेश्वर थापाले ट्विट गर्छ भनेर यो समाज यसरी तर्सेर बसेको छ।
आज म खुल्ला कुरा गर्छु। म यसैगरी कुरा गर्थे टेलिभिजनमा जुन जिन हराएको थियो आज निकाल्छु। के फरक पर्छ र ? अमित ढकालले के लेख्ला भन्ने पीरले विचरा रविन्द्र मिश्रको त राजनीति उता गयो । सबै चिज हारिसकेपछी मलाई कराउदै हुनुहुन्थ्यो । रविन्द्र मिश्र जी!उज्ज्वल थापाहरुले ईमानका साथ शुरु गरेको राजनीतिको गाडी अगाडि बढ्दै थियो , त्यो गाडीको चालक म हुन्छु भनेर तपाई घुस्रनु आउनु भयो र चल्दा चल्दैको गाडीबाट तपाई हाम फाल्नु भयो । र आज विवेकशील साझालाई लडाइ दिनुभयो । के तपाई मलाई ईमान सिकाउनु हुन्छ टेलिभिजनको इन्टरभ्युमा गएर ?तपाईं त्यहाँ बसेर मलाई सिकाउनु हुन्छ ? मैले सिक्नुपर्छ ईमान तर तपाईसंग सिक्दिन। म खुशी छु मेरा उमेदवार हारेकोमा मलाई केही छैन । तर चल्दाचल्दैको एउटा यस्तो मोमेन्टको गाडी तपाईंले दुर्घटनामा पारिदिनु भयो । त्यो दुर्घटनाका लागि तपाईंलाई नेपाली जनता र राजनीतिले कहिल्यै पनि माफ गर्न सक्दैन ।

रवीन्द्र मिश्र

अभिमन्यु ?

अब यत्तिका मानिसका विरुद्ध मैले  बोले बापत  सहनुपर्ने चिज अनगिन्ती छन। सुरक्षा लगायत अनेक चिजहरु होला । मलाई पुर्व गृहमन्त्रीको रूपमा कुनै पनि किसिमको सुरक्षा चाहिदैन मैले पहिल्यै भनिसकेको छु। वहाँहरु यसलाई स्टन्ट भन्नू हुन्छ । हामीले गरेका कामहरूलाई वहाँहरुले हेडलाईनमा हाल्नुहुने छैन ।

क्रसरमा के निर्णय गरियो वहाँलाई  थाहा छ ?  थाहा छ। तर वहाँ के भन्नु हुन्छ क्रसरमा गृहमन्त्रीले जे गरयो मानौँ उसले खायो कि क्या हो भने जस्तो गरि वहाँहरु लेख्नुहुन्छ । अवैध रूपमा लाइसेन्स लिएका क्रसरहरु बन्द गर्ने निर्णय गरियो , मापदण्ड नपुगेकालाई सर्टेन टाइममा मापदण्डलाई सच्याएर गर्ने निर्णय भयो । एउटा भनेर अर्को चलाएकाहरुलाइ पनि चल्न नदिने निर्णय भयो । अब बाह्र भाइ पत्रकारलाई त यो पच्दैन नि ।उनलाई त टक्क जाँड खादै यसलाई त ठोक्ने होइन त भन्छन् । देखाउनोस । तिनले ठोकेर नेपालको राजनीति सधैं ठोकिने ? केपि ओलि डराउलान  । कान्तिपुरले ठोक्ला , अन्नपूर्णले ठोक्ला , अन्लाईन खबरले सिध्याउला । सेतो पाटीले, रातो पाटीले ठोक्ला। तर मलाई होईन । तपाईंहरू गलत मान्छेको हातमा पर्नु भयो। मसंग चल्दैन यस्तो । मसंग त्यो खेल , त्यो धन्दा केही पनि चल्दैन । ईमानका साथ आएको छु। गरेको गलती कमजोरी यति हो आफ्नो देशमा फर्केर आएको थिएँ। सबैले त्यही गर्थे । अब एनआरएनहरुको जग्गा कहाँ लाने अहिलेको निर्णय अनुसार । दाजुभाइ बीचको अंश छ। अब वहाँ नागरिक हुनु भएन । अब के गर्ने ?

मैले केहि प्रक्रियागत त्रुटिहरु गरेँ होला म त्यसको सजाय भोग्न तयार छु। तर त्यसका आधारमा टेकेर उल्टाएर पल्टाएर बिहान बेलुकी नागरिकता जताततै नागरिकता भनेर अर्गनाइज तरिकाले पेल्दै पेल्दै लगेर सिध्याउन खोज्नु भएको हो। त्यसै भएर मैले भनेको हो म अभिमन्यु होईन । मलाई युद्धभित्र छिरेपछि छिर्न पनि आउँछ र निस्कन पनि आउँछ । र म यसरी निस्केर देखाइ दिन्छु कि तपाईहरु हेर्नु होला । यो मेरो आक्रोश मात्र होइन । यो मेरो प्रतिबद्धता हो। यो मेरो आँट हो। यो आक्रोश किन आएको छ भने जब मान्छेलाई  किनारमा लगेर बिरालोलाई जसरी थुन्न खोज्नु हुन्छ नि । थुन्दाखेरी गाह्रो हुन्छ। राजनीतिको लागि  राजनीतिक तरिकाले आउनुपर्ने हुन्छ ।
प्रमाण सहित  भन्डाफोर गर्नु हुन्छ भने मेरो भन्नु केहि  छैन । जस्तै उकेराहरुले गरेको थियो । तर सिध्याउछु भनेर सारा मिडियाहरु एकै ठाउँमा बसेर गर्न पाइन्न।

सेतो पाटी प्रति बिरक्ती र कान्तिपुर घेराउ गर्ने

सेतोपाटीले यस्तो भन्डाफोर गर्ने काम गरे गजब हुन्छ जस्तो लाग्थ्यो मलाई । आज म खुलेर कुरा गरिरहेछु। मन्त्री पद गएको झोकमा झोंक्किएको जस्तो लागेको होला तपाईलाई होईन ? अलिअलि त हो। रिस उठि हाल्छ नि । उप प्रधानमन्त्री,गृहमन्त्री सबै गुमाएको अवस्थामा ‘होइन मलाई केहि भएको छैन’ भनेर मलाई  नाटक गर्न आउदैन र सक्दिन । अलिअलि त रिस उठिराछ।

मैले अमित जी र सेतो पाटीलाई एकदमै मान्थेँ। एकचोटि के भयो भने जिबि राई जीको टेलिभिजनमा मैले काम गरेँ । वहाँलाई कान्तिपुरले पेलेको पेल्यै थियो । उसको धन्दै तेहि त होनि। उहाँले शेयर लिनु भएन होला सायद । कान्तिपुरलाई दाम नचढाइ त बाँच्न पाइन्न यहाँ । अब आधारविहिन लेख्यो भने म कान्तिपुर घेर्न आउछु । गलत समाचार ,  गलत हेडलाईन लेख्नु भयो भने खबरदार ! म सहन सक्दिन मेरा साथी र शुभचिन्तकहरु लिएर कान्तिपुर घेर्न आउछु। सहि ढंगले लेख्नुस । तर गलत ढंगले लेख्ने कुनै पनि मिडियालाई म मान्दिन , टेर्दिन ।
सेतो पाटीमा कान्तिपुरले जे लेख्यो त्यसपछि त्यही कुरा १२,१५ भाइ कहाँ जान्छ । त्यसपछि फाच्चेफुच्चे भाइहरु पनि निस्किएका छ्न जस्तै शिलापत्र आदि । कम्युनिस्ट पार्टीका कट्टर कार्यकर्ता हुन  बसन्त । कसलाई थाहा छैन र ?  तपाईहरु यस्ता कुरा खुलेर गर्न सक्नु हुन्न । जीवन मै यो कुरा गर्न सक्नु हुने थिएन । आज मैले आट गरेँ । तपाईंको लाइफमा यो हुने वाला छैन । माधव नेपालसंग नजीक हुनुहुन्छ वहाँ त। त्यो सम्बन्ध जोगाउनु पर्ने छ नि त।
सबै भाइले पालैपालो लेख्न थाल्छन् । अनि सेतो पाटीले पनि लेख्छ। एक चोटि सेतो पाटीमा एक जना मैले पनि चिनेको साथी सम्पर्क मै आउनु भएको छैन भनेर लेख्नु भयो । त्यो साथी मसंग दिनभरी हुनुहुन्थ्यो तर वहाँको फोनै आएको थिएन ।
अर्को एउटा रिपोर्टमा  जिबि राई जिको नाम लिनु भो। उहाँ विचरा आफ्नो श्रीमती बितेको दस कि एघार दिनमा क्रियामा हुनुहुन्थ्यो । म वहाँ कै घरमा थिएँ। दुखमा  क्रिया बसेको मान्छेलाई फरार लेखिदिनु भयो ।  त्यो दिन देखि मैले आफुले आदर्श मानेको, राम्रो मानेको अमित ढकाल जीसितको मेरो विश्वास उड्यो।

कांग्रेसी बाह्रखरी

मैले असाध्यै मान्ने कार्टुनिष्ट हुनुहुन्छ राजेस जिसि । अझै पनि मान्छु । वहाँ बाह्रखरीमा हुनुहुन्छ । बाह्रखरी पनि त्यही भाइ मध्येमा पर्छ। कांग्रेसलाई जोगाउछ उसले भन्ने कुरा कसलाई थाहा छैन ? उसले पनि त्यही लेखी दिन्छ। सेड्युल अनुसार पालैपालो लेखिन्छ । मलाई दुख छ राजेस जी। प्लिज लिभ दयाट बाह्रखरी । तपाई प्रतिको सम्मान मेरो अलिकति बाँकी छ। मेरोमा तपाई प्रती भएको सम्मानलाई जोगाउन भए पनि छोड्नु होला।


पत्रकारितामा नारदमुनी बन्ने कि संजय ?

केदार शर्मा  दाइ तपाई प्रति मेरो सम्मान छ। तर त्यही कान्तिपुरले लेखेको न्युज हेरेर हेर ! फटाहा नभन्नोस मलाई । फटाइको कागज लेखेको समाचारलाई तपाईंले आधार मान्नु भएन।  तथ्यगत हुनुपर्यो । शुरुमा बार्गेनिङ गर्छ। बार्गेनिङ निमिलेको कारण न्युज लेख्छ। उसले मलाई गृह मन्त्रालयबाट हटाउनु थियो । कन्फ्लिक्ट अफ इन्टेरेस्ट मेरो थिएन उसको थियो । म गृहमन्त्री हुँदा उनीहरुको बेन्ड बज्ने वाला थियो । उसले कनफ्लिक्ट अफ इन्टेरेस्ट मलाई हटाउनमा लगायो। तर तपाईलाई लाग्यो कि म कन्फ्लिक्ट अफ इन्टेरेस्टमा छु। म कहिले पनि कन्फ्लिक्ट अफ इन्टेरेस्टमा छैन । मैले आफ्नो मुद्दा मिलाउनको लागि केहि पनि गरेको छैन ।

बिदेश बसेर डाह गर्ने साथीहरू पनि निस्किएका थिए । विदेश बस्ने साथीहरू नेपाल फर्कने अभियान चलाउँ भन्छन् । अभियान चलाउनै पर्दैन । टिकट काट्ने आउने नेपाल  । के को अभियान ? त्यस्तो रट लगाइरहन पर्दैन । स्वाभिमानको त्यति ख्याल , माया छ भने टिकट काट्ने आउने स्वदेश । अभियान कसैले चलाइ रहन पर्दैन ।
आजको यो कुराकानी स्ट्यान्डर्ड लागेको छैन नि । कस्तो तल झरेर कुरा गरेको ? यसको त कुनै लेबल नै रहेन रहेछ भन्ने तपाईलाई लागी रहेको होला । कस्तो स्तरहिन मान्छे रहेछ ? चौबाटोमा भट्टीमा बसेर गर्या जस्तो । रक्सी खाए जस्तो कुरा गरेको भन्नु होला। नेपाली पत्रकारिताको लेबल भएन। नेपाली जर्नलिजमले आफ्नो लेभल गुमायो। त्यो लेभल सम्झाउनको निम्ति मैले यो स्तरमा झर्नु परेको हो।
म सरकार र देश चलाउन  कि फेरि मैले पत्रकारिता गर्न फर्कौं भन्नोस त ? पत्रकारिता तपाईं चलाउनोस, म त्यो गाउँमा , ठाउँमा , गल्लीमा छैन। तपाईहरुको मै  राख्नोस पत्रकारितालाई   । हिजो म पत्रकार हुँदा तपाईहरुले मलाई पत्रकार मान्नु भएको थिएन र आज उप प्रधान गृहमन्त्री भन्दा त तपाईंको मुटु फुटिहाल्यो नि। तपाईंको मुटु फुट्दा काम लाग्ने एउटा मुटुको डाक्टर थिए तिनको पनि मुटु फुटी सक्यो । अब तपाईं कहाँ जाने? तपाईलाई परेको पिर यत्ति हो। तपाईंलाई पीर पर्छ भनेर यो देश तपाईंहरुको उल्झनमा अल्झिदैन। तपाईंहरुको रनभुल्ल भएको जिन्दगीमा यो देश अल्झिदैन। त्यसकारण आज मैले यो कुरा स्पष्ट पार्नै पर्छ। यसको परिणाम मैले कत्रो भोग्नु पर्छ मलाई थाहा छ। म तयार छु भोग्न।

परिणामको प्रवाह नगरी , वास्ता नगरी म आएको हो। म पत्रकारिता पढाउने मान्छे होईन । पढाउन सक्दिन । मेरो हैसियत छैन । तर म दुईवटा कुरा चाहिँ तपाईंलाई भन्छु । पत्रकारिता दुई किसिमको गरिन्छ । एउटा संजय बनेर र अर्को नारद मुनि बनेर पत्रकारिता गरिन्छ । संजय जसले  महाभारतको युद्धमा जे भएको थियो त्यही देखायो। यसरी देखायो कि एउटा दृष्टि बिहिनले पनि छर्लङ्ग देख्न सक्ने गरि महाभारतको युद्ध देखायो । अर्को नारदमुनी हुन्  जसले भएको कुरालाई पनि बांगोटिंगो गर्दै देखायो । तपाई संजय बन्ने कि नारदमुनी बन्ने आजको दिनमा निर्णय गर्नुहोला । यस्ता बुम, क्यामरा, संपादक, पत्रीका ,अन्लाईन  बजारमा छ्याप छ्याप्ती पाइन्छ । सबै कुरा पाइन्छ ,ईमान पाइदैन । यो अंगले बाटो बिरायो भने समाज भड्किन्छ। बिदेशी शक्तिहरुको आडमा मुलुक गयो मुलुकमा बिदेशी शक्तिको चलखेल भयो , अड्डा बनाइयो भनियो। बिदेशीहरुको चलखेल होईन ।

यिनै मिडियाहरुले बिदेशीको एजेन्ट हुँ म भनेर बिदेशीसंग सम्बन्ध बिगारेका छ्न। र उसले लेखेपछी त कान्तिपुरले लेख्यो ओहो यो त इन्डियाको लाइन हो इन्डियाले भन्यो होला भनेर इन्डियाको नाम लिएर हामीलाई यहाँ तर्साइरहेका छ्न। कसरी इन्डिया हुन्छ ? त्यो इन्डिया होइन ।


मोदीलाई संदेश

म मिस्टर मोदिलाइ भन्न चाहन्छु । मिस्टर मोदि वी निड टु वर्क अन दिस। प्लिज डोन्ट बिलिभ दिज पिपोल। योर एजेन्ट ईज नट योर एजेन्ट। दे आर नट आवर एजेन्ट। दे आर नोबडी । दे ह्याव देयर इन्टेरेस्ट। आइ वान्ट सम फेल्लो इन्डियन अन्डर्स्टान्ड दिस ।
मोदि जि जो लोग आप के नाम पे यहाँ लुट रहे है। वो लोग नेपाल और भारत के सम्बन्ध आगे बढानेका नहि सोच रहा है। आपको लगरहा होगा हमारे सम्बन्ध बहुत उचाई पर चढ गइ है । ये बोल्ने वाले बात है। ये लोग जो एजेन्ट बनकर काम कर रहे है उन पर विश्वास करना बन्द किजिए । सिधी बात किजिए आप। कोहि एजेन्ट आपके लिए इन्डिया के लिए  यहाँ पर चला रहा है वो धन्दाको बन्द किजिए । अगर आपको सचमुच लगता है कि नेपाल और भारत बहुत अच्छे मित्र है और हमारे रिलेसन अच्छा बनानी चाहिए तो बीच मे कोहि आदमी मत भेजिएगा। कोहि पत्रकारको मत भेजिए , कोहि एजेन्टको मत भेजिएगा । कोहि प्रकाशकको मत भेजिएगा। सिधी बात किजिएगा। अगर नेपाल और भारतका सम्बन्ध अच्छा बनाना चाहते हो तो हम लोगोको ऐसे इन्ट्याक रहना चाहिए । बीच मे जगा रखदेगो तो लोग आके आपके नाम लेके इसको लुटेगा जो आपके देश के लिए और हमारे देश के लिए भि हानिकारक है। और इन लोगोको वजह से हमारा सम्बन्ध कभी भि अच्छा नहि होगा। आज राष्ट्रियवादी बनना है तो इन्डियाको गाली करना मजबुर हो रहे है । ये लोग ये बना रहे है।

डरको राजनीति

म एकदमै धेरै बौद्धिक मान्छे होईन तर तपाईलाई झुक्याउन सक्ने बौद्धिकता चाहिँ छ मसंग। तर मैले त्यसो गर्न चाहिन आज । म हृदयबाट बोल्न चाहन्छु । जे छु त्यही म हुँ । म त्योभन्दा बाहिर जान चाहन्न ।

एउटा चिज म तपाईलाई सुनाउन चाहन्छु । हामी भित्र डरै डर छ । एउटा कुरा ध्यान दिएर सुन्नु होला । जो डराउछ त्यसको लुक्ने ठाउँ हुदैन । त्यसले लुक्ने ठाउँ पाउदैन । म डराएर राजनीति गर्न आएको होइन । कत्रा कत्रा व्यवस्था विरुद्ध नडराइकन लडेका नेताहरु आज पत्रकारले यस्तो राम्रो लेखिदिए हुन्थ्यो कि भनेर त्यो पत्रकारलाई उपहार दिने होकि त्यो पत्रकारलाई फकाउने हो कि । त्यो पत्रीकाको साहुलाई हातमा लिएर राख्ने होकि भनेर डराएर राजनीति गरेका छन् । यसरी  डराएर राजनीति गरेर यो देश माथी लाग्दैन । पत्रकारको काम आफ्नो पत्रकारिता गर्ने हो। नेताको काम मुलुकका लागी काम गर्ने हो। काम गर्नको लागी हरेक राजनीतिक दलसंग आआफ्नो पत्रीका , अन्लाईन छ्न । हामीसंग कोहि पनि  छैन । भएको एउटा टेलिभिजन पनि छोडेर राजनीतिमा आएको हो। त्यसकारणले यो कुरा म स्पष्ट पार्न चाहन्छु , म आफ्नो बाटो हिड्न चाहन्छु । भविष्यमा कुनै पनि पत्रीकाले गलत लेख्यो भने म त्यो पत्रीका वा अन्लाईन कार्यलयमा साथीहरू सहित गएर धर्ना बस्छु।रवि लामिछानेको स्वार्थको द्वन्द जस्ता हेडलाईन राखेर प्रधानमन्त्री जस्ताको सातो लिएका छ्न यिनिहरुले । के को लागि ? चार वर्ष अगाडि मैले आफै भनिसकेको कुराको लागी सातो लिएको ? अब मलाई तपाईंहरुले गर्ने भनेको के हो र ? अब यो पार्टीबाट निकाल्नु हुन्छ ? देशबाट  निकाल्नु हुन्छ ? त्यही त बाकी होला नि । म तयार छु। हेर्नुस्  राजनीति भनेको कुनै पनि बेथिति विरुद्ध लडनुको लागी लडिने हो। हिजोको दिनको बेतिथी राणा शासन थियो  होला । अर्को दिनको बेथिति  शाही शासन थियो होला। अहिलेको बेथिति मिडियाको बेथिति छ। यो कुरा नोट गरेर राख्नुहोस। मैले तपाई उपस्थित मिडियालाई भनेको मात्र होईन  । तपाईंहरुको र तपाईहरुको भविष्यलाई ध्यान दिएर पनि भनेको हुँ।तपाईंको भविष्य पनि सुरक्षित छैन । यसरी साहुले अह्राएको र खटाएको पत्रकारिता गरेर कहिले सम्म भात खानु हुन्छ साथीहरू । एकदिन हाम्रो पार्टीमा खाना खान आउनुहोस् । इमानले बनाएर कमाएर खाएको खानाको स्वाद कस्तो हुन्छ म देखाउछु आउनुहोस् । स्वादै अर्कै हुन्छ ।

पासपोर्ट राजनीति

अर्को कुरा। मलाई थाहा छ । अब यसलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर । पासपोर्ट दुरुपयोगमा फौजदारी लाग्यो भने त जिन्दगीभर चुनाव लड्न पाउदैन । त्यसको लागि १२ भाइ यतिन्जेलमा मिलिसके होलान् अब। मिटिङ हुदै होला । यो देशको सारा बेथितिको कारण रवि हो । यसलाई हटायो भने सबै ठिक हुन्छ भनेर हटाइदिए। सिद्वि गो।
तपाईंहरुलाई के बताउ म ! आज नेपाली जनतालाई दुख पर्यो भने युवराज कडेल, बिरेन्द्र कोयु, रमेश प्रसाइलाइ खोज्दै हिडछ्न । तपाईं पत्रकारलाई खोज्दैनन। तपाई यिनै ठाँउहरुलाई प्रभावित पार्न मात्र पत्रकारिता गरिरहनु भएको छ। यो चिजबाट बाहिर निस्कनु होस। नेपाली जनताको मुद्दामा काम गर्न आउनुहोस् । पत्रीका तपाईंले चलाउने हो देश हामीले चलाउने हो। देश चलाउन मन छ भने चितवन २ मा मसंग चुनाव लडन आउनुहोस् एकेक जना । अमित ढकाल, धर्मराज भुसाल पनि आउनुहोस् ।कनकमणी दिक्षित , दिलभुषण पाठक पनि आउनुहोस् । मलाई गाली गरेको देख्नेबित्तिकै रिट्विट गर्न हतार हुन्छ वहाँलाई । त्यसपछि होर! होर! भन्ने ग्रुप आइ हाल्छ । तर म तर्सिन्न नि। अलिअलि भएको डर पनि आज सिध्याएँ। यसरी तर्साउन पाइदैन ।
पासपोर्टमा फसाउन सकिन्छ । पासपोर्टमा फस्छ यो भनेर तयार भएर बसेकाहरुलाइ म भन्न चाहन्छु । फसाउनु होला मजाले। केहि छैन म लड्छु। म मुद्दा आफै लड्छु। हिजो देशको उप प्रधानमन्त्री तथा गृहमन्त्रीको मन्त्रालयमा हुँदा खेरी त मैले केहि पनि गर्न सकिन भने अलरेडी बाहिर आएको डकुमेन्टमा मैले के गर्न सकुँला र ?


गृहमन्त्री हुँदाका कार्य

गृह मन्त्रालयमा १२,१३ वर्ष देखि धाएको मान्छेको समस्यालाई १२ मिनेटमा हामीले समाधान गरिदिएका छौं । जनताको काम गर्ने  लोभको लागि गृह मन्त्रालय जान चाहन्छु । जति नै गाली खाए पनि अहिले बोलाए पनि  जान्छु । पद लोलुप भएर होईन काम गर्नको लागी जान्छु । मैले काम गरेको छु। देखाइदिन्छु तपाईलाई ।
आज प्रहरीको सरुवामा खानुपरेको छ, बढुुवामा खानुपरेको छ, सिडियो सरुवामा खानुपरेको छ। त्यसरी खान पल्केकोहरुको बेन्ड बज्नेछ म गृह मन्त्रालय गएँ भने ।
रामेश्वर थापालाई त एउटा  हवल्दार सार्न पनि इन्टेरेस्ट छ । मेरो मुद्दा भएको दिन बिहान उहाँ कुन कुन न्यायाधीश कहाँ जानू भो खोज्नुहोस। तर तपाईंले सक्नु हुन्न खोज्न । सरि माफ पाउँ । आम्मुइ रामेश्वर थापालाई चलाउने ?, कैलास सिरोहियालाई चलाउने ?
तर एउटा बिन्दुमा आएर हामीले आँट गर्नु पर्छ । आफ्नो रिस र आक्रोश मैले भनेको होइन ।  धेरै विषयहरु छन चन्द्रगिरि केबल कारमा वहाँले खाएको कसलाई थाहा छैन र ? वहाँले खाएको सबैलाई थाहा भएर कार्वाहीमा नपर्ने वहाँ राजा, महाराज । बरु राजाको छोरा सडकमा बसेको छ। म राजावादी होईन नेपालवादी हो भन्छन् ।

कैलास सिरोहिया कस्तो पावरफुल मान्छे ! जाँड खाएर , गाडी ठोक्काएर,मान्छे घाइते भएर अस्पतालमा लगेर अर्काको नाम हालेर मुद्दा राफसाफ गर्ने  बाफरे बाफ। लोकतन्त्र वहाँलाई पावरफुल बनाउन बनेको हो ? अर्काको जग्गा खाइदिनको लागि बनेको हो ? बैंकलाई तर्साउनलाइ बनेको हो? न्युज हल्दिन्छु नत्र सिध्याइदिन्छु भनेर बनेको हो। अर्काले अरबौं खर्च गरेर , घर जग्गा बन्दकी राखेर गरेको व्यापार व्यवसायमा उसलाई शेयर दिनुपर्ने शेयर नदिए सिध्याइदिन्छ रे । अनि लेखिदिन्छ हेडलाईन । पढ्न त त्यो कसैले पनि पढ्दैन। कसले पढ्छ ? जहाँ प्रभाव पार्न खोजिएको त्यहाँ पुग्छ र अख्तियार हेर्यो भने ? भनेर तर्सिन्छ्न। यसरी सातो लिन्छ्न। पहिला पहिला यस्तो काम जनआस्थाले गर्थ्यो। जजसको बारेमा लेखेको हो त्यहाँ लगेर हाल्दिने गर्थें ।
यस्तो किसिमको पत्रकारिताबाट बाहिर निस्कनु पर्छ ।

मैले बाकसमा नफर्कने विचार गरें

र  अपराधको विषयमा  कुरा गरुम । म आमाको काखमा फर्किएको मान्छे हो। यो देशमा के मान्छे बाकसमा मात्रै फर्कनु पर्ने  हो ? म बाकसमा होईन सास लिएर फर्केको मान्छे हो। आँट गरेर फर्केको हो, यो देशमा केहि गर्छु भनेर । देशमा युद्ध चलेको थियो । म पनि लाखौं युवाहरू जस्तै आफ्नो भविष्य खोज्दै विदेश गएको हुँ । फर्केर आउँदा पनि मलाई एकदम धेरै अपमानित गरेका कारणले म त्यो अपमान सहन नसकेर फेरि बिदेश फर्केर गएको हुँ। तर अब नेपाल नै फर्कन्छु  भनेर आएको हुँ। आउने बेलामा आफुलाइ चाहिने पासपोर्ट लाइसेन्स लगायतका चिजहरु बनाएको हुँ ।त्यसको उपयोग ,दुरुपयोग केहि गरेको छैन ।
मेरा कारणले के कति क्षति भयो, के कति बिग्रीयो? कसलाई नोक्सान भयो ? मैले सोध्न चाहेको प्रश्न यति मात्र हो।

अमित ढकालको अर्को षड्यन्त्र

अमित ढकाल

आदरणीय पत्रकार साथीहरू ! आजको अभिव्यक्तिमा म अलिकति आक्रोसित भएको छु । त्यसलाई अन्यथा नलिइ दिनु होला ।  हामी एउटा उदेश्य बोकेर हिडेका  छौँ । चार महिनाको अवधिमा मलाई कसैले सोधेन । एक महिना धाएर अमित ढकाल जीले एकजना साथीलाई मकहाँ पठाउनु भयो । मैले इन्टर्भ्यु दिन्न है भनेको थिएँ। इन्टरभ्यु होईन भन्नू भएको थियो। वहाँ आउनु भयो । इतिहास कै सबैभन्दा लामो लेख लेखेर जानुभयो । त्यस लेखमा मलाई  यो मान्छे भनेको चरीत्रहिन , महत्वाकांक्षी , यसको केहि पनि छैन , यो अमेरिका बस्छ , यो हावा हो, हसाउँने ट्वाक्क टुक्क गरेर हिड्ने मान्छे , यसमा  केहि सिरियसनेस छैन भनेर यति लामो लेख्नु भयो कि भानुभक्त जीले जुन आर्टिकलले गर्दा  राम्रो राम्रो उमेदवारहरु चुनाव लड्न  आउनु भएन। भानुभक्त जि एकदमै राम्रो पत्रकार हो मेरो सम्मान छ वहाँ प्रति ।

रास्वपाको प्रधानमन्त्री बनाउने रणनीति

कुनै पत्रकारले सोध्यो मलाई कि चार पाँच  महिनाको बीचमा २० जना सांसद नयाँ अनुहारका साथीहरू बोकेर नयाँ पार्टी खोलेर तपाईं यो देश बदल्न पुग्नु भएको छ , तपाईको इलेक्सन क्याम्पेन कसरी भयो ? यो कसरी संभब भयो ?  यसलाई सफलताको कथा बनाएर कसैले लेखेको छ ? को को छ्न तपाईका टिमका मान्छेहरु , रणनीति के हो ? सोधियो ?
हामीले कसैसँग एक पैसा चन्दा लिएका छैनौं । हाम्रो पाटीको निति छ कुनै पनि व्यापारीले हामीलाई चन्दा दिने होइन । इच्छाले देखाएर चन्दा लिने हो। अब म यहीँबाट आव्हान गर्न चाहन्छु हामी पाँच वर्षको लागी एक हजार रुपैयाँ मेम्बरसीप फि लिन्छौं । एक निर्वाचन कार्यकालको लागि एक हजार आम जनताबाट लिन्छौं । मलाई विश्वास छ लाखौं जनताले त्यो एक हजार दिएर मेम्बरसीप  लिन्छन् । जनताले दिएको त्यो १ हजार महंगो हो । तर देशलाई महंगो पर्ने गरि कुनै व्यापारिक घराना वा स्वार्थ समुहबाट पैसा  लिदैनौ। यो रकम  तपाईहरुलाई महंगो पर्न गएकोमा माफ चाहन्छौं। तिर्ने क्षमता नभएका , आर्थिक हैसियत कमजोर भएका साथीहरूले तिर्नु पर्दैन । तीन जना केन्द्रिय समितिका साथीहरूले वहाँ कमजोर हुनुहुन्छ भनेर सिफारिस गर्‍यो भने हामी लिदैनौं। तर सक्नेले तिर्नुहोला एक हजार रुपैयाँमा मेम्बरसीप पाइन्छ । र कसैको जुठो नखाइकन यो पार्टी चलाउछौं। कसैसँग नडराइकन अगाडि बढ्छौं।आउने चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउने गरि अब उप प्रधान तथा गृह होइन प्रधानमन्त्री हुनेगरी काम गर्न हामी लागिपरेर बसेकाछौं।

म मरे पनि पार्टी मर्ने छैन

अब मैले यसो भनेपछि त १२ भाइलाई त पासपोर्टको भुत लाग्ने भो। पासपोर्टमा ड्याम्म फसाइदिए पछि त आजिवन राजनीति गर्न पाइन्न। तर म जेल परे पनि, म मरे पनि , म बहुलाए पनि  राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छ । यो एउटा मिसन हो। एउटा व्यक्तिलाई अगाडि बढाउन हामी लागेका होइनौं । बेथितिबाट वाक्कदिक्क भएर हामी यस पटक चुनावमा गएका हौं ।
म सम्माननिय प्रधानमन्त्री ज्युलाइ र अध्यक्ष केपि ओलि ज्युलाइ धन्यवाद भन्दछु। आज स्वतन्त्रतापूर्वक काम गर्ने अधिकार वहाँहरुले हामीलाई दिनु भएको छ। एउटा स्पिरिट मिलेको छ प्रधानमन्त्री ज्युसंग। र मैले वहाँलाई भनेको थिएँ तपाईंसंग चुनाव लड्न तपाईलाई हराउन भनेर म गएको थिएँ। तपाईसंग मेरो एकदम धेरै विमति थियो तर तपाई कै सरकारमा म किन आउदैछु भने यस पटक तपाईलाई काम गरेर देखाउनु छ । यस पटक गरेर देखाउने आँट पनि छ मैले भनेँ।
सम्माननिय प्रधानमन्त्री ज्युले मलाई पटकपटक भन्नुभएको छ म मजाले काम गरेर देखाउछु। मलाई मजाले काम गर्न दिनुहोस् भन्नुभएपछी ल ठिक छ तपाईंको साथमा हामी छौं । तपाईंको क्यबिनेटलाई सफल बनाएर राख्नेछौं । तपाई काम गर्नुहोस् । त्यसपछि केपि ओलि जिको पालोमा पनि म काम गर्नका लागि म तयार भएँ । यो कार्यकालमा हामी झाडी सफा गर्छौ । त्यसपछि तपाईहरुको सहमति अनुसार होला तर हामी काम गर्छौ भनेर वहाँले भन्नुभयो। मेरो वर्तमान व्यवस्था प्रतिको प्रतिबद्धता त मैले बारम्बार भन्दै आएको छु।

हामी जनतालाई राजा बनाउन हिडेका हौं ।
यस पटक यति भन्न चाहन्छु लोकतन्त्र थिएन भने म जस्तो मान्छेले निर्वाचित भएर सत्ताको विरुद्ध आगो ओकलेर, राजनीतिमा आएर ,मिडियामा गएर, आम जनताको विषय उठाएर र राजनीतिक दलले गरेका बदमासीको भन्डाफोर गरेर ,चुनावमा उठेर जितेर, उपप्रधानमन्त्री र गृहमन्त्री बन्न सक्ने ल्याकत म राख्दिन  थिएँ। यो व्यवस्था भएकै कारण यी कुरा संभव भएका हुन। यस अर्थमा यो व्यवस्था ल्याउनेहरु प्रति हाम्रो सम्मान छ। यदि अरु कुनै अरु निरंकुश  व्यवस्था  हुन्थ्यो भने हामी जस्ता मान्छेले बोल्न पाउदैनथ्यौं।

हामी राष्ट्रिय स्वतन्त्र पार्टी हौँ । हामी हाम्रै ढंगले यही माटोमा आफ्नो बिचार अगाडि लिएर जान चाहन्छौं । तर  पार्टी खोल्न पाएको छैन मुद्दा , चुनाव चिन्ह आएको छैन मुद्दा , गर्नु चाहिँ के त?
अब मन्त्री क्वाटर खालि गरेन भनेर लेख्नु भो । त्यसपछि सामान चोरेर लग्यो भनेर लेख्नुहुन्छ भनेर केहि नलिइ म आफू निस्केको छु । म त्यो एरियामा पनि गएको छैन । सामान चाहिँ ल्याउदै गरौंला केहि फरक पर्दैन । अमित ढकाल , शिव गाउले , धर्मराज , दिल भूषण ,कैलास सिरोहिया सबैलाई फोन गरेर बोलाउनोस है चेक गर्न नत्र सामान चोरेर लग्यो भनेर लेख्लान । मेरा सामान त्यहीँ राखिरहेको छु। मेरी श्रीमतीले मेरो लुगा छैन गन्हाइसक्यो भन्दा नजाउँ लुगा लिन नजाउँ हामी । यिनिहरुले फेरि त्यहाँ भएका सामान चोरेर लग्यो भन्छन् भनेर थम्थम्याएँ। यीनिहरु यति पापी छ्न , यति दुख दिएका छ्न यीनिहरुले मलाई । सामान चोरेर लग्यो सम्म लेख्न यिनिहरु हिचकिचाउदैनन। लेख्न सकिन्छ कि भनेर चियाउन शुद्ध गएका थिए । मेरो पनि यो पाइन्ट अहिलेसम्म चेन्ज गरेको छैन ।

स्टन्ट गरेर पपुलर हुने प्रयास

हामीले गरेका राम्रा चिजहरु  हाइलाइट गर्नोस् भनेको छैन हामीले । नेपाली जनताले देखी हालेका छ्न। मलाई हरेक कुरामा स्टन्ट गरेको भन्छ्न। पपुलर हुन खोज्छ भन्छ। हो म लोकप्रिय बन्न चाहन्छु । हो ! सत्कर्म गरेर पपुलर हुने चाहना नै मेरो जिन्दगीको चाहना हो। कसैलाई पैसा कमाउने इच्छा होला , कसैलाई के कमाउने रहर होला । मलाई नाम कमाउने रहर छ । तर नाम कमाउदा म सत्कर्म गर्छु ।

लेख्नुस त मैले आजसम्म गरेको अपराध । दुर्गम कालिकोटमा अस्पताल बन्यो । डाक्टर मुकुल ढकालसंग मेरो त्यहाँबाट चिनजान भयो। क्यान्सरबाट सर्भाइव गरेको मान्छे हो वहाँ । वहाँले कालिकोटमा एउटा अस्पताल बनाउने प्रस्ताव ल्याउनु भयो । एउटा कम्युनिटी अस्पताल बनाउने लक्ष्य थियो । तर हामीले फन्ड रेज गर्दा यस्तो दुर्गम ठाउँमा अस्पताल बनाएपछि त अलि ठुलै बनाउ ताकि पछिसम्म काम लागोस भनेर सरकारलाई सोध्यौं। प्रदेश सरकार र केन्द्रिय सरकारले २,४ करोड त हामी दिइहाल्छौ भन्यो । हामीले काम गर्न थाल्यौं । सरकारले पैसा दिएन। सरकार फेरियो । हाम्रो टाउकोमा लोन परयो। चार पाँच करोड फन्ड उठेको थियो । अस्पताल निर्माण गर्यौं। गएर त हेर्नुस् त्यो कालिकोटमा कसरी अस्पताल बनिएको छ।

कसैसँग डराउदिन म । नेपाली जनतासंग डराउछु। गलत काम गर्छु कि भनेर डराउछु। मर्न पनि डर छैन। लोभ पनि राखेको छैन  ।
त्यसरी अस्पताल बनाइयो कालिकोटमा। तर  चार वटा नेताले राती रक्सी खुवाउछ भन्दैमा त्यसको लागि यति खेदो खनेर लेखियो। रामेश्वर मार्काका ट्विटेहरुले उधुम मच्चाए त्यहाँ । त्यो ट्विटर गर्नेहरुले त मलाई नगरकोटमा गाई चराउन सक्छ पनि भन्दैन। गाई चराएर पनि खान सक्दैन भन्छन । यति सम्म अपमानित गर्छन मलाइ। अमेरिकाको घर जग्गा सबै सम्पत्ति सबै बेचिसकें। अहिले फेरि पुरानो के भेटाएको रहेछ त्यो पनि भन्दिसकेको छु ।
त्यो अस्पतालमा मान्छेले दिएको अडिट रिपोर्ट सबै राखिदिएका छौं । चन्दा दिनेको रेकर्ड राखिएको छ। तपाइँहरूलाई अझ चित्त दुख्ने कुरा बताउँछु। किन यति रिसाएको होला मसंग मिडिया ? मैले खाइदिएको के छ? न तपाईंहरुको जस्तो टेलिभिजन छ मसंग । मैले आफ्नै मौलिक कार्यक्रम चलाएको थिएँ । न नेतालाई ल्याएर इन्टरभ्यु गरेको हो। दुखमा परेको जनताको काम गरेको हो। नेपालको नाममा वर्ल्ड रेकर्ड राखेको छु। म नेपाली होईन ? म नेपाली होइन भने मुसरहरुको घर बनाउने को हो? दुर्गम कालिकोटमा अस्पताल बनाउने मान्छे नेपाली होईन भने त्यो को हो ? कहाँको मान्छे हो त्यो ? दुख परेका मान्छेहरुका पक्षमा न्यायको लागि लड्ने को हो? किसानका लागि लड्ने को हो ? को हुँ म त्यतिखेर ? म यति कुरा तपाईहरुलाइ राख्न चाहन्छु ।

रवि लामिछाने फाउन्डेसनको नेतृत्वमा निर्मित कालिकोटको अस्पताल

र अन्तमा म एउटा कुरा गर्न चाहन्छु । त्यो अस्पतालमा सबै चिज राखिएकोको छ। कोभिडका बेलामा हामीले अक्सिजनको जोहो गरयौं । र पनि त्यहाँ  गाली गलौज गर्न थालियो हामीलाई । धेरै मान्छेको ज्यान बचेका कारण  एउटा ट्रमा सेन्टरले भन्यो भने आज तपाईंले अक्सिजन नल्याएको भए त्यहाँ ७२ जना मान्छे मर्ने थिए । तपाईंले समयमा ल्याइदिएर ७२ जना मान्छेको ज्यान बचाइदिनु भो रवि जी धन्यवाद भनेर त्यहाँको डाक्टरले अंगालो हाल्नु भो। म कहिले रेकग्निसन , अवार्ड लिन्न। मैले वर्ल्ड रेकर्ड पनि भित्तामा टाँसेको छैन । म सामान्य बस्छु।केही पनि लिन्न।

भगवान भएको आरोप

७२ जना मान्छेको बाचेको चाहिँ मलाई लेखेर दिनोस न मैले भने । पछि फेरि त्यो रामेश्वर मार्काकाहरुले त्यहाँ फेरि भगवान हुन शुरु गर्यो भनेर लेख्न थाले । तर म आत्तिएको थिएन  । तर म यस पटक चाहिँ आत्तिए। दुनियाँको सबैभन्दा बेथितियुक्त  मानिस रवि नै रहेछ भने भाष्य तयार पारियो। त्यसकारण यसपालि म आत्तिएको  हुँ । ती बाह्र भाइले अर्काले दिएको रक्सी खान्छन् । उनीहरुले पत्रकार भएर कति ट्याक्स तिरेका छ्न हेरौं त। ती मध्ये एउटाले मैले यति खायो भनेर लेख्छ । मैले त ट्याक्स तिरेर, इन्डोर्समेन्ट गरेर खान्छु नि। कुनै नेता व्यापारीको खाको छुइन।

मन्त्रालयमा ल्याइएको सुधार

मैले गृहमन्त्रालयमा गरेको चिज बताउछु म तपाईहरुलाई । गृह मन्त्रालयमा हामीले सिंह दरवार आम नागरिकको लागि खुला गर्न रेडि पारेर राखेका छौँ । अब जाने मन्त्रीले एउटा साइन गरेपछि पुरा हुन्छ । आम सर्वसाधारणको लागि खोल्ने डकुमेन्ट रेडि छ। तर १२ भाइले यो देख्दैनन। उनीहरु त जे देख्न चाहन्छ्न त्यही मात्र  देख्छ्न। अझ  तिरिमिरी भएकोले के देख्छन् र ? हिजो खाएको जाँड छ्ल्छ्ल्ती आउनु पर्यो नि पत्रीकामा गन्हाउने गरि । मेरो काम देख्दैनन तिनले ।  क्रसरमा हात हाल्यो सिध्यायो भन्दियो। मेरो पुलिस कसैको घरमा भाँडा माझेर बस्दैन। धनाढ्य  भन्दा धनाढ्य व्यापारीहरुले लु एउटा पिएसओ चै मलाई राखिदिनु पर्यो भनेर मलाई फोन गर्छन् । त्यत्रो धन सम्पत्ति कमाएको छ एउटा प्राइभेट सेक्युरिटी राख्न सक्दैनौं । राज्यको स्रोतलाई दोहन गर्न पाउदा राजा भएको महसुस गर्नेहरू छ्न। सबै मान्छे फिर्ता पठाउ भन्दै थिएँ । वहाँहरुलाइ चित्त बुझेन। त्यसपछि पुलिसलाई नेता भेट्न बन्द गराइदिएको थिएँ। कुनै पनि युनिफर्म लगाएको प्रहरी नेताको घरमा चाकडी गरेर बस्छ भने त्यसको फुली खोस्नु भनेर मैले इन्स्ट्रक्सन दिएँ। अब एउटा मान्छे समाउन सकेन  भन्यो । अहिले समायो? क कसलाई समायो?

अन्त्यमा म आन्दोलनकारीको माग पुरा गर्न तम्तयार भएर बसेको मान्छे हुँ। आन्दोलनजिविहरुको होईन । आन्दोलनकारी र आन्दोलनजिविमा फरक छ। हरेक घटना आइसकेपछि त्यसको अन्तसम्म गएर अनुसन्धान गर्न लगाएको छु। सात वटा प्रदेशमा डिआइजीहरु जो एआइजी हुन पाइन्छ भनेर बसिरहनु भएको थियो यहीँ काठमाडौमा । अब सिभी होइन परफमेन्सको आधारमा प्रोमोसन हुन्छ । परफर्म गरेर देखाउनोस सात प्रदेशको इन्चार्ज भएर हाकेर जानुस् । तपाईंको कामको मुल्यांकनको आधारमा आइजी हुनुहुन्छ । जसको निम्ति तपाईंले अपराध नियन्त्रण गर्नु भयो कि भएन , लागु औषध नियन्त्रण गर्नु भयो कि भएन? चेलीबेटी बेचबिखन रिपोर्ट गर्नु भयो कि भएन? बालबालिका सुरक्षित छ्न कि छैनन् ?, गुन्डागर्दी के छ? यस्ता कुराका आधारमा तपाईंहरु आइजी हुने हो सिभी, फाइल बोक्नु पर्दैन भनेपछि इतिहासमा पहिलो चोटि एक पैसाको चलखेल नभईकन त्यत्रो ठुलो सरुवाहरु  भयो ।

सिडियोहरुको सरुवामा बिधि बनाइयो । कैयौं सिडियो साहेबहरु मेरोमा आएर रोएर भन्नू भयो मन्त्री ज्यु न मेरो कोही चिनेको मान्छे  थियो  न मसंग दुई पैसा थियो । म सरप्राइज भएँ मलाई सिडियो तपाईंले बनाइदिनु भएछ । म यस्तो खुशी भएँ  भन्दै आँखा भरी आशु झारेर रोएर जानू भयो । साक्षीहरु यहीँ हुनुहुन्छ ।  त्यसरी मैले काम गरेर आएको थिएँ। अब त्यो त रुचेन १२ भाइलाई । मन परेन। मन नपरेपछि १२ भाइ जाँड खान बसिहाले। १२ भाइ बसेपछि पत्ता साफ । मलाई फेरि गृह मन्त्रालय जान मन थियो । मलाई अहिले पनि गृह मन्त्रालय जान पाए हुन्थ्यो भन्ने लाग्छ  । मैले राजनीति गरेकै गृह मन्त्री चै पहिला हुनुपर्छ भनेर हो। किन भने सरकार छ भन्ने कुरा महसुस गराउने ठाउँ नै गृह मन्त्रालय हो। त्यसकारणले गृह मन्त्रालय मलाई चाहिएको हो। मलाई अरु कुनै कारणले चाहिएको होइन ।  मैले एउटा मान्छे राखेको छैन । गृहमन्त्रीले दैनिक खर्च गर्ने चिजहरु हुन्छ , केहि पनि मैले  खर्च गरेको छैन । एउटा मान्छे आफ्नो राखेको छैन। गृह मन्त्रीले दैनिक खर्च गर्ने चिजहरु हुन्छ त्यो केही पनि मैले खर्च गरिन। बिदाको दिनमा आफ्नो आफ्नो गाडी चलाएर बसेको छु । केहि पनि देख्नु हुन्न १२ भाइले। बरु सबै मैले गरेको कुरालाई स्टन्ट देख्नु हुन्छ। पानी ल्यायो स्टन्ट,एयरपोर्टमा बस चढेर हिड्यो स्टन्ट,ट्राफिक लाइटमा मन्त्री । गृहमन्त्री जनता संगसंगै जानलाई बसेको पछाडि बसेको सेक्युरिटी मलाई चाहिदैन भनेर इन्स्पेक्टरलाई हटाएर सहि असही राखेर गएको छु । यसबारे लेख्नुभएको छ ? कतै सुन्नु , देख्नु भएको छ? किन देख्नु हुन्थ्यो तपाईंले ? तपाईंहरुको एउटा दुश्मन रवि लामिछाने भन्ने आएको छ। तपाईंको भाग खाइदियो नि रविले। सिध्याइदियो नि। 

कनकमणी दिक्षित

पब्लिक संग हिडेकोछु , राष्ट्रको प्रोपर्टी चलाएको छैन , प्राइभेट गाडीमा प्राइभेट काममा हिडेको छु, सेक्युरिटीको मिस युज गरेको छैन, ट्राफिक लाइटमा, लेनमा हिडेको छु। जनतासंग सहकार्य गरेको छु। सरुवाबढुवामा चलखेल गरेको छैन । बिधि बनाएर काम अगाडि बढाउदै छु। जनताका लागि सिंह दरबार खोल्दै छु। अबैध क्रसर बन्द गराउदैछु। बैध बनाउनको लागि मापदण्ड तयार पार्दैछु। व्हिल चेयर लगायत अपांगता भएका साथीहरूलाई सिंह दरबार ल्याउनका लागी सटलको व्यवस्था गर्दैछु। पुराना केसहरुलाइ हेर्नको निमित्त कानुन बनाइ रहेको छु। प्रहरीको चलखेल बन्द गर्न खोजिरहेको छु। नेपाल प्रहरीका जवानलाई १६ वर्ष सेवा गरेपछि ऐच्छिक अवकाशको नीति बनाउन काम गरिरहेको छु। प्रहरी ऐनमा काम गरिरहेछु, अन्य स्थानीय प्रशासन ऐनमा काम गरिरहेको छु। बोर्डर सेक्युरिटीको लागी विदेशका कैयौं ठाँउमा रेस्क्यु हेलिकप्टर देखी लिएर वार रुम बनाउनको लागि संझौता गर्न जान मात्र रेडि भएर हिडेको छु। यी सबै चिज त १२ भाइ जड्याहा पत्रकारले देख्दैनन। तिनले त खाली सिट छोडेर बसमा उभिएको मात्र देख्छन् । बस्दाबस्दा वाक्क लागेर उठेको मात्र हो म। मैले उठ्न  पनि नपाउनु? नेपाली लुगा लाउदैन भन्छन । म नेपाल कै लुगा लाउछु।
कमजोरी खोजेर  हिडेको छ। म नेपाली जनताको आशा  भरोसा र विश्वास बोकेर आएको मान्छेलाई लखेटेको लखेटेइ गर्ने ? पाँच वर्ष यहाँहरुले मलाई लखेट्नु भो । पहिले लखेट्नेहरु अर्कै थिए । अब लखेट्नेहरुको अनुहार बदलिएर आएको छ । यति लखेटे मलाई यति लखेटे, लखेट्दा लखेट्दा मलाई उपप्रधानमन्त्री र गृहमन्त्री सम्म बनाइ दिए  र अझै लखेट्दै छ्न। अब के बनाउलान ? प्रधानमन्त्री ?

मलाई त्रीशुलीमा खसाएर मारे पनि विचार जन्मिसकेको छ


अब सुपर अन्त्यमा मलाई यति लखेटे कि मलाई उपप्रधानमन्त्री बनाएर छाडे । अझै लखेटिरहेछ्न । अब बाटोमा हिड्यो भने त्रीसुली तिर खसालिदिने उपाय छ। म खसेछु भने पनि विचार जन्मिसकेको छ, विचार मर्दैन। अन्य धेरै उपाय छ्न। को सुरक्षित छ्न र यहाँ ? म जाबो एउटा बबुरो के सुरक्षित हुँला र? सरकारले दिएको सेक्युरिटी त लिन्न। म कतैबाट सुरक्षित छैन। तर नेपाली जनताले जोगाएसम्म मलाई डर छैन ।

अब अन्त्यमा भगवान बुद्ध एउटा उदेश्य प्राप्त गर्न बुद्वत्व प्राप्त गर्न निस्कनु भयो । त्यसबेला दरबार छोडेर यो मान्छे निस्कियो भनेर सबैले धारे हात गरे। बुद्ध अगाडि बढेको बढेकै थिए । त्यतिखेरका १२ भाइहरुले धारे हात लगाइरहे। बुद्धले आफ्नो काम गरिरहे र अन्तमा बुद्धत्व प्राप्त गरे। जब उनले आफ्नो उदेश्य प्राप्त गरे तब बुद्धले फर्केर हेरे। फर्केर हेर्दा ठुलो भिड देखे । तर त्यो भिडमा एउटा फरक थियो । धारे हात गर्नेहरु नमस्ते गरिरहेका थिए । यही कुरालाई मुल मन्त्र बनाएर अगाडि बढेको छु म। मैले आज मेरो कुरा यसैगरी भन्नु पर्थ्यो सबै  नेपालीले बुझ्ने भाषामा ।


आदरणीय साथी भाइहरु अन्तमा यति भन्न चाहन्छु मुलुकलाई केहि गर्नका निम्ति आएका हामी जस्ता मान्छेहरु जो बाकसमा आउन चाहेनन। आज पनि मलाई गाली गर्नेहरु मध्ये अधिकांशको चार चोटि युएस भिषा रिजेक्ट भएको छ। म युएस भिषा फालेर आएको मान्छे हो। स्वीकार गर्नोस् न।
ए अन्लाईन खबरलाई हान्न अलि कम भएछ । अन्लाईन खबरले मैले चार वटा श्रीमती बिबाह गरेको भनेर लेखिदियो। अब जिन्दगीभर गगनले बाख्राबाट मुक्ति पाउदैनन र मैले चार वटा स्वास्नीबाट  मुक्ति पाउदिन। विचरा गगन थापाले लाख चोटि भनिसक्यो मैले बाख्रा चोरेको छैन । जति भने पनि उ बाख्रा भैसक्यो। हो मेरो एउटा घर बिग्रीयो। त्यसपछि केहि समय अलग बसेँ। त्यसपछि कुनै एउटा प्रेमिकासंग मेरो सम्बन्ध हुन गयो । त्यो बीचमा आफ्नो एउटा बच्चा भयो । सकियो । त्यसपछि नेपाल आएँ। निकिता संग मेरो बिबाह भयो र अहिले म आफ्नो जिन्दगीमा खुशी छु। मेरो जिन्दगीमा भएको यही हो।


मेरो चार बिबाह बारे लेख्ने अन्लाईन खबरका सम्पादक अरुण बराल कान्तिपुर तिर गएका छ्न अहिले । मलाई खेदेपछी मात्र निको हुने रोग लागेको रहेछ उनलाई । हे १२ भाइहरु ! नचलाउनु मलाई । मलाई एक्लै छोडिदिनोस। मलाई काम गर्न दिनोस। सक्नु हुन्न मसंग लडेर। जब सम्म मैले इमान गुमाउन्न तबसम्म सक्नु हुन्न । ईमान गुमाएको दिन मलाई तपाई चाहिन्दैन एउटा कुनै  भुसुनाले मलाई ढालिदिन्छ। मसंग केहि चिज छ भने त्यो ईमान हो। यति एउटा ईमानको भरमा म अघि बढेको छु ।
नेपाल आएँ। फेरि लास्टमा नेपाल आएँ। आउने बित्तिकै नेपाल बस्नुपर्छ भनेर पासपोर्ट बनाएँ। सबै एनआरएनले त्यसै गर्छन् । मैले चोरेर खाको छैन ,तस्करी गरेको छैन ,घुसखोरी गरेको छैन । मेरो डकुमेन्टलाई बेचेको छैन , दुरुपयोग सदुपयोग केही गरेको छैन । राखिरहेँ साथमा डकुमेन्ट । बुझाएपछि प्रयोग गरेँ । हाल्दिनोस जेल। थुनिदिनोस यही अपराध रहेछ मेरो । यो देशमा थुन्नुपर्ने पहिलो मान्छे मै हो? कति वटा अपराधको अनुसन्धान गरिसकेपछि मेरो पालो आउने हो नत्र । मैले  पनि लाइनमा बस्न पाउनु पर्ला नि त? यो देशमा अपराधमा अनुसन्धान हुन बाकी भएका केसहरुमा सर्वोच्च अदालतले फैसला गर्न बाकी भएका केसहरुको लाइनमा म बस्न नपाउने ? पालो मिचेर जानुपर्ने मैले ? म मर्नै पर्ने , म सिद्विनै पर्ने ? मेरो राजनीति सिद्विन पर्ने ? म जेलै जान पर्ने ? यस्तो अचम्म छ। अब यस्तो भाष्य क्रीएट गरिएको छ। त्यसैले गर्दा आदरणीय साथीहरू! मैले आफ्नो आक्रोशहरु पनि व्यक्त गरेँ। यति भए पछी मलाई आनन्द भयो। मन्त्री पद गए पनि मलाई केहि छैन । बल्ल रिलिभ भयो । अघि सम्म मलाई अलि पिडा नै थियो । तपाईंहरुसंग बाँडे । यसलाई तपाईले पक्कै पनि अन्यथा लिनु हुन्न भन्ने विश्वास लिएको छु।

नोट: फेब्रुअरी ५ तारीख आइतबार २०२३ साल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बोलेको कुरा पाठकको निम्ति यहाँ राखिएको हो।- सम्पादक क्रान्ति सुब्बा

तपाईको प्रतिक्रिया