कर्णपृय स्वरकि धनी गायिका खुशी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमी जान्छु भन्दैछौ’ बोलको गीत शुक्रबार खुशी थुलुङको अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । ग्रेस एन्जल कार्कीको शब्द संगीत रहेको गीतमा खुशीले स्वर दिएकी छिन् । गीतका एरेन्जर महाराज थापा हुन् ।

भिडियोमा गायिका खुशी स्वयम प्रस्तुत भएकी छिन् । अरुण बरुण न्यौपानेले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक समेत अरुण बरुण न्यौपाने हुन् ।

तपाईको प्रतिक्रिया